Thursday, May 6, 2021
Home Editor-Picks काेराेना विरूद्धकाे भ्याक्सिन लिन निगमको जहाज बेइजिङ जाँदै

काेराेना विरूद्धकाे भ्याक्सिन लिन निगमको जहाज बेइजिङ जाँदै

राजधानी समाचारदाता,

काठमाडाैं ।  सरकारको निर्णयानुरुप सहायता सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) चीनको राजधानी बेइजिङ जाने भएको छ । कोभिड–१९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी ए ३३० जहाजले चीनको ‘बेजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थल’मा यही चैत १५ गते उडान भर्ने भएको हो ।

बेजिङबाट स्वास्थ्य सामग्री लिएर निगमको जहाज भोलिपल्ट राति(सोमबार) काठमाडौँ अवतरण गर्ने निगमको उडान तालिका रहेको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिए । यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो । सो सरकारी निर्णयबमोजिम चीन सरकारले उपलब्ध गराउने वस्तुगत अनुदान स्वीकार गर्ने निर्णय भएअनुरुप आठ लाख मात्र कोभिडविरुद्धको खोपलगायत सहायता सामग्री लिन निगमको जहाज बेइजिङ जाने तयारी भएको जनाइएको छ ।

बेजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलबाट ढुवानी गर्न कलसाइन आरए ४२५१ द्वारा आइतबार काठमाडाैं–बेइजिङ उडान गर्ने निगमको तयारीबमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग समन्वय भइरहेको पनि उनले जानकारी दिए ।

कोभिड महामारीबाट विश्व अर्थतन्त्र एवम् सामाजिक अवस्थामा प्रतिकूल असर परिरहेका बेला पुनः त्यसको नयाँ स्वरुपले थप समस्या सिर्जना गरेको छ । नेपालको परिवेशमा नागरिकसम्म पहिलो मात्राको पहुँच सहज गराउन सङ्घीय सरकार दत्तचित्त भइरहेका सन्दर्भमा निगमले दायित्व निर्वाह गरेको जनाइएको छ ।

सहप्रवक्ता सुलेश मिश्रका अनुसार निगमको वाइड बडी जहाज चैत १५ गते साँझ ५ः३० बजे काठमाडाैबाट बेजिङ प्रस्थान गर्नेछ भने भोलिपल्ट बेजिङको स्थानीय समयानुसार अपराह्न ४ः३० बजे काठमाडौँका लागि प्रस्थान गर्नेछ । सोही दिन राति ८ः३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्नेछ ।

निगमका प्रवक्ता श्रेष्ठले सरकारी निर्णयबमोजिम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयका आधारमा नेपालीका लागि अत्यावश्यक एवं महत्वपूर्ण कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी जहाज प्रयोग गरिने निगमको निर्णय भएको र सोहीअनुरुप आन्तरिक गृहकार्य अघि बढेको जानकारी दिए । उनका अनुसार निगमको ए ३३० जहाज काठमाडौँ–बेजिङ–काठमाडौँ उडान कूल ब्लक १२ घण्टा पाँच मिनेट रहनेछ । निगमले कोभिडविरुद्धको खोप लिन पहिलो पटक उडान गर्न लागेको हो ।

निगमको जहाजले यसअघि पनि नेपालमा कोभिड महामारी उच्च भएका बेला पनि बेजिङ तथा ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो । निगमले अन्तरराष्ट्रिय गन्तव्यमा दुई थान वाइड बडी ए ३२० जहाज र दुई थान न्यारो बडी ए३३० जहाजमार्फत सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ । रासस

(Visited 80 times, 1 visits today)
Loading comments...

आजको समाचार

देवघाटमा दोब्बर शव

चितवन । देशैभर कोरोनाको सङ्क्रमण बढिरहेको बेला पवित्र तीर्थस्थल देवघाटधाममा अन्तिम संस्कारका लागि ल्यााउने शवको सङ्ख्या दोब्बरभन्दा बढी भएको छ । सङ्क्रमितको शव बागेश्वरीमा...

कोरोनाका कहर : अस्पताल खोज्दै काठमाण्डौबाट बागलुङ

बागलुङ । अक्सर बिरामीहरु सफल उपचार पाईने आसामा जिल्ला–जिल्लाबाट राजधानीका सुविधा सम्पन्न अस्पतालमा जाने गर्छन् । उपचारको लागि पर्याप्त पूर्वाधार भएको कारण पनि उपचार...

देउवाले ओलीलाई भने ‘हामी तपाइलाई विश्वासको मत दिन सक्दैनौं’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसकिने बताएका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत...

सीपसँग टाढिँदै गएको शिक्षा

शिक्षा मानवको समग्र विकासको मेरुदण्ड भएकाले यसको सर्वसुलभता हरेक राज्यले जोड दिएको हुन्छ । हाम्रो सन्दर्भमा शिक्षा नीति पनि समयअनुसार परिवर्तन हँुदै आएको छ...

सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस सँग मिल्दो लक्षण भएका बिरामीको संख्या बढदै

सर्लाही । सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या एक्कासी बढेको छ । बिरामीमा उच्च ज्वरो आउने, घाँटी दुख्ने, रुघाखोकी...

साताका लोकप्रिय समाचार

सुदूरपश्चिममा मृत्युदर भयावहः मृत्यु हुनेमा युवाको संख्या बढी

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सोमबर ३० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भयो । सामान्य ज्वरोपछि साताअघि उनी अस्पताल भर्ना भएकी थिइन्...

युवा संघ बाँकेले असहाय काेराेना संक्रमितलाई सहयाेग गर्ने

बाँके । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपाल बाँकेले कोभिड–१९ संक्रमण भई अस्पतालमा उपचारका लागि भर्ना भएका विरामीहरुमध्ये विपन्न तथा असहायहरुका लागि...

उपत्यकामा निषेधाज्ञा झनै कडाइ

काठमाडौं । उपत्यकाका तीन जिल्लामा गत १६ वैशाखबाट जारी निषेधाज्ञा झनै कडाइसहित एक साता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला...

धमाधम अक्सिजन सुबिधासहितको आईशोलेशन बनाउदै बाँकेका स्थानीय तह

नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणको हटस्पट बन्दैगर्दा स्थानीय तहले कोरोना संक्रमितको लागि हाईफ्लो अक्सिजन सुविधा सहितको आइशोलेशन तीब्र रुपले तयार गर्दैछन् । कोरोना भाईरसको...

बेलायतबाट नेपाली चलचित्र

काठमाडौं । दन्त चिकित्सक डा. कपिल रिजालले नयाँ चलचित्र निर्माण गरेका छन् । उनले आफ्नो निर्देशनमा लघु चलचित्र कर्मा: लाइफ इज ए बुम-याङ, यु...

ट्रेन्डिङ

पुनः लकडाउन गरे ठूलो क्षति : वायुसेवा सञ्चालक संघ

काठमाडौं । वायुसेवा सञ्चालकहरूले आगामी तिहार र छठ पर्वपछि काठमाडौं उपत्यकामा पुनः लकडाउन गर्न उपत्यका मेयर फोरमले दिएको सुझावप्रति आपत्ति जनाउँदै फेरि लकडाउन गरिए...

काेराेनाकाे डरले अस्पताल जान छाडे बिरामी

चितवन । चितवनमा पछिल्लो समय अस्पताल जानेको संख्या निकै कम छ । सर्बसाधारणमा डाक्टरले बिरामी छुदैंनन्, अस्पतालले भर्ना लिदैनन् र गेटबाटै फकाउँछन् भन्ने हल्लाका...

काठमाडौंबाट स्याङ्जा गएको एम्बुलेन्स दुर्घटना, दुईको मृत्यु, दुई गम्भीर

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका ५ मजकोटमा एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक गर्भवती महिलासहित दुई जना...

राष्ट्रिय भर्ना एजेन्सीको सन्दर्भ विचरण

सरकारी सेवाप्रति बढ्दो आर्कषणले लोकसेवा आयोगद्वारा लिइने परीक्षामा योग्यता पुगेका उम्मेदवारको ठूलो भिड लाग्ने गरेको छ । यो क्रम निरन्तर कायम रहनेछ । लोकसेवा...

रेम्डेसिभिर, खोप र अक्सिजन अभाव

काठमाडौं । कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिजन चरम अभाव खड्किएको छ । दैनिक संक्रमणदर २ हजारमाथि पुगे...

मुगुमा एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ

मुगु । जिल्लास्थित खत्याड गाउँपालिकामा -यापिड परिक्षण गरिएका एक जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । सोमबार गाउँपालिका मातहत बरातु क्वारेनटाइनमा बस्दै आएकी सोही गाउँपालिका...

कालिज नै काल बन्यो

दैलेख । कालिज मार्न जंगल गएका एक युवाको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा महाबु गाउँपालिका –२ घोगेपाटाका २४ बर्षीय लोकबहादुर बुढा हुन्...

प्रेस युनियन सुनसरीद्वारा पत्रकारहरुलाई सेनिटाइजर र मास्क वितरण

इटहरी । नेपाल प्रेस युनियन सुनसरीले कोरोना भाइरसको समयमा पनि फिल्डमा निरन्तर खटिएका पत्रकारहरुलाई आवश्यक पर्ने सेनिटाइजर र मास्क वितरण गरेको छ । प्रेस...

अलपत्र नेपाली भन्छन् ‘रोगले हैन, भोकले मरिने भयो’

दार्चुला । भारतको भागेश्वरमा खच्चड चलाउन गएका मार्मा गाउँपालिका–३ का ३० वर्षीय रमेश विष्ट सोमबार दिउँसो उर्लेको महाकाली नदीमा पौडिएर दार्चुला पुगे ।...

एपीएफ अस्पतालमा अब अशक्त–असहायलाई निःशुल्क उपचार

काठमाडौं । नेपाल एपीएफ अस्पताल र मानवसेवा आश्रमबीच स्वास्थ्य उपचारसम्बन्धी सहमति भएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकमा आइतबार आयोजित एक...

भूमि फिर्ता नै हाम्रो अठोट

नक्सा प्रकाशन होइन, भूभाग फिर्तामा ध्यान केन्द्रित राष्ट्रियताको सवालमा यहाँहरूले जुन सजगता राखियोस् भनेर ध्यानकर्षण गर्नुभएको छ, यो राम्रो कुरा हो । लिम्पियाधुरा, लिपुलेक,...

कम्युनिस्ट पार्टी कमाउ धन्दामा किन ?

निवर्तमान सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा गएको फागुन ७ गते एकाएक भाइरल बने । जसको कारण चौबीस घन्टा नबित्दै फागुन ८ गते नै मन्त्री...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)