काठमाडौं । सूर्य नेपाल गल्फ टुरअन्तर्गत धरान ओपन गल्फको पहिलो दिन नेपालका नम्बर एक गल्फर भुवन नगरकोटी र निरज तामाङले संयुक्त अग्रता बनाएका छन् । सूर्य नेपाल गल्फ टुर २०२०÷२१ अन्तर्गतको दोस्रो इभेन्टमा बुधबार धरानस्थित निर्भाना कन्ट्री क्लब हेल्थ एन्ड गल्फ रिसोर्टमा भुवन र निरजले तीन अन्डर ६७ स्कोर बनाए । यस्तै, बलभद्र राई, शुक्रबहादुर राई र जयराम श्रेष्ठले इभन पार ७० स्कोर बनाए । सूर्यप्रसाद शर्मा १ ओभर ७१ स्कोर जोड्दा दीपक आचार्य, सञ्जय लामा, कृष्णमान राजवाहक र एमेच्योर खेलाडी युवराज भुजेलले २ ओभर ७२ स्कोर बनाए ।
दक्षिण एसियाल गेम्सको स्वर्ण पदकधारी निरज तामाङले चौथो, छैटौं, सातौं र नवौं होलमा बर्डी बनाए । प्रतियोगितामा ४३ गल्फरले प्रतिस्पर्धा गरेका छन् । जसमा ३२ प्रोफेसनले र ११ एमेच्योर गल्फर छन् ।
दुईदिने प्रतियोगिता ५४ होलको स्ट्रोक प्ले फम्र्याटमा भएको छ । प्रतियोगितामा ३२ व्यावसायिक खेलाडी सहभागी छन् । विजेताले ९० हजार पाउनेछन् । यस्तै, उपविजेताले ५५ हजार, तेस्रोले ४१ हजार र अन्य शीर्ष २१ मा रहने खेलाडीले समेत पुरस्कार पाउनेछन् । प्रतियोगितालाई धरान उपमहानगरपालिकाले प्रायोजन गरेको छ ।