प्रदेश १ मा मन्त्रीपरिषद विस्तार, ६ जना मन्त्रीले लिए सपथ

मोरङ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार मन्त्रीपरिषद विस्तार गरेका छन् । नव नियुक्त मन्त्रीले शुक्रबार नै सपथ लिएका छन् । राज्यमन्त्रीलाई मुख्यमन्त्री शेरधन राई र मन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासिले शपथ गराए ।

संकटका बेला आफूलाई साथ दिएका सांसद तथा मन्त्रीहरुलाई नै मुख्यमन्त्रीले प्राथमिकता दिएका छन् । प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको टंक आङबोहाङ, सामाजिक विकास मन्त्रालयको उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको राम राना र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी अम्बिर बाबु गुरुङले पाएका छन् ।

राना र गुरुङ यस अघि सोहि मन्त्रालयको राज्यमन्त्री थिए । नेकपा विवाद बढ्दै गएका बेला नेकपा माओवादी केन्द्र छाडेर मुख्यमन्त्री शेरधन राईलाई साथ थिएका आङबोहाङ आर्थिक मामिला तथा योजनामन्त्री बनेका हुन् भने सोहि बेला माधव नेपाल गुटबाट ओली पक्षमा लागेकी राईले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएकी हुन् ।

यस्तै शुक्रबार कृषि राज्यमन्त्रीमा कला घले र वन, पर्यटन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी राजकुमार ओझाले पाएका छन् । घले र ओझाले पनि संकटका बेला माधव नेपाल गुट त्यागेर मुख्यमन्त्री शेरधन राईलाई साथ दिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 166 times, 1 visits today)

epaper

ताजा समाचार

वेरोजगारी कम गर्न वीरगन्जमा ‘रोजगार मेला २०८३’ लाग्दै