स्वास्थ्यमा ध्यान दिँदै होली मनाऔं

फेरि रङको पर्व होली अर्थात् फागुपूर्णिमा पहाडमा आज त तराईमा भोलि मनाइँदै छ । महिना दिन पहिले नै लोलाको आतंक मच्चिने सहरमा समयक्रम, व्यस्तता तथा कोरोना महामारीले कमी ल्याएकै छ । विगतमा नराम्रो अनुभव भएका यस वर्ष नखेल्ने तथा साथीभाइ र अन्यको जबरजस्तीबाट बच्न अनेकन बहाना र उपाय बनाउँदै तथा सोच्दै छन् ।

न सावधानी छ, न त मास्क, सरसफाइ र भौतिक दूरी । लाग्छ, कोरोना इतिहास भइसकेको छ, कसैलाई हेक्का छैन । लकडाउन, प्रतिबन्ध सरकारका तर्फबाट सबै खुलेर निर्बाध चलिरहेका छन् । देश चुनावमय बन्दै आन्तरिक शक्ति संघर्ष उत्कर्षमा छ, दलहरूले हजारांै सर्वसाधारण भेला पार्ने र प्रतिस्पर्धामा लाखांै जम्मा गर्दै राजनीतिक मेला लगाइरहेकै छन् । तैपनि कोरोना संक्रमितको संख्या उच्चतम बिन्दुमा पुगेपछि घटेको घटैमा विगत सातादेखि बढ्दै छ ।

रङका प्रकार र हानि
त्यसो त जाडोमा हुने कम सरसफाइ र नुवाइधुवाइपछि छाला र शरीर सफा गर्न होली पर्व आउँछ । यसका धार्मिक तथा सामाजिक महत्व अनगिन्ती छन् । आयुर्वेदअनुसार होलीमा प्रयोग गरिने रङमा सिम्रिक पर्दछ, जसमा विषणुविरुद्ध लड्ने औषधीय गुण छ । तथापि, आँखामा भने पार्नुहँुदैन । प्राचीन वा प्राकृतिक कालमा फूल र रूखबाट प्राप्त रङ प्रयोग हुन्थ्यो र शरीरलाई हानि गर्दैनथ्यो ।

हाल रसायन मिसाइएका कृत्रिम रङको बोलवाला छ, जसले फोक्सो, छाला, आँखा, दाँत, मुख, नाक, कान, घाँटी, कपाललगायतका अंगमा हानिकारक असर पार्दछन् । त्यस्तै होलीमा लोला प्रहारले आँखामा क्षति, दृष्टि गुम्ने, कानको पर्दा च्याथिने, संक्रमण हुने, छालाको माथिल्लो तहमा क्षति पुग्ने र कान तथा संवेदनशील अंगमा लाग्दा घाइते, बेहोस र मृत्यु पनि हुने गर्दछ । मदिरा, भाङजस्ता नसालु पदार्थ सेवनसँगै होली खेल्दा जोसले हेक्का नै नभई रङ आँखा, नाक, मुख हँुदै शरीरभित्र पस्न सक्छ । श्वासनली, मुटु, मिर्गाेलाजस्ता संवेदनशील अंगमा गएर टासिन्छन् । रङलाई तेलमा मिसाएर छालामा लगाउँदा झनै समस्या बढ्छ ।

रसायन मिसिएका रङमा हुने हानिकारक तत्वले छाला र आँखासम्बन्धी विभिन्न अल्पकालीन तथा दीर्घकालीन समस्या निम्त्याउन सक्छ

धेरैजसो अजैविक सुक्खा रङ वा अबिरमा हुने दुवै तत्व रङ दिने कलरेन्ट र अस्वेष्टस वा सिलिका दुवै स्वास्थ्यका लागि जोखिम हुन्छन् । अस्वेष्टसले कयान्सर बनाउने र सिलिकाले छालालाई असर गर्ने तथ्य सर्वविदितै छ । रगंमा माइका, अभ्रक, बालुवा, खुर्सानी तथा अखाद्य रङ र वस्तु मिसाइँदा रङ दिन प्रतिदिन खतरा र हानिकारक भइरहेका छन् । रङ धेरै दल्दा असर परी सुन्दरता नै गुम्दछ । त्यसैमा रसायन मिसीएका रङमा हुने हानिकारक तत्वले विभिन्न छाला, आँखा सम्बन्धित अल्पकालीन तथा दीर्घकालीन समस्या र रोग लाग्न सक्छ । छाला शरीरको रक्षा कवच भएकाले बाहिरी रसायनलाई रगतमा जान रोक्छ । तसर्थ छालामा घाउ भएका मानिसले होली नखेल्दा राम्रो हुन्छ ।

रङअनुसारको हानि
मिर्गौलालाई हानि गर्ने लिड अक्साइड–कालो रङ दिन, आँखालाई क्षति गर्ने कपर सल्फेट– हरियो रङ, सासमा असर पार्ने क्रोमियम आयोडाइड–हल्का बैजनी रङ, छालामा असर पार्ने पर्सियन ब्लु– नीलो रङ, छालाको कयान्सर बनाउने मर्करी सल्फेट–रातो रङ र क्यान्सर बनाउने अल्मुनियम ब्रोमाइड– सिल्भर रङ प्रयोग गरेको पाइन्छ ।

सुक्खा र गिला रङले दम बढाउने, ब्रोङकाइटिस हुने गर्दछ । कपाल फुट्ने, खस्रो र जर्राे बनाउँछ । रङले छालामा एलर्जी भई पोल्ने, फोका उठ्ने, एक्जेमा–छाला चिलाउने, घर्Èण भई जलन र घाउखटिरा आउने, छाला सुक्खा हुने, फुट्ने, रगत आउने, छालाको रङमा परिवर्तन, घाममा रङ दलिँदा छालामा टासिई छालाको बाहिरी र भित्री तहमा क्षति र दीर्घकालीन संक्रमण गराउन सक्छ । रङमा मिसाइने जिंक क्लोराइड रङ दलेपछि छाला चिलाउछ तथा स्वास्थ्यका लागि धेरै हानिकारक छ ।

रङ आँखामा पर्दा आखाँमा क्षति, कन्जङटाइभाइटिस, रातो हुने, दुख्ने, बिजाउने, चिलाउने, कम देख्ने, फुलो पर्ने तथा अन्धो हुनेसम्मका समस्या देखिन्छन् । घाम लागेको बेलामा रसायन मिसिएका रङ अनुहारमा दल्दा छालामा दीर्घकालीन असर देखिन्छन् । त्यसैमा मोबिल, अण्डा, इनामेल, मट्टीतेल र फोहोर पानीको प्रयोग बढ्दो छ, जसले उत्पन्न गराउने समस्या र रोग झनै अनगिन्ती छन् ।

त्यस्तै, रङगीन पत्रपत्रिका पनि मुखमा पार्दा विषलु हुन्छन् । आंैलामा थुक लगाएर पाना फर्काउने बानीले रङमा हुने साइनाइड तत्व पनि मुखमा पर्न जान्छ । लिप लाइनर, लिप स्टिक, आइलाइनर, हेअर ड्राइ र कस्मेटिक कलरमा भएका रङको असर बिस्तारै देखिन्छ भने होलीका रङले भने त्यही वा अर्को दिन छालामा साना बिमिरा, चिलाउने, सुन्निने, पानी आउने, घाउ भई संक्रमणजस्ता असर देखाइहाल्न सक्छ ।

रोकथाम
राम्रो गुणस्तर वा पाउडर, पानीमा घुलनशील, शुद्ध, उत्तम र केवल रङको प्रयोग गर्नुपर्छ । स्थायी रङले छाला सुक्खा बनाउने भएकाले प्रयोग नगरांै । गोल्डेन, सिल्भर रङ तथा सिलिका मिसाइएका रङ प्रयोग गर्नुहँुदैन । रङ पानीसँग मिसाएर प्रयोग गर्नुहँुुदैन । रङसँगै लामो समय बस्नुहँुदैन । रङलाई बढी गाढा बनाउने निहँुमा तेजावी, कृत्रिम रङ थप्नुहँुदैन ।

छाला शरीरको रण कवच भएकाले बाहिरी रसायनलाई रगतमा जान रोक्छ । तसर्थ घाउ भएका मानिसले होली नखेल्दा नै राम्रो हुन्छ

रङ लगाउँदा आँखा, मुख बन्द गर्ने, कृत्रिम रङ, फोहर पानी, बेलुनको प्रयोग नगर्ने गर्नुपर्छ । आँखामा रङ पस्दा माड्दा घाउ, अल्सर, कोर्नियामा क्षति हुन्छ । तसर्थ, नमाडी सफा पानीले पखालेको पखालै गर्नुपर्छ । होली खेल्नुअघि अनुहार र हातमा मोइस्चराइजर र फाउन्डेसन लगाउनुपर्छ । नङमा गाढा पालिस लगाउनुपर्छ । कपालमा तेल लगाउनुपर्छ । आँखा बचाउन टाइट फिट चस्मा लगाउन सकिन्छ ।

चिल्लो र म्वास्चराइजर क्रिमको प्रयोग गर्ने, औषधि भएको, खस्रो, साबुन प्रयोग नगर्ने, ग्लेसेरिन भएको साबुन प्रयोग गर्नुपर्दछ । तोरी र सस्र्युको तेलको सट्टा नरिवलको तेल प्रयोग गर्नुपर्दछ । कपालको चमकता कायम राख्न तेल मिसाएर दल्नुपर्छ । छाला बारम्बार साबुनले धुने गर्नुहुन्न । छाला र अनुहारको रङ हटाउन रुवा, कपासको सहयोगले नरिवल तेल लगाउनुपर्छ । यस्तो बेला चिसो पानी मात्रै प्रयोग गर्ने र नुहाएपछि मोइस्चराइजर लगाउनुपर्छ । गोरा र सेन्सिटिभलाई घामबाट हुने जलनबाट जोगाउन सनक्रिम प्रयोग गर्नुपर्दछ । मोबिल र इनामेल हटाउन टरपेन्टाइन तेल प्रयोग गर्नुपर्छ ।

तथापि, दैनिक २ हजार युनिट आवश्यक पर्ने भिटामिन डी सनस्क्रिन लगाउँदा घामको प्रकाशबाट पाइने भिटामिन डीमध्ये करिब ९५ प्रतिशत शरीरले पाउनबाट रोकिन्छ । तसर्थ वैकल्पिक उपाय छाता ओढ्ने, सुतीको ओढ्नेले अनुहार छोप्ने, प्रशस्त तरल पदार्थ सेवन अपनाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनले हरेक तीनमा एक महिला र हरेक आठमा एक पुरुषमा हाड मक्किने ओस्टियोपोरोसिस समस्या रहेको बताएको छ ।

नेपालीको राम्रो जुझारुपन, छिट्टै तनावसँग जुधेर तथा बिर्सेर अघि बढ्न सक्ने क्षमता, डराए पनि सचेत, साझबिहानको छाक टार्ने बाध्यता, गर वा मरको अवस्थाले नेपाली महामारीका बीच निस्फिक्री छन् । त्यसैमा सरकारले गरेका गतिविधि, सामाजिक दुव्र्यवहार, अस्पतालमा फरकता, निको र उपचार भइहाल्छ भन्ने मान्यताले प्रश्रय पाएको छ । कोरोनाको जोखिम कायमै रहे पनि निस्फिक्री नेपाली प्रशस्तै भएकाले आउँदै गरेको होलीमा भिडभाड नगरी घरभित्र र आफन्तमा मात्र मनाउन नेपाल सरकारले आह्वान गरेको छ ।

अन्तमा, रिस, झगडा र रगतको होली नखेलांै । रङको होली अस्थायी हो, उपचार गरे ठीक हुन्छ तर रगतको होली खतरनाक हुन्छ, ज्यान गए फर्कदैन । तसर्थ होलीमा कुलत शून्य, रङ थोरै तथा प्राकृतिक र रमाइलो त्यो पनि घरभित्र र आफन्तमा जनस्वास्थ्यका मापदण्डसहित सभ्य र भव्यका साथ मनाऔं ।

तपाइको प्रतिक्रिया
(Visited 217 times, 1 visits today)

epaper

ताजा समाचार

दिपक भट्टको कम्पनीमा श्रीमतीको सेयर रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक ठाकुरद्वारा स्वीकार