Saturday, July 24, 2021
HomeBreaking Newsपाँच दिनयता संक्रमित ह्वात्तै बढे

पाँच दिनयता संक्रमित ह्वात्तै बढे

प्रशान्त वली,

काठमाडौं । कोरोना भाइरस संक्रमित संख्या पाँच दिनयता ह्वात्तै बढेको पाइएको छ । फागुन अन्तिम साता २ अंकमा झरेको संक्रमित संख्या उकालो लागेको हो । मुख्यतः भारतमा संक्रमण दर फैलिनु र हेलचेक्र्याइँका कारण संक्रमित संख्या बढेको जनस्वास्थ्य विज्ञले बताएका छन् । भारतमा पछिल्लो २४ घण्टामा थप ५९ हजार १ सय १८ जनामा संक्रमण देखिएको छ ।

भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार गत २४ घण्टामा संक्रमणबाट २ सय ५७ जनाको मृत्यु भएको छ । भारतमा रहेका नेपाली फर्किनेक्रम समेत बढेको छ । तीमध्ये केहीमा संक्रमण देखिएको छ ।

गत सोमबार १ सय ५०, मंगलबार १ सय ८८, बुधबार १ सय ४५, बिहीबार १ सय २० र हिजो शुक्रबार १ सय ५६ नयाँ संक्रमित थपिएका छन् । यसअघि, गत २७ माघमा १ सय ६० संक्रमित थपिएका थिए ।

संक्रमित संख्या बढे पनि परीक्षण दर अत्यन्त न्यून छ । सरकारले दैनिक १० हजारभन्दा बढीको कोरोना परीक्षण गर्ने क्षमता रहेको बताए पनि कार्यान्वयनमा आउन सकेको छैन । केही दिनयता सबैभन्दा बढी गत २१ फागुनमा ६ हजार १ सय ४३ जनाको कोरोना परीक्षण भएको देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत बुधबार ३ हजार ९ सय ६३, बिहीबार ४ हजार ३२ र शुक्रबार ४ हजार ४ सय १६ जनाको पीसीआर परीक्षण भएको छ । यो संख्या अत्यन्त न्यून र परीक्षण दायरा फराकिलो बनाउनुपर्ने जनस्वास्थ्य विज्ञले जोड दिएका छन् ।

देशभर हालसम्म कुल संक्रमित संख्या २ लाख ७६ हजार ६ सय ६५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २ सय ९९ सक्रिय संक्रमित छन् । गत २४ घण्टामा ४ हजार ४ सय १६ जनाको पीसीआर परीक्षण भएको छ । योसँगै नेपालमा पीसीआर परीक्षण हुनेको संख्या २२ लाख ५६ हजार ३ सय पुगेको छ ।

गएको २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु नभए पनि केही दिनयता चार जनाको मृत्यु भएको तथ्यांक मन्त्रालयले प्राप्त गरेको छ । नेपालमा कुल संक्रमित मृतक संख्या ३ हजार २४ छ । हाल, ५२ जना क्वारेन्टाइनमा छन् ।

गत २४ घण्टामा ७० जना उपचारपछि घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ३ सय ४२ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेका अनुसार महामारीबाट बच्न सरकारद्वारा जारी निर्देशन पालना गर्नुपर्नेछ । महामारी तथा प्राकृतिक विपत्तिका बेला सरकारले जारी गरेका निर्देशन पालना गर्नु आम नागरिकको कर्तव्य रहेको पाण्डेले बताए ।

वल्र्डमिटरका अनुसार हालसम्म विश्वभर १२ करोड ६२ लाख २४ हजार ७ सय ६८ जनामा संक्रमण देखिएको छ । जसमध्ये २७ लाख ६९ हजार ८ सय २३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा पोल्यान्डमा ३५ हजार १ सय ४३, हंगेरीमा ११ हजार २ सय ६५ संक्रमित थपिएका छन् ।

Loading comments...

आजको समाचार

पैसाको लोभमा आफ्नै साथीको हत्या

  चितवन । चितवनमा पैसाको लोभका कारण आफ्नै साथीको गोली हानी हत्या भएको छ । सेनाको एउटै गणमा संगै काम गर्ने आफ्नै साथीको हत्या गरी...

‘ठूलोबाको छोरासंगको प्रेम सुजिताको मृत्युको कारण’

  चितवन । पूर्वीचितवनको राप्ती नगरपालिका–३ का २३ वर्षीया सुजिता भण्डारी मृत्युको अनुसन्धान गरिरहेको प्रहरीले नयाँ क्लु भेट्टाएको छ । नातामा दाजु पर्ने सुकदेव भण्डारीसंगको प्रेम...

शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्रासँग ७० पोर्न फिल्म

मुम्बई । बलिउड फिल्म निर्माता तथा अभिनेत्री शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्राको समूहले ठूलो मात्रामा पोर्न फिल्म बनाएर पोर्न फिल्मको व्यवसाय सञ्चालन गरेको प्रहरीले...

कोरोना संक्रमणको तेस्रो लहर ?

काठमाडौं । सरकारले कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि...

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने तय भएको हो । आजको बैठक...

साताका लोकप्रिय समाचार

भिडियोको छायांकन बढेपछि उपकरण व्यवसायीलाई राहत

काठमाडौं । राजधानीको सीतापाइलास्थित चलचित्र उपकरण व्यवसाय कम्पनी भिडियोक्राफ्ट नेपाललाई केही दिनयताबाट राहत मिलेको छ । सो कम्पनीका सञ्चालक विष्णु श्रेष्ठका अनुसार गत साताबाट...

एमाले नेता भीम रावलले राजीनामा फिर्ता लिए

  काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । शुक्रबार सभामुखलाई भेटेर पार्टी र जनताको आग्रह मानेर राजीनामा...

राजनीतिक ध्रुव परिवर्तनको संकेत

देउवा सरकार गठन भएसँगै नेपालको राजनीतिमा धु्रव परिवर्तन भएको संकेत मिलेको छ । यसअघि वामपन्थीहरूको नेतृत्वमा रहेको ‘वामधु्रव’ अब देउवा सरकार निर्माणसँगै ‘प्रजातान्त्रिक धु्रव’मा...

अस्पतालको वेडबाट झलनाथको आग्रह : देउवा सरकारलाई विश्वासको मत दिऔं

  काठमाडाैं ।  पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाइ विश्वासकाे मत दिनु पर्ने बताएका छन् ।  दिल्लीमा उपचाररत खनालले...

आजदेखि जोन्सन एण्ड जोन्सन खोप लगाइँदै (खोप केन्द्रको सूचीसहित)

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत आजदेखि अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप लगाइँदैछ। एक पटक मात्रै लगाए पुग्ने यो खोप ५०...

ट्रेन्डिङ

आवत-जावत रोक्न बाटो बन्द (फोटो फिचर)

धनगढी । कोरोना भाइरसको सन्त्रासले कैलाली केही ग्रामीण भेगमा स्थानीयले आवतजावत रोक्न बाटो बन्द गरेका छन् । आफ्नो गाउँठाउँमा कोरोना भाइरसको संक्रमणलाई भित्र्न नदिन...

कोरोना संक्रमितको संख्या ९९ पुग्यो, वीरगञ्जमा दुई महिने शिशुसहित १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यंोसँगै संक्रमितको संख्या ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा....

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?