Monday, May 17, 2021
Home प्रदेश प्रदेश ४ बाँदरका लागि जङ्गलमै फलफूल खेती

बाँदरका लागि जङ्गलमै फलफूल खेती

राजधानी समाचारदाता,

तनहुँ। तनहुँको म्याग्दे गाउँपालिका–२ का श्यामलाल श्रेष्ठ बाँदर आतङ्कले हैरान छन् । बाँदरले खेतबारीमा आएर बाली खाइदिने गरेपछि उनी मात्र होइन, उमाचोकका अधिकांश कृषक पीडित छन् ।

खेतबारीमा आएर बाली खाइदिनुका साथै घरमै आएर पनि अन्नबाली नष्ट गर्ने क्रम बढ्दै गएको श्रेष्ठको गुनासो छ । “खेतमा काम गर्न गएको बेलामा बाँदरले आक्रमण पनि गर्ने गरेको छ, बाँदर आतङ्कबाट हैरानै भइयो”, श्रेष्ठले भने, “बाँदर आतङ्कबाट छुटकारा चाहिएको छ ।”

यहाँका कृषकलाई बाँदर आतङ्कबाट मुक्त गराउन डिभिजन वन कार्यालय तनहुँले जङ्गलमा फलफूलको बिरुवा रोप्ने कार्यक्रम अगाडि सारेको छ । “बाँदर आतङ्क न्यूनीकरण गर्न सबडिभिजन वन कार्यालय म्याग्देको सिफारिसबमोजिम उमाचोक सामुदायिक वनमा फलफूलका बिरुवा रोप्ने तयारी गरेका छौँ”, वन समूहका अध्यक्षसमेत रहेका श्रेष्ठले भने , “वनमै फलफूल भएपछि बाँदर त्यतै भुलेर बस्तीतिर आउँदैन कि भन्ने लागेको छ ।”

सबडिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले तनहुँमै पहिलोपटक उमाचोकमा बाँदर भुलाउन जङ्गलमा फलफूलको बिरुवा रोपण गर्न लागिएको जानकारी दिए । “बाँदरले आफ्नो आहाराको अभावमा किसानको खेतीबाली नष्ट गर्ने तथा मानिसलाई नै आक्रमण गर्ने समस्या न्यूनीकरणका लागि फलफूलका बिरुवा लगाउन लागेका हौँ”, रानाभाटले भने ।

यस कार्यक्रमका लागि डिभिजन वन कार्यालय तनहुँले रु सात लाख ५० हजार सहयोग गरेको छ भने २० प्रतिशत सामुदायिक वनले लागत साझेदारी गर्नेछ । सामुदायिक वनको तीन हेक्टर क्षेत्रफलमा करिब ८४० वटा विभिन्न प्रजातिका वनजन्य फलफूलको बिरुवा रोपिनेछ । “बुट्यान जङ्गलमा बाँदरले मन पराउने बर्सेनि उत्पादन हुने खालका बिरुवा लगाइनेछ, त्यसका लागि जग्गा मिलाउने, तारबार गर्ने काम भइरहेको छ”, उनले भने ।

उनका अनुसार यहाँ काफल, चिउरी, जामुन, अमला, लोकल आँपहरु, कटहर, चिलीलगायतका बिरुवा उत्पादन गरिनेछ । दुई/तीन वर्षमा फलफूल उत्पादन हुने भएपछि बाँदर जङ्गलमै भुल्ने र बस्तीसम्म नजाने विश्वास गरिएको छ । “म्याग्देका विभिन्न ठाउँमा बाँदर आतङ्क छ, त्यसमध्ये पनि उमाचोकमा बढी नै आतङ्क रहेको पाइयो”, रानाभाटले भन], “विगतमा धेरैपटक खेतबारीमै गएर महिलालाई आक्रमण गर्ने गरेको घटना छ ।”

म्याग्देमा बाँदरले दुःख दिन थालेपछि गत वर्ष गाउँपालिकाले कृषकलाई बाँदर भगाउने उपकरण प्रदान गरेको थियो तर उक्त उपकरण प्रभावकारी नभएको कृषकको भनाइ छ । म्याग्दे गाउँपालिका–१ का कृषक एककुमार श्रेष्ठले बाँदरले बारीमा पसेर सबै बाली नष्ट गरिदिने गरेको गुनासो गरे। म्याग्दे गाउँपालिका–२ का कृषक बुद्धिबहादुर मगरले बाँदरले दुःख दिएपछि दिनभर बारी कुरेर बस्नुपर्ने बाध्यता रहेको बताए । रासस

(Visited 134 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

८० वर्षपछि कुमारीको आसन फेरियो

ललितपुर । ८० वर्षपछि ललितपुरको जीवित देवी कुमारीको आसन फेरिएको छ । रत्नाकर महाविहारमा रहेको कुमारी घरमा जीवितदेवी कुमारीलार्ई विहीबार पहिलो पटक नयाँ आसनमा...

कैलालीमा यस्ता समस्या, पिसिआर रिपोर्ट नै सात दिन कुर्नुपर्छ

टीकापुर । कैलालीको टीकापुर नगरपालिका–१ की २५ वर्षीया एक महिलामा वैशाख १७ गते कोरोनाको लक्षण देखाप¥यो । उनी टीकापुरमा एक सरकारी कार्यालयमा काम गर्छिन्...

प्रधानमन्त्री ओलीले लिए शपथ

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन् । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । वैशाख २७...

कालीमाटी तरकारी बजार बन्द

काठमाडौं । पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर कोरोना सङ्क्रमतिको सङ्ख्यामा वृद्धि भएको भन्दै कालीमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ । तरकारी बजार...

ट्रेन्डिङ

क्वारेन्टाइनमा नातीको स्याहारसुसार गर्न पुगेकी वृद्धामा पनि कोरोना संक्रमण

सर्लाही । सर्लाहीको कविलासी नगरपालिकामा नातीको स्याहारसुसार गर्न पुगेकी एक वृद्धालाई पनि कोरोना संक्रमण लागेको पुष्टि भएको छ । हरिपुर नगरपालिका वडा नं. ८...

कोरोनाबाट इरानमा एकै दिन ५४ जनाको मृत्यु

तेहरान । इरानमा नयाँ कोरोनाभाइरसको सङ्क्रमणबाट विगत २४ घण्टाको अवधिमा ५४ जनाको मृत्यु भएको छ । इरानमा एकै दिन कोरोनाको सङ्क्रमणबाट यतिठूलो संख्यामा मानिसको...

सलमान खानको करतुत : निर्देशकलाई बलात्कारको धम्की दिन्थे

मुम्बई । दबंग निर्देशक अभिनव कश्यपले फेसबुकमा एक लामो पोष्ट सार्वजनिक गर्दै बलिउड अभिनेता सुशान्तको आत्महत्याको विषयमा विस्तृत अनुसन्धान गर्न माग गरेका छन् । बलिउडमा...

छोरीलाई गोली हान्ने बुबा कारागार चलान

ओखलढुङ्गामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन् । भरुवा बन्दुक प्रहार गरेर छोरीलाई गम्भीर घाइते बनाउने मोलुङ गाउँपालिका–७ पात्लेका ३३...

युवा दक्षता र नेपाल

प्रत्येक वर्षजस्तै जुलाई १५ तारिखका दिन विश्व युवा दक्षता दिवस विभित्र कार्यक्रम आयोजना गरेर विश्वभरि मनाइयो । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण...

होटल, रिर्सोट र कटेजले होमस्टे सङ्कटमा

इलाम । इलामको सूर्योदय नगरपालिका वडा नम्बर ४ र ५ मा पर्ने पर्यटकीय स्थल अन्तुमा रहेका होमस्टे व्यवसाय सङ्कटमा पर्दै गएको छ । होटल,...

सफल मिडिया हाउसका अध्यक्ष हुमागाईंलाई पितृशोक

पोखरा । सफल मिडिया हाउस प्रालिका अध्यक्ष तथा सफल आवाज डटकमका प्रकाशक दुर्गाप्रसाद हुमागाईंलाई पितृशोक परेको छ । उनका पिता इन्द्रप्रसाद हुमागाईंको ७७ वर्षको...

तनहुँको क्वारेन्टाइनमा परियार झुन्डिएको अवस्थामा

तनहुँ । तनहुँको घिरिङगाँउपालिका स्थित चन्द्रज्योति माध्यमिक विधालयको क्वारेन्टाइनमा बस्दै आएका एक पुरुष झुन्डिएर मृत अवस्थामा फेला परेका छन्। गएराति ४९ वर्षीय हिरासिंह परियार...

सत्ता साझेदारीका लागि दाहाल नेपालको दौडधूप

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णय गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल नयाँ सरकार...

टी–२० विश्वकपमा २० टोली

दुबई । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हाल १६ टोलीबीच हँुदै आएको टी–२० विश्वकपमा २० टोलीलाई खेलाउने प्रस्ताव अघि सारेको छ । यसै वर्ष भारतमा...

कावासोतीका क्वारेन्टाइनबाट फरार ३ जना भेटिए

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको क्वारेन्टाइनबाट फरार ३ जनालाई बुधबार नियन्त्रणमा लिएर पुन क्वारेन्टाइनमा राखिएको छ ।शनिबार भारतबाट आएका एक जना र उनीसँगै...

बीवादबीच पोखरेल एआईजीमा बढुवा

काठमाडौं । सरकारले विवादबीच प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । मन्त्रीपरिषदको बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रीपरिषद...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)