दाङमा अनिश्चित काल यातायात ठप्प

तुलसीपुर । दाङका यातायात मजदुरले विभिन्न माग राख्दै चैत्र १७ गतेदेखि यातायात ठप्प पार्ने बताएका छन् । मजदुरले विभिन्न माग राख्दै यात्रुबाहक सवारीसाधन अनिश्चित कालका लागि ठप्प पार्ने बताएका हुन् ।

यातायात मजदुरसँग सम्बन्धित विभिन्न संघ संगठनले आइतबार तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । पहिलो चरणअन्र्तगत जिल्लामा सार्वजनिक यातायात सेवा ठप्प पार्ने र माग पूरा नभए सम्पूर्ण यातायात क्षेत्र अनिश्चत कालका लागि बन्द गर्ने मजदुरले चेतावनी दिएका छन् ।

यातायात मजदुर तथा बुकिङ कर्मचारीले सहज रूपमा तलबभत्ताको ग्यारेन्टी हुनुपर्ने, नेपाल सरकारले जारी गरेको सामाजिक सुरक्षा कोष ऐन २०७४ सम्बन्धित यातायात प्रालिले लागू गरी कार्यान्वयन गर्नुपर्ने र कार्यान्वयनका लागि नेपाल सरकारले तदारुकता देखाउनुण्पर्ने, नेपाल सरकार, नेपाल यातायात राष्ट्रिय महासंघ, तीनवटै मजदुर ट्रेड युनियनबीच भएको संयुक्त बैठकले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने र नेपाल सरकारले ल्याएको कोभिड भ्याक्सिन खोप अभियानमा प्राथमिकताका आधारमा यातायात मजदुर तथा बुकिङ कर्मचारीलाई समावेश गराउनुपर्ने माग राख्दै मजदुरले बन्दको घोषणा गरेका हुन् ।

कोरोना माहामारीका कारण लामो समयसम्म समस्यामा परेका यातायात मजदुर पछिल्नो समय यातायात व्यवसायीको अस्वस्थ्य प्रतिस्पर्धाका कारण झनै समस्यामा परेकाले भन्दै आफूहरू आन्दोलित हुन बाध्य भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी दाङका अध्यक्ष केशवबहादुर भण्डारीले बताए । जिल्ला चल्ने र जिल्लाबाट बाहिरिने कुनै पनि यात्रुबाहक सवारी साधन चल्न नदिने बताएका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी दाङ, नेपाल यातायात मजदुर संघ इकाई तुलसीपुर र अखिल नेपाल यातायात मजदुर संघ, दाङले संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गरेका हुन् । यसअघि पनि तीनवटै मजदुर संघसंगठनले आप्mना माग कार्यान्वयन गर्न सम्बन्धित यातायात प्रालिका पदाधिकारीसँग बारम्बार छलफल र बार्ता गरेको यातायात मजदुर संघ इकाई तुलसीपुरका अध्यक्ष सुवर्णराज भण्डारीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जो १ मतले विजयी भए…