मुम्बई । भारतको मुम्बईमा कोरोनाको संक्रमण बढेसँगै जारी लकडाउनबीच पनि अभिनेता अक्षय कुमार नयाँ फिल्मको छायांकनमा उत्रिएका छन् । नयाँ फिल्म ‘राम सेतु’को अयोध्या पुगेर बिहीबार मुहूर्त गर्दै उनी छायांकनमा उत्रिएका हुन् ।
यो फिल्ममा अक्षय कुमारसँगै ज्याकलिन फर्नाडिज, नुसरत भरुचालगायतको मुख्य भूमिका रहनेछ । फिल्मलाई अभिषेक शर्माले निर्देशन गरिरहेका छन् ।
यो फिल्मलाई भारतको अयोध्यामा छायांकन गरिने भएको छ । अयोध्याको पर्यटनमा यो चलचित्रले महŒवपूर्ण भूमिका निर्वाह गर्ने विश्वास निर्देशक शर्माको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यो फिल्मलाई अयोध्यामा छायांकन गर्ने र अयोध्या ट्रस्टले फिल्मलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए ।
सोही घोषणाअनुसार फिल्मको छायांकन आयोध्याबाट सुरु गरिएको निर्देशक शर्माले बताएका छन् । सामाजिक दूरी कायम गर्दै कोरोनाबाट पूर्ण सुरक्षित गरेर फिल्मको काम गर्ने पनि शर्माले बताएका छन् ।






