Thursday, May 6, 2021
Home भर्खरै विवादका बीच कांग्रेसद्वारा प्रधानमन्त्रीको राजीनामा माग

विवादका बीच कांग्रेसद्वारा प्रधानमन्त्रीको राजीनामा माग

महाधिवेशन कार्यतालिका संसोधन

महेश्वर गौतम,

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । शुक्रबार राति अबेर बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीबाट ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा अन्य दलसहितको गठबन्धन बनाएर सरकार गठनको पहल गर्ने निर्णय गरेको हो ।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र नयाँ सरकारका लागि ओलीको विकल्प दिन आफ्नै नेतृत्वमा पहल गर्ने निर्णय गरेको जानकारी दिए ।

‘बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने निर्णय गरेको छ, प्रधानमन्त्रीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार बनाउनेगरी पहल गर्ने निर्णय कांग्रेस बैठकले गरेको हो,’ कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य पौडेलले राजधानीसँग भने ।

शुक्रबार दिउसो २ बजेका लागि बोलाइएको बैठक एजेन्डामा सहमति जजुटेपछि राति ८ बजेपछि सुरु भएको थियो । बैठकको एजेन्डामा सरकारको विकल्प खोज्नेबारे विषय समावेश नभएपछि कांग्रेसभित्र विवाद देखिएको थियो ।

सरकारको विकल्प खोज्नुपर्ने विषयलाई एजेन्डा बनाउनुपर्ने कांग्रेसभित्रको वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहको अडानपछि सभापति शेरबहादुर देउवासहितका नेता शीर्ष तहमा छलफलमा बसेका थिए ।

शीर्ष तहको छलफलबाट प्रधानमन्त्री ओलीको राजीनामा माग्ने विषय बैठकको एजेन्डा बनाउने सहमति भएपछि कांग्रेसले केन्द्रीय समिति बैठकमा सो प्रस्ताव लगेर निर्णय गरेको हो ।

महाधिवेशन कार्यतालिका संसोधन
कांग्रेस केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाउने समयसमेत थप गरेको छ । नयाँ तथा पुराना क्रियाशील सदस्यको विवरण गत १० चैतसम्म केन्द्रमा बुझाउन कांग्रेसले समय तोकेको थियो । तर, शुक्रबारको बैठकले सो समय चैत महिनाभित्रलाई थप गर्ने निर्णय गरेको हो ।

कांग्रेस पार्टी कार्यालयका अनुसार हालसम्म ६८ जिल्लाले मात्रै कांग्रेसले तयार गरेको अनलाइन प्रविधिमा सदस्यतासम्बन्धी विवरण पठाउन सुरु गरेका छन् । अझै नौ जिल्लाले सदस्यताको विवरण नै पठाउन सुरु गरिसकेका छैनन् । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार हालसम्म करिब ५ लाख नयाँ तथा पुराना सदस्यको विवरण अनलाइन प्रणालीमा इन्ट्री भइसकेको छ ।

शुक्रबारको बैठकमा कार्यतालिका हेरफेरसम्बन्धी प्रस्ताव महामन्त्री पूर्णबहादुर खड्काले पेस गरेका थिए । यस्तै, बैठकमा अन्य पार्टीबाट कांग्रेसमा आएका नेता कार्यकर्ताको समायोजनका विषयलाई समेत अन्तिम रूप दिने विषयमा सहमति जुटेको छ । सोसम्बन्धी प्रस्ताव बैठकमा उपसभापति विमलेन्द्र निधिले लगेका थिए ।

जसअनुसार सहमहामन्त्री सुनिल थापा समूहलाई ४८ जिल्लामा १० हजार ५ सय १८ जनालाई क्रियाशील सदस्यता दिने निर्णय भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट थापा गत भदौमा कांग्रेस प्रवेश गरेका थिए ।

(Visited 238 times, 1 visits today)
Loading comments...

आजको समाचार

पहिलो प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवन रक्षा

पछिल्ला दिनमा कोभिड १९ को दोस्रो चरणको प्रकोपबाट लघु घरेलु तथा साना उद्योगहरु बढी प्रभावित भइरहँदा पनि आपूर्ति व्यवस्थालाई सूचारु कायम राख्न हाम्रा उद्यमीहरुले...

सुदूरपश्चिममा मृत्युदर भयावहः मृत्यु हुनेमा युवाको संख्या बढी

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सोमबर ३० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भयो । सामान्य ज्वरोपछि साताअघि उनी अस्पताल भर्ना भएकी थिइन्...

देउवाले ओलीलाई भने ‘हामी तपाइलाई विश्वासको मत दिन सक्दैनौं’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसकिने बताएका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत...

ह्वाटमोर श्रीलंका प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक देभ ह्वाटमोर मंगलबार श्रीलंका प्रस्थान गरेका छन् । दोस्रो लहरको कोरोना महामारीले क्रिकेट गतिविधि ठप्प भएपछि...

स्वास्थ्यमा समस्या भएपछि चैनपुरका मेयरलाई हेलिकप्टर मार्फत काठमाण्डौ लगियो

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाका मेयर भरत खत्रीलाई स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टर चार्टर गरेर काठमाण्डौं लगिएको छ । बुधबार स्वास्थ्यमा समस्या देखिएपछि चैनपुरका मेयर...

साताका लोकप्रिय समाचार

छैटौं भूकम्पको सम्झना र पुनःस्थापना

झन्डै ८६ वर्ष पहिले १९९० सालअघि नेपालमा गएको महाभूकम्पको चर्चा अहिलेसम्म पनि उत्तिकै छ । देशमा त्यतिबेला भूकम्प रेकर्ड गर्ने प्रविधि भित्रिएको थिएन ।...

नेपाल प्रवेश गर्ने नाकामा एन्टिजेन किटको अभाव

धनगढी। भारतमा देखिएको कोरोना कहरका कारण रोजगारीको सिलसिलामा त्यहाँ रहेका नेपालीहरु यतिबेला धमाधम घर फर्किरहेका छन् । भारतबाट नेपाल प्रवेश सुदूरपश्चिम प्रदेशका नाकाबाट फर्किने...

गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख पदमुक्त

 काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् । उनले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी...

पर्सामा आज एकै दिन १६९ सङ्क्रमित भेटिए

बीरगञ्ज ।  पर्सामा आज एकै दिन १६९ जना कोरोना सङ्क्रमित फेला परेका छन् । वीरगञ्जको नारायणी अस्पतालमा २८८ जनाको स्वाबको नमूना परीक्षण गर्दा आज...

विद्युत् नियमन आयोगले सेयर बजारलाई नियमन गर्दै

काठमाडौं । विद्युत् नियमन आयोगले सेयर बजारलाई नियमन गर्ने निर्देशिका जारी गर्न लागेको छ । आयोगले विद्युत्सम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृतिसम्बन्धी निर्देशिका, २०७६...

ट्रेन्डिङ

गोर्खा ब्वाइज क्वार्टरफाइनलमा

धनगढी । कप्तान मोहन थापा पेनाल्टीमा चुक्दा सुनौलो संगम क्लब धनगढीमा जारी चौथो नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको पहिलो चरणबाटै बाहिरिएको छ...

काँग्रेसकाे नेतृत्वमा मंसिरमा चुनाव गर्नुपर्छ : कोइराला

पाेखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताएका छन् ।...

चीनमा कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या २ हजार ११८ पुग्यो

बेइजिङ । कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार ११८ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले बिहीबार जनाएका छन् । गत वर्षको अन्त्यमा...

निर्वाचन आयोगले माधव नेपाल चिन्दैन : सञ्चारमन्त्री

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई नै निर्वाचन आयोगले आधिकारिता...

यकिन गरिँदै हडपिएका जग्गा

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले संघीय राजधानी काठमाडौंका विभिन्न ठाउँमा अतिक्रमित सरकारी जग्गाको नापजाँच गर्दै यकिन गर्ने तयारी थालेको छ । राजधानीका ४२ बढी...

नेपाली भूमि बचाउन सिमानामा बस्ती बसाउ : मन्त्री अर्याल

काठमाडौं, ४ चैत्र । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले नेपाली भूमि बचाउन सिमानामा बस्ती बसाउनुपर्ने बताउनुभएको छ । कैलाली, कञ्चनपुरको...

कोरोना भाइरसको जीन अध्ययन शुरु

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड १९) को अनुवंश (जीन सिक्वेन्सिङ) को अध्ययन शुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपाली वैज्ञानिक र...

भारतमा एकैदिनमा १३ हजारभन्दा बढी सङ्क्रमित

नयाँदिल्ली । भारतमा शुक्रबार एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएको विवरण सार्वजनिक भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट...

मेलम्ची बजारमा पहिरो : ८ जना कामदार पुरिए, एकको उद्धार

सिन्भुपाल्चोक । अविरल वर्षासँगै आएको पहिरोले मेलम्चीमा ८ कामदार पुरिएका छन् । सोमबार राति साढे २ बजेको समयमा मेलम्ची नगरपालिकाको वडा नम्बर ११ मेलम्ची...

आज ७२ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंबाट थपिए ३ जना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान जारी गरेको विज्ञप्तिअनुसार आज ७२ जना कोरोना संक्रमण पुष्टि भएको छ । आज काठमाडौंको टोखामा २...

सुरक्षा जोखिमबीच बडा दसैं

नेपालीहरूको महान् पर्व विजया दशमी नजिकिएको छ । सधैं उत्साह र उमंगका साथ आउने विजया दशमी यसपटक भने समस्याकै भूमरीबीच भित्रँदै छ । सुविधाभोगी...

भारतीय मिडिया मनिषा बुझ्दैन सन्नी लियोनी काफी छ

२०७७ जेठ ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भारतद्वारा अतिक्रमित भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय ग-यो । यो निर्णयपछि...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)