Thursday, May 6, 2021
Home भर्खरै कोरोना ग्राफ उकालो लाग्दै

कोरोना ग्राफ उकालो लाग्दै

हेलचेक्र्याइ बढ्दो, पूर्वतयारी फितलो

प्रशान्त वली,

काठमाडौं । आमनागरिकको हेलचेक्रयाइ र सरकारको पूर्वतयारी फितलो हुँदै जा“दा ‘कोरोना ग्राफ’ उकालो लाग्दै गरेको पाइएको छ । मुख्यतः जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन नहुँदा र सरकारबाट रोकथाम तयारी फितलो हुँदा संक्रमित संख्या बढ्दै गएको हो ।

जनस्वास्थ्य विज्ञले कोरोना रोकथामका लागि विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्ने, कोरोना परीक्षण क्षमता वृद्धि र जनस्वास्थ्य मापदण्ड कार्यान्वयन अनुगमन तत्काल गर्नुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै, स्थानीय तहमार्फत् कन्ट्रयाक्ट ट्रेसिङ गर्ने भनिए पनि सरकारले ठोस योजना बनाएको छैन । यसअघि, बन्दाबन्दीका बेलासमेत कन्ट्रयाक्ट ट्रेसिङ प्रभावकारी बन्न सकेको थिएन ।

अधिकांश नागरिकले मास्क समुचित प्रयोग गर्न छाडेको र भौतिक दूरी कायम गरिरहेका छैनन् । सार्वजनिक यातायात, विद्यालय, फिल्म हललगायत भीडभाड हुने स्थानमा जनस्वास्थ्य मापदण्ड कार्यान्वयनमा आउन सकेका छैनन् ।

– दोस्रो चरण सुरु हुन सक्ने
– यसै साता ३८ प्रतिशतले संक्रमण वृद्धि
– न भौतिक दूरी न त मास्क नै
– सक्रिय संक्रमित संख्या बढ्दै
– परीक्षण क्षमता वृद्धि हुन सकेन

त्यस्तै, सीमानाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत स्वास्थ्य सुरक्षाका मापदण्ड फितलो देखिएको छ । सरकारले सीमानाकामा हेल्थ डेस्क सक्रिय बनाए पनि कार्यान्वयनमा आउन सकेको छैन ।

जनस्वास्थ्यका मापदण्ड पालना नभएको स्थानमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मापदण्ड उल्लघंन गरेमा संक्रामक रोग ऐन, २०२० र जनस्वास्थ्य सेवा ऐन २०७५ बमोजिम सजाय गर्ने भनिए पनि त्यसो हुन सकेको छैन ।

काठमाडौं विश्वविद्यालयका सामुदायिक तथा जनस्वास्थ्य कार्यक्रम विभागका निर्देशक डा. विराज कर्माचार्यले नेपालमा कोरोना संक्रमण विस्तारै बढ्न थालेको बताए ।

‘दोस्रो चरणको संक्रमण बढ्ने सम्भावना छ, व्यक्तिगत रूपमा जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्नुपर्छ,’ उनले भने, ‘कोभिड शंका लागे परीक्षण गराउनुपर्छ, सधैं मास्क प्रयोग गर्नुपर्छ ।’

सरकारले सीमानाका क्षेत्रमा आइसोलेसन राख्ने बताएको छ । संक्रमण पुष्टि भए आइसोलेसन सेन्टरमा १० दिन राखेर मात्रै गन्तव्य पठाउने व्यवस्था गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमण उत्कर्षमा पुग्दा जनस्वास्थ्यका मापदण्ड पालना गरिए पनि विस्तारै पालना गर्न छोडिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विज्ञ डा. रोशन पोखरेलले भारतबाट आउनेलाई जाँच गरेर मात्रै प्रवेश दिइने बताए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण रोकथामका लागि स्वयं व्यक्ति सचेत हुनुपर्नेमा जोड दिए । ‘जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्छ, हातले मुख, नाक छुनुहुँदैन,’ उनले भने, ‘भौतिक दूरी कायम गर्नुपर्छ । दोस्रो चरणको सम्भावित संक्रबाट रोक्न स्वास्थ्य सेवा तयारी अवस्थामा राख्नुपर्ने देखिएको छ ।’

यसैबीच, केही दिनयता सक्रिय कोरोना भाइरस संक्रमित संख्या बढेको छ । हाल, देशभर १ हजार ४ सय ९३ सक्रिय संक्रमित छन् । ३ अंकमा झरेको सक्रिय संक्रमित संख्या पछिल्लोे एक सातायता बढ्दै गएको छ ।

नेपालमा यो सातालाई आधार मान्दा ३८ प्रतिशतले कोरोना संक्रमण वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर थप १ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योस“गै नेपालमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख ७७ हजार ३ सय ९ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । देशभर हालसम्म २ लाख ७२ हजार ७ सय ८६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । देशभर अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३० पुगेको छ ।

(Visited 126 times, 1 visits today)
Loading comments...

आजको समाचार

इटहरी प्रवेश गर्नेलाई सीमाबाटै फर्काइयो सुनसरीमा कडा बनाउदै लकडाउन

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबारदेखि लागू हुनेगरी ३१ गतेसम्म पूर्णरुपमा लकडाउन गरेपछि इटहरीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी...

आईपीएल स्थगित

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित भएको छ । एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आईपीएल अनिश्चितकालका लागि स्थगित हुन पुगेको...

कोरोनाका कहर : अस्पताल खोज्दै काठमाण्डौबाट बागलुङ

बागलुङ । अक्सर बिरामीहरु सफल उपचार पाईने आसामा जिल्ला–जिल्लाबाट राजधानीका सुविधा सम्पन्न अस्पतालमा जाने गर्छन् । उपचारको लागि पर्याप्त पूर्वाधार भएको कारण पनि उपचार...

कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८६५९ मा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

वडा सदस्यको शब बोकेर घर फर्कदै गरेको जिप दुर्घटना हुँदा ६ को मृत्यु

बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको...

साताका लोकप्रिय समाचार

सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले कोरोना उपचार खर्च पाउने

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकलाई कोरोना भाइरसको संक्रमण भएमा उनीहरूको उपचार खर्च कोषले नै बेहोर्ने भएको छ । कोरोना...

माओवादीले सरकारकाे समर्थन फिर्ता लिएकाे पत्र संसद सचिवालयमा बुझायाे

काठमाडाैं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा...

भोजपुरका सबै पालिकामा सुरु भयो ‘भूमिसम्बन्धी आयोगको काम’

भोजपुर । सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोगले भोजपुरका सबै स्थानीय तहमा काम थालनी गरेको छ । भूमिहिन दलित, भूमिहित सुकुम्बासी र...

एक वर्षदेखि बिग्रिएर थन्किएको वीर अस्पतालको अक्सिजन प्लान्ट बन्यो

काठमाडौं । गत वर्षको बैशाखबाट बिग्रिएर उत्पादन बन्द भएको वीर अस्पतालको अक्सिजन प्लान्ट मर्मतपछि एक वर्षपछि संचालनमा आएको छ । गत वर्ष कोरोना संक्रमणको गति...

कान्ति अस्पतालमा आज भेटिए थप पाँच सङ्क्रमित

काठमाडौँ । आज कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा सङ्क्रमण पुष्टि भएको छ । आज पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या...

ट्रेन्डिङ

बालिकालाई जवरजस्ती करणी गर्न खोज्ने भारतीय युवक पक्राउ

सर्लाही । सर्लाहीको पर्सा गाउँपालिकामा एक बालिकालाई जवरजस्ती करणी गर्न खोजेका भारतीय युवक पक्राउ परेका छ । शुक्रवार पर्सा गाउँपालिका वडा नं. ५ बस्ने...

प्रेममा सम्बन्ध आफैं हुने कुरा हो

नयाँ पुस्ताकी मोडलका रूपमा कञ्चन चालिसे परिचय बनाउने क्रममा छिन् । नाटकबाट ‘करिअर’ थालेकी उनी सिन्धुली दोभानकी हुन् । त्यहाँबाट बसाईँ सरेर एक दशकदेखि...

पामेलाले आफ्नै बडीगार्डसंग गरिन् छैटौं बिहे

एजेन्सी । हलिउड नायिका पामेल एण्डरसनले आफ्नै बडीगार्ड डल ह्यैहस्टसंग गुपचुप विवाह गरेकी छिन् । ५३ वर्षिय यी नायिका प्लेब्वाई म्यागजिनमा छापिएपछि चर्चित भएकी...

मृत अवस्थामा महिलाको शव फेला

सर्लाही। सर्लाहीको नवलपुरमा एक महिलाको सव फेला परेको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका वडा नम्बर १, तेलबाली अनुसंधान केन्द्र लच्का नजिक...

साफ फुटबल बंगलादेशमा हुने

साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को कार्यकारी समितिको सोमबार सम्पन्न भर्चुअल बैठकले साफ...

महँगो पारिश्रमिक लिने बलिउडका पाँच नायिका

मुम्बई । महँगो पारिश्रमिक लिने बलिउडका पाँच नायिकाको फेरि पनि नाम सार्वजनिक गरिएको छ । पछिल्लो दुई वर्षबाट अभिनेत्री कंगना रनौतले सबैभन्दा बढी पारिश्रमिक...

सोनिकाकाे अभिनय रहेकाे ‘झिमिक झिमिक’ सार्वजनिक

काठमाडौं । चर्चित युटुवर तथा मोडल सोनिका रोकाया र जोन पुलामी मगरको फिचरिङमा ‘झिमिक झिमिक’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायिका मेलिना...

जनकपुरमा पनि एक पत्रकारसहित दुई जनामा कोरोना संक्रमण

जनकपुरधाम । जनकपुरधाममा पनि एक पत्रकारसहित दूई जना कोरोना संक्रमित भएका छन् । पत्रकार संक्रमित रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पुष्टि गरेका छन्...

माओवादी अध्यक्ष प्रचण्डले सर्वोच्चमा दिएको पुनरावलोकन यस्तो छ (पूर्णपाठसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने...

कर्मचारी नहुँदा भुकम्पपीडित मर्कामा

सिन्धुपाल्चोक । भुकम्पबाट सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोक जिल्लाका लाभग्राहीको समयमा नै अनुदान सिफारिस नहुँदा समस्यामा छन् । अनुदान सिफारिसमा ढिला हुँदा असार मसान्तभित्र...

आधिकारिक ट्रेड युनियनको निर्वाचन फेरी स्थगित

काठमाडाैं ।  सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यही मङ्सिर...

प्रदेश २ को नामकरण विवाद सुल्झाउन सांसदहरु सक्रिय

जनकपुरधाम । जनकपुरधामलाई स्थायी राजधानी तोक्न दलहरुबीच सर्वसम्मति भएपछि प्रदेशको नामकरण विवाद सुल्झाउन प्रदेशका सांसदहरु सक्रिय भएका छन् । सत्तापक्ष र प्रतिपक्षी दल आ–आफ्नो अडानमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)