मुख्यमन्त्री राउतका पिएसओ असईको दुर्घटनामा मृत्यु

काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतका पिएसओ प्रहरी सहायक निरीक्षक मदनजंग कापरको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

आज विहान ३ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–१० स्थित लालगढमा रहेको मोडल अस्पताल नजिक ट्रकले उनी सवार लु ५३ प ८५७५ नम्बरको मोटरर्साइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

ड्युटी सकेर घर फर्कने क्रममा ट्रकले ठक्कर दिँदा असई कापरको मृत्यु भएको मिश्रले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 192 times, 1 visits today)

epaper

ताजा समाचार

बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ?