सभा, सम्मेलन, भेला गर्नेलाई कार्वाही गर्ने प्रशासनको चेतावनी

पोखरा । कोभिड–१९ संक्रमणको पुनः जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना जारी गर्दै जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ ।

प्रशासनले बिहीबार सूचना जारी गरी फागु पूर्णिमा (होली) लगायत चाडपर्व मनाउँदा र अत्यावश्यक गोष्ठी, भेला, कार्यक्रम संचालन गर्दा भीडभाड नगरी अनिवार्य रुपमा जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेका छन् । यस्तै अनावश्यक सभा, समारोह, सम्मेलन भेला नगर्न पनि आग्रह गरिएको छ ।

सबै किसिमका आवागमन, जमघटमा मास्कको अनिवार्य तथा उचित प्रयोग गर्दै सामाजिक दूरी कायम गर्नुपर्ने, संक्रमणको जोखिमलाई ध्यानमा राखी पहिले संचालनमा आएका क्वारेन्टिन तथा आइसोलेसन केन्द्रलाई सम्बन्धित निकायले तयारी अवस्थामा राख्नुपर्ने, सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था, व्यावसायिक फर्म एवं बैंक तथा वित्तीय संस्थाले सेनिटाइजर, मास्क र सामाजिक दूरी कायम गरी सेवा प्रवाहको व्यवस्था मिलाउनुपर्ने सूचना जारी गरिएको छ ।

यस्तै, होटल रेष्टुरेन्ट तथा पर्यटन व्यवसायसँग सम्बन्धित व्यवसायीले सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गरी पर्याप्त सावधानी अपनाउनुपर्ने छ । सूचनाको अवज्ञा गर्ने वा गराउनेलाई संक्रामक रोग ऐन, २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 237 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ