Thursday, May 6, 2021
Home बिचार पूरा भएको मेलम्ची सपना

पूरा भएको मेलम्ची सपना

,

सपनाका कुराझैं लाग्ने सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौं उपत्यकामा आइपुगेपछि काकाकुल अवस्थामा रहेको काठमाडौं सहर अबका केही वर्षसम्म त्यो समस्याबाट मुक्त रहने अपेक्षा गरिएको छ । यसका लागि केपी शर्मा ओली नेतृत्वको सरकार धन्यवादको पात्र छ । यस गौरवपूर्ण समयमा मेलम्ची योजना बुन्ने तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पनि सम्झनुपर्छ ।

मेलम्ची आएसँगै पर्याप्त त भन्न सकिँदैन तर आवश्यक पानी काठमाडौंवासीले पाउनेछन् । दुई दशकको अथक प्रयासपछि औपचारिक रूपमा उपत्यकाभित्र मेलम्चीको पानी वितरण सुरु भएको छ । वितरण प्रभावकारी हुन्छ कि हुँदैन भनी यसको परीक्षण सुरुङ, सुन्दरीजल पानी प्रशोधन केन्द्र र चक्रपथमा बिछ्याइएको थोक वितरण पाइपलाइनमा सफलतापूर्वक गरिएपछि सहरका टोलटोलमा निर्मित धारामा पानी पुग्दा स्थानीय जनता खुसी भएका छन् । वास्तवमा पानी जीवन हो । नेपालमा प्रजातन्त्रको पुनस्र्थापनापश्चात् सरकारले सफलताका साथ सम्पन्न गरेका राष्ट्रिय गौरवका आयोजनामा मेलम्ची सायद अग्रपंक्तिमा पर्छ । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको परिकल्पनामा सुरु भएको मेलम्ची खानेपानी आयोजना वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा सम्पन्न हुन पुगेको छ । समयावधिका हिसाबले मेलम्चीको पानी कथा मात्र त बन्दैन भन्ने आशंका पनि जनतामाझ नछाएको होइन तर ढिलै भए पनि यो आयोजना सफल भएकोमा जनता निकै खुसी छन् । पछिल्लो समयमा सरकारले लिएका प्रभावकारी विकास योजनाका कारण मेलम्चीजस्ता अन्य महत्वपूर्ण आयोजनासमेत धमाधम सम्पन्न भइरहेका छन् । यो पनि सारा नेपालीको लागि खुसीको कुरा हो ।

सुरुमा काठमाडौंका जनताका घरघरमा पुग्ने दाबी गरिए पनि वितरण प्रणाली वैज्ञानिक हुन नसकेर हो वा पानीको मात्रा नै कमी भएर हो पानी जनताका घरघरमा पुग्न सकिरहेको छैन । सुरुका दिनमा टोलमा एउटा धारो नियमित रूपमा दिए पनि खानेपानीको समस्या समाधान हुने थियो । तर, त्यसो पनि हुन सकिरहेको छैन । वितरण प्रणालीलाई सुव्यवस्थित बनाउन सकियो भने मेलम्चीको पानीको गौरव अझै बढ्न सक्छ । यसका लागि कुन कुन ठाउँमा कति समयमा पानी वितरण हुँदै छ, त्यसको जानकारी गराउनुपर्छ ।

। कम्तीमा जनताका लागि सूचनाको हक र सरकारका लागि कामकारबाहीको तालिका दुवैका लागि फाइदाजनक नै छन् । अभियानका रूपमा यसलाई अघि बढाएमा थप उत्साह पनि ल्याउने र जनता अन्योलतामा पनि नहुने वातावरण सिर्जना हुने थियो । नेपालका सेवासुविधा सबै बिचौलियाका हातमा रहेका बेला सरकारले राष्ट्रिय गौरवका आयोजनाका रूपमा काठमाडौंमा भित्र्याएको पानीमाथि बिचौलियाको हात नपरोस् । यसका लागि समयमै सतर्कता अपनाइनु जरुरी छ ।

राजधानी सहरको जनसंख्या आफंैमा सापेक्षिक सेवासुविधामा रहेमा यसले देशको विकासमा थप टेवा पुग्दछ । नेपालजस्तो अल्पविकसित देशमा हुने गरेको विकासको इन्डिकेटरमध्ये राजधानी कस्तो छ भन्ने कुराले ठूलो महत्व राख्दछ । यसमा पहिलो कुरा त सफा र स्वच्छ पिउने पानी नै हो । दोस्रो सरसफाइ हो । तेस्रो कुरा कृषि तथा औद्योगिक विकासमा पानीको आपूर्ति पनि हो । पानी जत्ति मात्रामा आपूर्ति गर्न सकिन्छ, त्यसले दिने प्रतिफल गुणात्मक रूपमा प्राप्त हुन्छ । त्यसैले, काठमाडौंमा भित्र्याइएको पानीको उचित वितरणमा विशेष ध्यान दिनुपर्छ ।

(Visited 76 times, 1 visits today)
Loading comments...

आजको समाचार

देवघाटमा दोब्बर शव

चितवन । देशैभर कोरोनाको सङ्क्रमण बढिरहेको बेला पवित्र तीर्थस्थल देवघाटधाममा अन्तिम संस्कारका लागि ल्यााउने शवको सङ्ख्या दोब्बरभन्दा बढी भएको छ । सङ्क्रमितको शव बागेश्वरीमा...

इटहरी प्रवेश गर्नेलाई सीमाबाटै फर्काइयो सुनसरीमा कडा बनाउदै लकडाउन

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबारदेखि लागू हुनेगरी ३१ गतेसम्म पूर्णरुपमा लकडाउन गरेपछि इटहरीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी...

बालिकालाई पेट्रोल छर्केर आगो लगाउने दुईजना पक्राउ

बाजुरा । १४ वर्षीया बालिकामाथि पेट्रोल छर्केर आगो लगाउने दुईजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १९ गते राति गाउँमा बिहे भइरहेको समयमा...

गम्भीर संवैधानिक मुद्दा सुनुवाइ प्रभावित

काठमाडौं । सर्वोच्च अदालतले कोभिड—१९ दोस्रो लहर फैलिएपछि गत १५ वैशाखदेखि मसान्तसम्म बन्दीप्रत्यक्षीकरण र कोरोना भाइरससँग जोडिएका मुद्दा हेर्ने निर्णय गरेको छ । अदालतले अन्य...

सीपसँग टाढिँदै गएको शिक्षा

शिक्षा मानवको समग्र विकासको मेरुदण्ड भएकाले यसको सर्वसुलभता हरेक राज्यले जोड दिएको हुन्छ । हाम्रो सन्दर्भमा शिक्षा नीति पनि समयअनुसार परिवर्तन हँुदै आएको छ...

साताका लोकप्रिय समाचार

भोजपुरका सबै पालिकामा सुरु भयो ‘भूमिसम्बन्धी आयोगको काम’

भोजपुर । सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोगले भोजपुरका सबै स्थानीय तहमा काम थालनी गरेको छ । भूमिहिन दलित, भूमिहित सुकुम्बासी र...

सरकारको निर्देशन मान्दैनन् इटहरीका निजी विद्यालय, विद्यार्थीकाे घरमै परीक्षा

इटहरी । सरकारले सबै पठनपाठन तथा सञ्चालन भइरहेका परीक्षाहरु समेत तत्कालका लागि स्थगित गर्न निर्देशन दिएपनि इटहरीका निजी विद्यालयले भने अटेर गरेको पाइएको छ...

४१ जिल्लामा लकडाउन

काठमाडौं । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सरकारले ७७ मध्ये ४१ जिल्लामा निषेधाज्ञा जारी गरेको छ । गत १६ वैशाखबाट निषेधाज्ञा सुरु गरेकोमा आइतबार...

मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त

वुटवल ।  लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम आइतबार...

कोरोना संक्रमणबाट सहकारीकर्मी जोशीको मृत्यु

खोटाङ । कोरोनाभाईरस संक्रमणका कारण खोटाङका एक युवाको मृत्यु भएको छ । जिल्ला सहकारी संघ खोटाङका अध्यक्ष समेत रहेका अनिल जोशीको ४४ वर्षको उमेरमा...

ट्रेन्डिङ

चार मन्त्रीको सांसद पद खारेज

काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्रीको सांसद पद खारेज भएको छ । प्रतिनिधिसभा सदस्यहरु अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४...

आयोजक फाइनलमा

धनगढी । आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लब पहिलोपटक नेपाल आईस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप फुटब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धनगढी...

जिल्ला अस्पताल दार्चुलामा आइसोलेसन कक्ष

दार्चुला। जिल्ला अस्पताल दार्चुलामा दुई बेडको आइसोलेसन कक्ष स्थापना गरिएको छ । कोरोनाको विश्वव्यापी संक्रमण बढिरहेका बेला शंकास्पद लक्षण भएका बिरामीका लागि आइसोलेसन कक्ष...

१० महिना पछि खुल्यो खेलकुदको ताला

सप्तरी । जिल्ला खेलकुद विकास समिति कार्यालय सप्तरीको ताला १० महिनापछि विहिबार खुलेको छ । जेठको पहिलो साता...

नेफ्टा अवार्ड रोकियो

काठमाडौं । चैत २२ मा आयोजना हुने भनिएको १०औं नेफ्टा फिल्म अवार्डसँगै अवार्डको मनोनयन स्थगित गरिएको छ । आयोजक नेपाल चलचित्र प्राविधिक संघले शनिबार...

आजदेखी धरानमा पनि कोरोना भाईरसको परीक्षण हुने

मोरङ । सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि आइतबार (आज) देखि कोरोना भाइरस (कोभिड-१९) को परिक्षण हुने भएको छ...

कुटपिटबाट एक जनाको मृत्यु

उदयपुर, २९ फागुन । कुटपिटबाट उदयपुरमा बिहिबार एक जनाको मृत्यु भएको छ । फागुन २२ गते दाजु अनिल राउतको विवाह भोजमा आपसी विवाद हुँदा...

बलात्कृत किशोरीलाई उजुरी दिन राेक्ने पक्राउ

सप्तरी, राजविराज । बलात्कारीलाई कारवाहीका लागि कानूनी उपचारमा जानबाट किशोरीलाई रोक्ने सत्यनारायण मण्डल, बासुदेव मण्डल र जयकान्त मण्डललाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको...

ठाकुरबाबाको बजेट ६२ करोड २ लाख

बर्दिया । ठाकुरबाबा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ६२ करोड २ लाख ५२ हजार ९ सय ८८ रुपौँयाको बजेट सार्वजनिक गरेको छ...

दलीय सहकार्य नै आजको आवश्यकता

संसद् पुनस्र्थापना तथा दलदाबी विवाद हल भएपछि पनि संसद्मा गतिरोधको अवस्था कायम भइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि देशले...

श्रीमानको हत्या अभियोगमा पुरुष मित्रसहित कौशिलादेवी पक्राउ

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा श्रीमतीसहित उनका एक पुरुष मित्रलाई प्रहरीले पक्राउ गरेको छ । धनुषा शहिदनगर नगरपालिका– ३...

कोरोनाबाट आमा गुमाएको शिशुलाई खतिवडाको ५१ हजार सहयोग

काठमाडौं । कोरोनाबाट पहिलो पटक नेपालमा ज्यान गुमाएकी सिन्धुपाल्चोककी एक महिलाको शिशुका लागि अमेरिकामा बस्दै आएका नेपाली युवा दिनेश खतिवडाले ५१ हजार १ सय...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)