नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट ४ काँग्रेस चोकमा शनिबार राति सुनचाँदी पसलबाट ८० तोला सुन र ८ लाख नगद चोरी भएको छ ।
काँग्रेस चोकमा रहेको मोनिका सुनचाँदी पसलबाट ८० तोलाभन्दा बढीको सुन र ८ लाख नगद चोरी भएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।
पसलबाट शनिबारराति ७० देखि ८० तोला सुन र ८ लाख नगद चोरी भएको पसलका सञ्चालक उमेश गहतराजले जानकारी दिए ।
राति नै पसलमा चोरी भएको भए पनि विहान पसल खोल्न आउँदा पसलमा चोरी भएको आफूले थाहा पाएको उनले बताए । इलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी निरीक्षक चन्द्र थापाले चोरी भएको पुष्टि गर्दै घटनाको अनुसन्धान भइरहेको बताए ।
थपाका अनुसार प्रहरीले चोरी भएको पसलमा रहेको सिसिटीभि र पुलचोक सहितको सिसीटिभी फुटेको निगरानीबाट घटनाको सुक्ष्म ढंगले अध्ययन गरिरहेको छ ।
सिसिटिभी फुटेजमा ३ जना युवाहरु मिलेर पसल चोरी गरेको र माक्स प्रयोग गरेको फेला परेको र सोहीको आधारमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । चोरी गरेर समान गरिएको ठेला बरामद गरे पनि चोरी भएको समान र चोर भने पक्राउ पर्ने सकेको छैन ।