Thursday, May 6, 2021
Home प्रदेश प्रदेश ३ ‘भेरोसेल’ नेपाल आइपुग्यो

‘भेरोसेल’ नेपाल आइपुग्यो

रासस,

काठमाडौं । चीन सरकारले नेपाल अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप आज आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ बिहान ९.१५ बजे आइपुगेको हो ।

चीन सरकारको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ खोपको आठ लाख मात्रा नेपाललाई अनुदानमा गराएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप हस्तान्तरण गरिन ।

उक्त खोपलाई टेकुस्थित स्वास्थ्यसेवा विभागको चिस्यान केन्द्रमा राखिने छ । चीनले अनुदानमा उपलब्ध गराउने उक्त खोप लिन हिजो (आइतबार) मात्र वायुसेवा निगमको जहाज त्यसतर्फ गएको थियो ।

यसअघि भारत सरकारले पनि नेपाललाई १० लाख मात्रा खोप उपलब्ध गराएको थियो उक्त खोपलाई दुई देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । भेरोसेल खोपलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले अनुमति दिन बाँकी रहेको छ । चीन सरकारले खोपको अनुमति प्राप्तका लागि डब्लुएचओमा निवेदन दिइसकेको छ ।

स्वास्थ्यसेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले डब्लुएचओले अनुमति प्राप्त नदिए पनि खोप लगाउन पाइने जानकारी गराए ।  “उत्पादन गरेको सम्बन्धित देशले खोपको प्रयोगका लागि अनुमति दिइसकेर लगाएपछि हामीले पनि उक्त खोप प्रयोग गर्नका लागि कुनै कानूनी बाधा अड्चन आउँदैन” उनले भने, “उत्पादन गरेको देश र अन्य देशले पनि लगाइसकेको हुनाले हामीले पनि चाँडै नै यही खोप लगाउँछौ ।”

उनका अनुसार खोप लगाउने प्राथमिकतामा परेका व्यक्तिको बारेमा निर्णय गरेर खोप अभियान पुनः सञ्चालन गरिने छ । नेपालमा अहिलेसम्म उपलब्ध २३ लाख ४८ हजार मात्रामध्ये १८ हजार मात्रा खोप लगाइसकेको छ । बाँकी पाँच लाख ४८ हजार मात्रा र अहिले चीनबाट प्राप्त आठ लाख मात्रा खोप रहेको खोप शाखा प्रमुख डा गौतमले जानकारी दिए ।

यस्तै भारत सिरम इन्स्च्यिुट कम्पनीले उत्पादन गरेको खोप ‘कोभिशिल्ड’ खोपको १० लाख मात्रा खरीद गरेको खोप अझै आइपुगेको छैन । खोप समयमा नै नआएपछि सरकारले दोस्रो चरणको खोप अभियान स्थगित गर्नुपरेको थियो ।

(Visited 57 times, 1 visits today)
Loading comments...

आजको समाचार

कारुणिक आर्यघाट

देशको राजधानी सहर काठमाडौंमा अवस्थित एक मात्र विद्युतीय शवदाह गृह बन्द हुँदा आर्यघाटको अवस्था झनै कारुणिक बन्न पुगेको छ । आर्यघाट देशकै र समस्त...

सीपसँग टाढिँदै गएको शिक्षा

शिक्षा मानवको समग्र विकासको मेरुदण्ड भएकाले यसको सर्वसुलभता हरेक राज्यले जोड दिएको हुन्छ । हाम्रो सन्दर्भमा शिक्षा नीति पनि समयअनुसार परिवर्तन हँुदै आएको छ...

घरकाले थाहा पाउछन्, हाम्रो फोटो नखिच्नुस् (फोटोफिचर)

काठमाडौं । निजी अस्पतालले कोरोना शीर्षकमा सर्वसाधारणसंग सर्वस्व लुटिरहेको बेला बीर अस्पतालको नयाँ भवनमा आइसोलेशन बेड तयार हुँदैछ भन्ने कुराले पक्कै पनि केही सकारात्मक...

सुदूरपश्चिममा मृत्युदर भयावहः मृत्यु हुनेमा युवाको संख्या बढी

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सोमबर ३० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भयो । सामान्य ज्वरोपछि साताअघि उनी अस्पताल भर्ना भएकी थिइन्...

पहिलो प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवन रक्षा

पछिल्ला दिनमा कोभिड १९ को दोस्रो चरणको प्रकोपबाट लघु घरेलु तथा साना उद्योगहरु बढी प्रभावित भइरहँदा पनि आपूर्ति व्यवस्थालाई सूचारु कायम राख्न हाम्रा उद्यमीहरुले...

साताका लोकप्रिय समाचार

सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले कोरोना उपचार खर्च पाउने

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकलाई कोरोना भाइरसको संक्रमण भएमा उनीहरूको उपचार खर्च कोषले नै बेहोर्ने भएको छ । कोरोना...

सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस सँग मिल्दो लक्षण भएका बिरामीको संख्या बढदै

सर्लाही । सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या एक्कासी बढेको छ । बिरामीमा उच्च ज्वरो आउने, घाँटी दुख्ने, रुघाखोकी...

इटहरी प्रवेश गर्नेलाई सीमाबाटै फर्काइयो सुनसरीमा कडा बनाउदै लकडाउन

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबारदेखि लागू हुनेगरी ३१ गतेसम्म पूर्णरुपमा लकडाउन गरेपछि इटहरीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी...

कोरोना संक्रमण नियन्त्रणका लागि झापामा सेना परिचालन

दमक । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणविरुद्ध सचेतना फैलाउन जिल्लाको पाँच स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको छ । मेचीनगर र भद्रपुर नगरपालिका ,कचनकबल,...

हाँसो : सर्वाधिक संक्रमणबाट बच्ने उत्तम औषधी !

कोभिड–१९को दोस्रो झड्का (वेभ) सुरु भएसँगै मानिसमा बेचैनी बढेको छ । त्यसले मानसिक स्वास्थ्यमा समेत प्रभाव पार्न थालेको पाइन्छ । वर्तमान अवस्थामा कोभिड–१९ विरुद्ध...

ट्रेन्डिङ

सोमबारबाट पुनः मौसम सक्रिय हुने

काठमाडौँ । आगामी सोमबारबाट पुनः मौसम सक्रिय हुने भएको छ । वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट...

जोखिम भत्ताका लागि ६६ करोड ८७ लाख निकासा

काठमाडौं । सरकारले असोज मसान्तसम्म कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि जोखिम भत्ताबापत ६६ करोड ८७ लाख ४५ हजार पठाइएको बताए पनि...

राजनैतिक पूर्वाग्रहका साथ सरकार अघि बढ्यो : नेता सिंह

चितवन । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले राजनैतिक रुपमा पूर्वाग्रही भएको आरोप लगाएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले सरकारले ललिता निवासको...

‘यस पल्टको दशैंमा कोरोनाको बली’ (सप्तरीको फोटोफिचर)

राजविराज । दशैंको बेला यहाँका शक्तिपीठहरुको रौनक बेग्लै हुन्थ्यो । धार्मिक, साँस्कृतिक र एतिहासिक महत्व बोकेको जिल्लास्थित छिन्नमस्ता, कंकालिनी, राजदेवी र भगवती लगायत आधा...

‘प्रदेश २ कोरोना संक्रमण नियन्त्रणमा गैरजिम्मेवार’

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ ले प्रदेश २ सरकार कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण गर्न गैरजिम्मेवार भएको आरोप लगाएका छ । नेकपा...

प्रधानमन्त्रीका वकिल भन्छन् ‘बृहत पूर्ण इजलासमा जान जरुरी छैन’

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा आज पनि सुनुवाइ भएको छ । प्रतिवादी नेपाल सरकारका पक्षबाट वरिष्ठ अधिवक्ता...

दाङमा लकडाउन कडा : तुलसीपुर बजारबाट २१ जना पक्राउ

तुलसीपुर । इलाका प्रहरी कार्यालय तुलसीपुरले लकडाउनको उल्लंघन गरेको भन्दै तुलसीपुर बजारबाट २१ जनलाई नियन्त्रणमा लिएको छ । नेपालगञ्जमा कोरोनाको संक्रमण देखिएपछि कडाई गरेको...

कोभिड–१९ जोखिमले अन्य बिरामी रोग पाल्न बाध्य

काठमाडौं । कोभिड–१९ को जोखिम बढेसँगै अन्य प्रकृतिका बिरामी रोग पालेर बस्न बाध्य भएका छन् । गम्भीर प्रकृतिका रोग लागेका बिरामीका लागि अस्पतालको आकस्मिक...

विचार, संगठन र कार्यशैलीमा रूपान्तरण जरुरी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा उत्पन्न भएका समस्या पद प्राप्तिका लागि हुन् भनेर उत्पन्न समस्यालाई न्यूनीकरण गरेर पार्टीभित्र उत्पन्न समस्या विधि र पद्धतिबाट समाधान हुन...

काठमाडौँ उपत्यकामा संक्रमित भएकै क्षेत्रमा नमूना परीक्षण

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोभिड–१९को सङ्क्रमण बढेसँगै परीक्षणको दायरा पनि बढाइएको छ । बन्दाबन्दी खुलेसँगै बाहिरबाट भित्र्ने मानिस र उपत्यकामा पनि भीडभाड बढेसँगै उपत्यकामा...

पर्यटकीय क्षेत्र सुकुटेको प्रचारका लागि महोत्सव

सिन्धुपाल्चोक । राजधानीको कोलाहाल र भिडभाडबाट केही समयको लागि भएपनि मन शान्त पार्नेहरुको लागि अहिले सिन्धुपाल्चोकको सुकुटे नयाँ गन्तव्य को रुपमा विकास हुदै गएको...

तीनै तहमा पदपूर्तिका सबै प्रक्रिया बन्द

काठमाडौं । सरकारले केन्द्रीय, प्रदेश र स्थानीय गरी तीनवटै तहका कुनै पनि सरकारी कार्यालयमा नयाँ कर्मचारी पदपूर्ति गर्ने सम्पूर्ण प्रक्रिया बन्द गरेको छ ।...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)