Sunday, June 13, 2021
Home बिचार चक्रपथ सडक विस्तार काम समयमै सम्पन्न गर

चक्रपथ सडक विस्तार काम समयमै सम्पन्न गर

राजधानी समाचारदाता,

कलंकीदेखि महराजगन्ज–धोबीखोला चक्रपथ दोस्रो खण्ड सडक विस्तार अब चीन सरकारको जिम्मामा पुगेपछि यो कार्यान्वयन हुन्छ भन्नेमा सर्वसाधारण आशावादी देखिएका छन् ।

योभन्दा पहिले पनि चीन सरकारले काठमाडौं कोटेश्वर रिङरोडको काम समयमै पूरा गरिसकेपछि नेपालीमाझ चीन सरकारले आफूले लिएको कामको जिम्मेवारी पूरा गर्छ भन्ने विश्वास रहिआएको छ । त्यसो त चीन सरकारले आफूले जिम्मा लिएको काम पूरा गर्ने परम्परा कायम राखेको देखिन्छ । दुई पक्षीय सम्बन्धलाई ख्याल गरेर पनि चिनियाँ पक्षले छिमेकी देश नेपालको काम जिम्मेवारीपूर्वक पूरा गरिरहेको छ । हाल चक्रपथमा लिएको थप जिम्मा पनि त्यसले बिनाढिलाइ सम्पन्न गर्ने देखिएको छ । सडक निर्माणका लागि आवश्यक प्रारम्भिक कुरा पूरा भइसकेको र कामका लागि प्रारम्भिक सर्वे तथा लेन निर्माणका कार्य पूरा भइसकेकाले त्यो काम अब बिनाढिलाइ अघि बढ्नेछ ।

बाटो निर्माणका लागि स्थानीय जनता र सरकारका बीचमा खटपट देखिएको छ । बाटो निर्माणका क्रममा दिनुपर्ने मुआब्जाका बारेमा अझैसम्म स्पष्ट पारिएको छैन । त्यसैले पनि काममा केही ढिलाइ हुने हो कि भन्ने आशंका चिनियाँ पक्षलाई पर्न गएको छ । यसबारे नेपाल सरकारले आफ्ना कुरा स्पष्ट रूपमा राख्नुपर्छ । काम गर्ने पक्षलाई विश्वास दिलाउन सकियो र आवश्यक पर्ने पूर्वकाम समयमै पूरा गर्न सकियो भने निमार्ण गर्ने पक्ष पनि तदारुकताका साथ आफ्नो काममा खट्ने वातावरण बन्छ । यो वातावरण निर्माण हुन सकेमा मात्र काम समयमै सम्पन्न हुन सक्ने आशा गर्न सकिन्छ ।

काम गर्ने पक्षलाई विश्वास दिलाउन सकियो र आवश्यक पर्ने पूर्वकाम समयमै पूरा गर्न सकियो भने निमार्ण गर्ने पक्ष पनि तदारुकताका साथ आफ्नो काममा खट्ने वातावरण बन्छ ।

त्यसो त चिनियाँ पक्षले चक्रपथ सडक विस्तार आठ लेनमा गर्न थालेको छ । यो आफंैमा जटिल काम पनि हो । यसमा चिनियाँ निर्माण पक्षभन्दा पनि नेपालले सडक निर्माणको वातावरण कसरी तयार पार्छ भन्नेमा निर्भर रहन्छ । मुआब्जाको विषयलाई लिएर पटकपटक हुने गरेका सरकार र स्थानीयबीचको झडपले कयौंपटक सडक निर्माणमा व्यवधान खडा गरेको छ भने कतैकतै त राष्ट्रिय गौरवका आयोजनासमेत प्रभावित हुन पुगेका देखिन्छन् । विगतका यिनै समस्यामूलक नजिरलाई ख्याल गर्दै सरकारले काममा ढिलाइ नहोस् भनेर अत्यन्तै सतकर्तापूर्वक आफ्ना कदम चाल्नुपर्छ ।

चक्रपथ सडक विस्तार आफंैमा राष्ट्रिय गौरवको आयोजनाभन्दा कम गौरवको विषय होइन । योजना निर्माणका हिसाबले, कार्यान्वयनका हिसाबले यसका दीर्घकालीन, अल्पकालीन प्र्रभावका हिसाबले यसको महत्वलाई सटिक आँकलन गर्न सकिन्छ । काठमाडौंको घना बस्ती, बढ्दो जनसंख्याको चाप, सवारीसाधनको अत्यधिक आयात र तिनको प्रयोगले गर्दा सडक धेरै साँघुरो र सानो भइसकेको छ । यी सबै समस्याको हल भनेको सडक विस्तार नै हो । हाल निर्माणका लागि प्रस्ताव गरिएको आठ लेनको सडकले केही समयसम्म धान्ने देखिएको छ । यसपछि पनि सहरी व्यवस्थापन, ट्राफिक नियम तथा सवारी आवागमनमा सुधार ल्याउन सकिएन भने यसले भविष्यमा पनि समस्या त निम्त्याउने नै छ तर, पनि केही समय यसले सवारी व्यवस्थापनलाई सहज बनाउने र सडकको सौन्दर्यतमा वृद्धि गर्ने आशा गर्न सकिन्छ ।

(Visited 133 times, 1 visits today)
Loading comments...

आजको समाचार

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

परीक्षण घट्यो, संक्रमित स्वाट्टै घटे

काठमाडौं । कोभिड–१९ को परीक्षण गर्नेहरुको संख्या घट्दा संक्रमण दर पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्ण...

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

दीर्घकालीन असर पर्ने निर्णय नगर्न पाँच पूर्वप्रधानमन्त्रीका चेतावनी

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी दिएका छन् । ढुंगा–गिटी विदेश निर्यात निर्णय राष्ट्रहितविपरीत र जनविरोधी भएको...

‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’

कर्णाली । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न...

साताका लोकप्रिय समाचार

सुत्केरी महिला वास्तविक उमेरभन्दा किन बढी देखिन्छन् ?

क्यालिफोर्निया । बच्चा जन्मिएको सुरुवाती ६ महिनामा सुत्केरी महिला आफ्नो वास्तविक उमेरभन्दा तीनदेखि सात वर्षसम्म जेठी देखिने एउटा अध्ययनले देखाएको छ । अमेरिकाको युनिभर्सिटी अफ...

नगर प्रमुखको टोली स्वास्थ्य समाग्री लिएर संक्रमितको घर घरमा

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ९ को सिन्धुरेघारी गाउँ पुरै कोभिड संक्रमणको चपेटामा परेको छ । सोही वाडका वडा अध्यक्ष सहितको स्वाब...

जनजीविकामा विषेश ध्यान देऊ

महामारी नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएलगत्तै जनताको जनस्वास्थ्यमा केही सुधार देखिए पनि जनजीविकाका समस्या केही बढी कठिन हुँदै गएका छन् । यातायात सुचारु हुन...

अन्तिम खेलमा अष्ट्रेलियासँग नेपाल पराजित

काठमाडौं । विश्वकप फुटबल एवं एसियन कप फुटबलको छनौट चरणको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग ३–० ले पराजित भएको छ । कुवेतको कुवेत सिटीमा गएराति...

रुकुम पूर्वमा आर्युवेद स्वास्थ्य केन्द्रको सेवा सुरु

  रुकुम । रुकुम पूर्वमा आर्युवेद स्वास्थ्य केन्द्रको सेवा सुरु भएको छ । रुकुम जिल्ला छुट्टीएको ६ वर्षपछि पूर्वी रुकुममा पहिलोपटक आर्युवेद स्वास्थ्य केन्द्रको सुरुवात...

ट्रेन्डिङ

हाम्रो लडाई विधिका लागि हो व्यक्तिका विरुद्ध होइन : नेपाल

वीरगन्ज । नेकपा एमालेका नेता माधव कुमार नेपालले आफ्नो लडाँई विधिको लागि भएको बताएका छन् । पार्टी समानान्तर कमिटी बनाउँदै पर्सा आइपुगेका नेता नेपालले...

खर्चिलो निर्वाचन प्रणालीमा पुनरावलोकन गर्न अख्तियारकाे सुझाव

काठमाडाैं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी बनाउन सरकारलाई विभिन्न १६ बुँदे सुझाव दिएको छ । भ्रष्टाचार न्यूनीकरणका लागि खर्चिलो निर्वाचन प्रणालीमा पुनरावलोकन...

भारतमा कोरोना बढ्दा नेपाल उच्च जोखिममा

नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केही दिनयता संक्रमितको संख्या दैनिक १ सय ५० माथि थपिने...

भूकम्पको इपिसेन्टरमा बिहानै भागदौड, पहिरोको जोखिम झन बढ्यो

सिन्धुपाल्चोक । आज बिहानै सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–९ राम्चे आसपास केन्द्रबिन्दु भएर गएको ६ रिक्टर स्केलको भुकम्पले हालसम्म कुनै ठुलो क्षती भएको छैन । बिहानै...

कृषिमा आधुनिकीकरण र समृद्धिको आधार

हामी देशको परिचय आर्थिक हिसाबले गर्दा कृषिप्रधान देश भन्ने गरेका छौं । आजभन्दा केही दशक अथवा २०३० को दशकसम्म नेपाल खाद्यान्नमा आत्मनिर्भर मात्र होइन,...

करार पदपूर्ति गर्न प्रदेश सरकारलाई बाटो खुला

सुर्खेत । उच्च अदालत सुर्खेतले सामुदायिक नर्सिङ कार्यक्रमतर्फ करारमा पदपूर्ति गर्न प्रदेश सरकारलाई बाटो खुला गरिदिएको छ । उच्च अदालतले यसअघि दिएको अन्तरकालीन अन्तरिम...

सप्तरीमा एकै दिन थपिए १८ जना कोरोना संक्रमित

सप्तरी । सप्तरीमा मंगलबार एक महिलासहित १८ जनामा कोरोना संक्रमण फेला परेको छ । एकै दिन यति ठूलो संख्यामा जिल्लामा पहिलो पटक संक्रमित फेला...

काठमाडौंका सडकमा फेरी खाल्डाखुल्डी

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाका मुख्य तथा भित्री सडकमा फेरि खाल्डाखुल्डी देखिन थालेका छन् । विभिन्न प्रयोजनका लागि सडक खन्ने तर पिच नगर्ने क्रम...

किताब यात्राको ‘दशैं अफर’ : ५० हजारको लाइब्रेरी उपहार

काठमाडौं । ‘यस पटकको दशैं बहार, ज्ञानसंगै अनेक उपहार’ भन्ने नाराका साथ किताब यात्रा प्रालिद्वारा सञ्चालित किताब यात्रा डटकमले ‘किताब यात्रा वाउ दशैं अफर’...

पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य समायोजन गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार आज राति १२...

काँग्रेसद्वारा संविधान संशोधनका पक्षमा मतदान गर्न निर्देशन

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेपालको संविधानको अनुसूची—३ मा संशोधन गर्न संघीय संसद्मा प्रस्तुत संविधान संशोधनको प्रस्तावका पक्षमा मतदान गर्न पार्टीको संसदीय...

डिस्इन्फेक्सन स्प्रे र स्यानिटाइजर टनेल

कोरोना भाइरसको जोखिमबाट बच्न नागढुंगालगायतका नाकामा टनेल निर्माण गरी सवारीसाधनमा स्प्रे गरिरहेछन् । विभिन्न अस्पताल र स्थानीय तहले कोरोना भाइरसबाट जोगाउन मानिसको शरीरमा औषधि...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)