सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकामा सामुदायिक प्रसारण संघका निर्वाचित प्रतिनिधिहरु सम्मानित भएका छन ।नेपाल प्रेस युनियन र मुनाल सामुदायिक संस्थाको संयुक्त आयोजना तथा नेपाल प्रेस युनियनका अध्यक्ष कृष्ण थपलियाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।
सामुदायिक प्रसारक संघ एकोराबका केन्द्रीय उपाध्यक्ष निमेष कर्ण,प्रदेश नं २ का अध्यक्ष मनोज यादव,केन्द्रीय सदस्य तथा पत्रकार महासंघकआ पूर्व अध्यक्ष कृष्ण कुमार एस्मालीलाई नेपाल प्रेस युनियन र मुनाल सामुदायिक संस्थाले सम्मान गरेको मुनाल सामुदायिक संस्थाका अध्यक्ष रामबहादुर खडकाले जानकारी दिए । सम्मानित हुने प्रतिनिधिहरु मध्ये सामुदायिक प्रसारक संघ एकोराबका केन्द्रीय उपाध्यक्ष कर्णलाई उनकै प्रतिनिधि तथा पत्रकार महासंघका अध्यक्ष विश्वनाथ ठाकुरलाई सम्मान पत्र हस्तान्तरण गरिएको थियो भने ,प्रदेश नं २ का अध्यक्ष यादव,केन्द्रीय सदस्य एस्मालीलाई कार्यक्रममै सम्मान पत्र प्रदान गरिएको थियो ।
याे सम्मानले जिम्मेवारी थपिएको र जिम्मेवारी अनुसार नै आफुहरु काम गर्ने सामुदायिक प्रसारक संघ एकोराबका निर्वाचित प्रतिनिधिहरुले बताए ।
कार्यक्रममा प्रमुख अतिथि हरिपुर नगरपालिकाका मेयर जमुरुदिन मंसुर, अतिथिहरु उप मेयर रेणुका काफ्ले,पत्रकार महासंघका अध्यक्ष विश्वनाथ ठाकुर ,पत्रकार महासंघका पूर्व अध्यक्ष शंकर श्रेष्ठ ,लगायत जिल्ला भरिका पत्रकारहरूको उपस्थिती रहेको थियो ।






