मिस्टर सुवोधको ‘कान्छी’ सार्वजनिक

काठमाडाैं ।  गायक मिस्टर सुवोधको ‘निलो आकाश’ एल्बममा समावेश ‘कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायक मिस्टर सुवोध र बोसन ब्याण्डका सुवास राईको शब्द तथा कल्याण सिंहले संगीत सुन्न सकिन्छ ।

भिडियोमा लक्ष्मन पुन, रोशनी थापा, नविन सापकोटा, चन्द्रा थापा, दिपक सुवेदी, धर्मेन्द्र पुर्जा, प्रकाश कदेलको अभिनय रहेको छ ।

लक्ष्मण पुनको निर्देशनमा बनेको भिडियोलाई गोविन्द बिष्टले खिचेका हुन् । भिडियोको सम्पादन निर्देशक पुनले नै गरेका हुन् भने कलर करेक्सन दिपेश चौधरीले गरेका छन् । भिडियोको सम्पुर्ण छायांकन जापानमा गरिएको छ ।

गायक सुवोध ‘कान्छी’ अडियो तथा भिडियो दुबै पक्षबाट उत्कृष्ट बनेको र यसले धेरैको मन जित्न सक्ने बताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 196 times, 1 visits today)

epaper

ताजा समाचार

महाराजगन्जमा माइक्रोबसले ८ वटा गाडीलाई ठक्कर दिँदा एकको मृत्यु, ६ जना घाइते