चन्द्रनगर । अहिले तराई मधेशमा परम्परागत होली गीतको स्थान हिन्दी र भोजपुरी गीत लिदै गरेको समयमा जोगिरा सुमधुर होली गीत जोगाउन सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. २ बबरगंजमा चन्द्रनगर होली मोहत्सव कार्यक्रम गरिएकोे छ ।
केही वर्ष पहिले जोगिरा गीतले गाउँघर गुन्जायमान हुन्थे । तर, अहिले गीत, ढोलक, मृदङ्ग (मादल जस्तै बाजा) र डम्फूको स्वर बिरलै सुन्न पाइन्छ । तराईमा फागु पूर्णिमा अर्थात् होली पर्वमा ढोलक, मृदंग, झ्याली, हार्मोनियमलगायतका बाजाका साथ वाद्यवादनका साथ सवाल जबाफ शैलीमा गाइने यस्ता होली गीत र जोगिरा विस्तारै हराउँदै गएको छ ।
दोहोरी गीत झै गाइने जोगिरा र होली गीतका कारण होलीमा तराईको रौनक छुट्टै हुन्थ्यो । तर, अहिले ती गीत सुनिनँ छाडेका हुँदा परम्परागत होली गीत जोगाउँन आफुहरु भोर नेपालको आयोजनामा चन्द्रनगर होली मोहत्सव सम्पन्न गरेको भोरका संस्थापक अध्यक्ष तथा समाजसेवी राजकुमार महतोले जानकारी दिए ।
आफनो संस्कृती र मौलिकाता हराउँदै गएको, युवाहरु परम्परागत होली गीत भन्दा हिन्दी, भोजपुरी लगायतको गीतमा आकर्षण देखाएको हुदाँ पनि परम्परा होली गीत र यवाहरुमा परम्परा होली गीतप्रति आकर्षण गराउनका निम्ती पनि चन्द्रनगर होली मोहत्सव आयोजना गरेर उत्कृष्ट टिमलाई पुरष्कृत गरिएको समाजसेवी महतोले बताए ।
‘गाउँघरमा आजभोलि होलीका साँस्कृतिक गीतको साटो भोजपुरी र आधुनिक संस्कृतिले कब्जा जमाउन थालेको छ,’ उनले भने । सांस्कृतिक र धार्मिक दृष्टिकोणले महत्वपूर्ण रहेको होलीको मौलिकता जोगाउनेतर्फ स्थानीयदेखि संघ सरकारले पनि ध्यान दिनुपर्नेमा महतोको जोड थियो । अहिले चन्द्रनगरमा कार्यक्रम गरिएको छ यो कार्यक्रमलाई प्रत्येक वर्ष संचालन गरी अब जिल्ला भरीका टिमलाई समेटेर परम्परागत होली गीत जोगाउन प्रयास गरिने महतोले बताए ।
चन्द्रनगर होली मोहत्सवमा प्रथम स्थान चन्द्रनगर वडा नं.२ बबरगंज बनेर लाउडस्पीकर, इमलिफायर, माइकसहितको बाजा सेट, दित्तीय वडा नं. ३ कोरियाही टोल बनेर ढोलक र तेश्रो वडा नं. ७ र नाढीमन तथा वडा नं. ५ पोखरीयाका संयुक्त टोली बनेर डम्फ र बिजेता तीन वटै टिमलाई प्रमाण पत्र समेत वितरण गरिएको भोरका अध्यक्ष पच्चु माझी मुसहरले जानकारी दिए ।
चन्द्रनगर होली मोहत्सवमा सहभागी १४ टिम मध्ये बाँकी ११ टिमलाई सहभागिता पत्र तथा कर्ताल प्रदान गरिएको अध्यक्ष मुसहरले जनाएको छ । कार्यक्रममा प्रदेश नं. २ का प्रदेश प्रमुख डा. राजेश झा, नेपाली काँग्रेसका नेता शम्भुलाल श्रेष्ठ, आम जनसमुदायको सहभागीतासहित सर्वदलीय प्रतिनिधि, नागरिक अगुवा, कलाकार, सांस्कृतिक अभियन्ता तथा सरकारी र गैर सरकारी क्षेत्रका व्यक्तिहरुको सहभागीता रहेको थियो ।






