तीन महिना नबित्दै सिन्धुलीका एसपी तिमल्सिना प्रधान कार्यालय तानिए

काठमाडौं । सिन्धुली जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) आभूषण तिमल्सिनालाई प्रहरी प्रधान कार्यालय तानिएको छ । सरुवा भएको तीन महिना पनि नबित्दै उनलाई प्रधान कार्यालय तानिएको हो । उनलाई गत २१ पुसमा सिन्धुली सरुवा गरिएको थियो ।

तिमल्सिनाविरुद्ध उजुरी परेका कारण छानबिन गर्नुपर्ने भएकाले प्रहरी प्रधान कार्यालय तानिएको प्रधान कार्यालय स्रोतले जनाएको छ ।

सिन्धुली प्रहरी प्रमुखको जिम्मेवारीमा भने सर्वोच्च अदालत सुरक्षा कार्यालयका एसपी गोविन्द थपलियालाई पठाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 229 times, 1 visits today)

epaper

ताजा समाचार

यसरी समाधान गरिँदैछ काठमाडौं उपत्यकामा खाना पकाउने ‘एलपी ग्यास’ को समस्या