‘गर्छु नमस्कार’ भन्दै आइन् गायिका मैया

काठमाडौं । गायिका मैया खड्का र गायक तिलक बस्नेतले आफ्नै आवाजमा नयाँ गीत ‘गर्छु नमस्कार’ को भिडियो बजारमा ल्याएका छन् । यो गीतको म्युजिक भिडियोलाई उनले बले इन्टरटेन्मेन्टबाट सार्वजनिक गरेको हो ।

यो गीतमा गायक एंव संगीतकार तिलक बस्नेतको शब्द संगीत र स्वर रहेको छ । गायिका मैया खड्काले पनि यो गीत गाएकी छन् । ‘गीतमा हामीले सकेसम्म मेहनत गरेका छांै । दर्शकको प्रतिक्रिया राम्रो आउँछ भन्ने विश्वास छ,’ गायिका खडकाले भनिन् ।

यो गीतको भिडियोमा हरिश निरौला ‘साङ्लो बोरो,’ उषा उप्रेती, कमलमणि नेपाल, युगज्योति क्रियाशील, बिना राउत, प्रकाश बस्नेतलगायतको अभिनय रहेको छ । म्युजिक भिडियोको छायांकन उत्सव दाहालको रहेको छ भने सम्पादन नवीन निरौलाले र निर्देशन तथा कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 164 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगार व्यवसायी संघमा खत्री निर्वाचित