‘ओलीविरुद्ध देशव्यापी अभियान सञ्चालन गरिने’

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने बताएका छन् । पार्टीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएपछि चित बुझ्दो नभएको भन्दै कारबाही गरिएपछि आक्रोशित बनेका नेपालले ओलीबिरुद्धमा देशव्यापी रूपमा उत्रिन कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।

नेता नेपालले ओली आफंैले विघटन गरिसकेको कमिटीको अध्यक्ष नभएको भन्दै उनलाई कारबाही गर्ने अधिकार नै नभएको जिकिर गरेका छन् । केन्द्रीय कमिटी आफैं भंग गर्ने र महाधिवेशन आयोजक कमिटी बनाउनेलाई कारबाही गर्ने अधिकार नहुने उनले बताए ।

ओलीको पार्टी हितविपरीतका गतिविधिविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने नेता नेपालले जनाए । संगठनलाई शसक्त बनाउँदै ओलीविरुद्ध देशव्यापी अभियान सञ्चालन हुने बताउँदै उनले त्यसका लागि नेताकार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।

यसैबीच अर्का नेता रावलले ओलीको कारबाहीलाई ‘निरंकुश र स्वेच्छाचारीताको संज्ञा दिएका छन् । नेता नेपाल र रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि रावलले सामाजिक सञ्जाजमार्फत कारबाही खारेजीको मागसमेत गरेका छन् ।

‘देशभक्तिपूर्ण आवाजबाट त्रसित बाह्य शक्तिप्रतिको तावेदारी हो । नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरी गठन गरिएको अवैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयं अवैधानिक भएकाले केपी शर्मा ओलीबाट गरिएको सो निर्णयको भत्र्सना गर्दैै पूर्णरूपमा अस्वीकार गर्दछु,’ उनले भनेका छन् ।

एमालेका नेता शंकर पोखरेलले कारबाही घटनापछि प्रतिक्रिया दिँदै विगतमा स्थापित परम्परा र पार्टीको वैधानिक व्यवस्था ख्याल गर्ने हो भने कोही पनि उद्धेलित हुनु नपर्ने बताएका छन् । उनले अनुशासनले पार्टी र सबैको हित हुने बताए ।

नेपाल र प्रचण्डबीच भेटघाट
यसैबीच नेता नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार भेटघाट भएको छ । दुई नेताबीच पछिल्लो राजनीतिक अवस्था’bout छलफल भएको बताइएको छ । कोटेश्वरमा भएको छलफलमा एमाले नेता भीम रावल र माओवादी नेता नारायणकाजी श्रेष्ठसमेत सहभागी थिए । सोमबार नै नेता नेपाल र रावललाई कारबाही गरिएपछि दुवै नेताबीच भएको छलफल अर्थपूर्ण रूपमा लिइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 221 times, 1 visits today)

epaper

ताजा समाचार

जग्गा कीर्ते : मालपोतका तत्कालीन प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा