हिरा बोक्ने आश्वासन दिएर महिलालाई काेठीमा पुर्याउने २८ वर्षपछि पक्राउ

काठमाडौं । मानव बेचविखनमा संलग्न भक्तपुर चाँगुनारायण नगरपालिका–८ जितपुर बस्ने ६८ वर्षीय रामशरण पण्डित क्षेत्री अपराध गरेको २८ वर्षपछि पक्राउ परेका छन् ।

अपराध गरेपछि उनी साउदी अरबमा १२ वर्ष बसे भने नेपालका विभिन्न ठाउँहरूमा लुकिछिपी बसेर प्रहरीको आँखा छल्दै आएका थिए ।

पण्डितले आर्थिक अवस्था कमजोर भएका २ जना महिलालाई भारतको महाराष्ट्रमा हिरा पाइन्छ र हिरा लुकाएर ल्याएपछि पैसा पाइन्छ भन्दै अपराध यात्रा सुरु गरेका थिए ।

एक पटक हिरा ल्याएपछि ६ हजार पाइने लोभमा परेका तिनै महिलालाई पण्डितले काठमाडौं कलंकीबाट वीरगंजको रक्सौल नाका हुँदै मुम्बई पु¥याए । भारतको वारेमा कुनै जानकारी नपाएका महिलाहरुले हिरा लिने बहानामा आफु बेचिएको थाहै पाएनन् ।

कोठी सञ्चालिकाले आफुहरुलाई किनेपछि मात्रै बेचिएको थाहा पाएका थिए । बेचिएको लामो समयपछि मुम्बई प्रहरीको सहयोगमा उद्दार भई नेपाल फिर्ता भएपछि १२ भदौ २०४९ मा तत्काल जिल्ला प्रहरी कार्यालय काठमाडौंमा ति महिलाले जाहेरी दिए तर, प्रहरीले पण्डितलाई भेटेन । गरेकोमा हालसम्म फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहल काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिममा ५ मात्र महिला वडाध्यक्ष