Tuesday, June 22, 2021
Home Editor-Picks अंकगणितमै अलमलिँदै कांग्रेसः देउवाभन्दा पौडेल सक्रिय

अंकगणितमै अलमलिँदै कांग्रेसः देउवाभन्दा पौडेल सक्रिय

महेश्वर गौतम,

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफ्नै नेतृत्वमा सरकार बनाउन अंकगणितको जोडघटाउमा लागेको छ । कांग्रेसले सरकार गठनका लागि आवश्यक पर्ने अंकगणितको जोडघटाउमा आफूलाई कसरी बलियो बनाउने भन्नेतर्फ छलफललाई अनौपचारिक रूपमा अघि बढाएको हो । कांग्रेसको २० चैतमा बसेको केन्द्रीय समिति बैठकमार्फत प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास गर्ने निर्णय गरेको थियो ।

सरकार गठनका लागि आवश्यक पर्ने सांसदको संख्याका विषयमा सुनिश्चतता नहुँदा नयाँ परिस्थितिमा कसरी अघि बढ्ने भन्नेमा कांग्रेस अलमलमा छ । यसैकारण सभापति शेरबहादुर देउवाले अझै प्रस्ट रूपमा मुख खोलिसकेका छैनन् । तर, देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार सरकार गठनका विषयमा अनौपचारिक संवाद भने भएको थियो ।

यस्तै, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सरकार गठनका लागि संसदमा रहेका दलहरूसँगको छलफलमा सक्रियताका साथ जुटिरहेका छन् । उनले आइतबार जसपाका अध्यक्ष महन्थ ठाकुरलाई उनकै निवास भैंसेपाटी पुगेर भेट गरेका हुन् । सो भेटमा पौडेलले नयाँ सरकारका लागि कांग्रेसलाई सहयोग गर्न नेता ठाकुरसँग आग्रह गरे ।

‘अलोकतान्त्रिक कदम चाल्ने नेतृत्वलाई साथ दिने कि विकल्प खोज्ने भन्ने नेता पौडेलको प्रश्न थियो, उहाँले लोकतन्त्रको रक्षाका लागि पनि एक हुनुपर्नेमा ठाकुरसँग आग्रह गर्नुभयो,’ पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले राजधानीसँग भने ।

पौडेलले सो भेटमा जसपाका मागबारे सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग संवाद गरेर संयुक्त रूपमा समाधान खोज्दै अघि बढ्नसमेत नेता ठाकुरलाई प्रस्ताव गरेका छन् । पौडेलको सो प्रस्तावपछि जवाफमा ठाकुरले भने आफ्नो दलले राखेका माग सम्बोधन गर्ने समूहलाई नै साथ दिने जवाफ दिएका थिए ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा सरकार गठन गर्न कांग्रेसलाई अंकगणितमा जसपाको साथ आवश्यक पर्छ । त्यसका लागि पहिले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको प्रक्रियामा अघि बढ्नुपर्ने र त्यसपछि प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत लिने वातावरण भने बन्नैपर्छ ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशरण महत नयाँ सरकार गठनका लागि संसद्मा संख्या सुनिश्चितता गर्नु कांग्रेसका लागि पहिलो आवश्यकता रहेको बताउँछन् । ‘नयाँ सरकार गठनका लागि संसद्मा संख्या सुनिश्चितता गर्नुपर्छ, संख्या सुनिश्चित भएपछि सरकार गठन गर्न सकिन्छ,’ कांग्रेस सहमहामन्त्री महतले भने ।

प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद रहेकामा दुई जना निलम्बनमा छन । संसद्मा माओवादी केन्द्रका ५३ र जसपाका ३३ सांसद छन् । माओवादीतर्फका केही सांसद भने सरकारमा मन्त्री छन् । नेकपा एमालेका मात्रै संसद्मा १ सय २१ सांसद छन् । यस्तै, राप्रपा, जनमोर्चा र नेमकिपाका एक–एक जना सांसद छन् ।

जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव भने नयाँ सरकार बनाउन अग्रसरता लिने निर्णय गरेकोमा कांग्रेसलाई धन्यवाद दिइसकेका छन् ।

(Visited 170 times, 1 visits today)
Loading comments...

आजको समाचार

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना एसएसपीको सरुवा भएको छ ।गृहमन्त्री खगराज अधिकारीले सोमबार १६ डीआईजी र...

नेताहरू कुर्सीको खेलमा, जनता प्राकृतिक विपदमा

आजकाल दलबीच राजनीतिक प्रतिस्पर्धाका नाममा संस्थापन पक्षविरुद्ध प्रतिपक्ष शक्तिबीच अपवित्र गठबन्धन कायम गर्दै संस्थापन पक्षलाई क्रमशः एक्लो पार्ने, बदनाम गर्ने र अन्त्यमा पराजित गरी...

देउवालाई रोक्न दौडधुप

  काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् । सभापति शेरबहादुर...

डेम्बेलेले युरो गुमाउने

पेरिस । फ्रान्सेली फरवार्ड औसमाने डेम्बेले युरोकपको बाँकी खेल गुमाउने भएका छन् । शनिबार राति हंगेरीसँग १–१ गोलको बराबरी खेल्दा डेम्बेलेले चोट बोकेका थिए...

साताका लोकप्रिय समाचार

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

रेडक्रसद्वारा गोदावरीलाई स्वास्थ्य सामग्री सहयोग

ललितपुर । नेपाल रेडक्रस सोसाइटी ललितपुर शाखाले गोदावरी नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । विश्व महामारी कोरोना संक्रमितको उपचारमा थप सहयोगका लागि बिहीबार...

चीनमा नदी थुनिएर ताल बन्याे, तामाकोशीमा बाढी आउने खतरा !

  दोलखा । चीनको स्वशासित क्षेत्र तिव्वतमा भारी बर्षापछि आएको पहिरोका कारण थुनिएको नदीको पानी कटान सुरु भएको छ । चिनियाँ नागरिकले चारैतिरबाट पानी कटाउन...

देउवा भन्छन्, फेरि सभापतिमा उठ्छु, निधिले भने ‘मलाई सघाउनुस्’

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी भदौमा हुने १४औं महाधिवेशनमा फेरि एकपटक आफू सभापतिमा उठ्ने बताएका छन् । सभापति देउवाले शनिबार प्रदेश...

ट्रेन्डिङ

माउथ मास्कको आवश्यकता र प्रभावकारिता

डा. प्रकाश बुढाथोकी कोरोना महामारीअघि काठमाडौंमा धुलो, धु“वाबाट जोगिन हरेक १० मा तीनले मास्क लगाउने गर्दथे । कोरोनाको उच्चतम संक्रमणको आवस्थामा समेत जोगिने न्यूनतम उपाय...

कुटपिटबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी । गुल्मीको इस्मामा कुटपिटबाट एक जनाको मृत्यु भएको । इस्मा गाउँपालिका वडा नं २ हस्तिचौर घर भई वडा नं १ को छिनुवामा होटल...

ध्वजावाहक विमान जापान पुग्दा खुशी भए नेपाली

टोकियो । नेपाल वायु सेवा निगमको सूर्य र चन्द्रसहितको ध्वजावाहक विमान जापान पुग्दा नेपालीहरु निकै हर्षित भएका छन् । काठमाडौंँ–नारिता उडानका लागि सोमबार बिहान...

जबरजस्ती करणी गर्ने दुई जना पक्राउ

इटहरी । जबरजस्ती करणी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी ५ मा एक महिलालाई जबरजस्ती करणी गरी रकम समेत लुटपाट गरेको...

विराटनगर महानगरमा ५ दिने निषेधाज्ञा जारी

मोरङ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विराटनगरमा शुक्रबार मध्येरातिदेखि निषेधाज्ञा जारी भएको छ । महानगरमा लकडाउन हुँदै गर्दा पनि हरेक दिन कोरोना...

दिल्ली क्यापिटल्सको लगातार दोस्रो जीत

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले लगातार दोस्रो जीत निकालेको छ । गएराति सम्पन्न खेलमा दिल्लीले चेन्नाइ सुपर किङ्सलाई ४४ रनले...

जनकपुरधाममा दश वर्षीया बालिकालाई बन्धक बनाई करणी गर्ने पक्राउ

जनकपुरधाम उपमहानगरपालिका–७ को भ्रमरपुरा चोकमा डेरा गरी बस्ने १० वर्षीया एक बालिकालाई बन्धक बनाई करणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय...

कोरोना संक्रमणले बेलायतमा ८ आप्रवासी डाक्टरको मृत्यु

लन्डन । कोरोना भाइरस (कोविड १९) ले बेलायतमा ८ जना चिकित्सकको ज्यान लिइसकेको छ । उनीहरु सबै आप्रवासी भएको न्योर्कटाइम्सले जनाएको छ । ज्यान गुमाउनेहरुमा...

कृषि केन्द्रले दियो तीन जिल्लाका २८५ किसानलाई अनुदान

  काठमाडौँ । बागमती प्रदेशको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि ज्ञान केन्द्रले कृषिक्षेत्रको प्रबद्र्धन गर्न २ सय ८५ कृषकलाई अनुदान दिएको छ...

एकै दिन ११४ जनामा देखियो कोरोना संक्रमण, ८८६ पुगे संक्रमित

काठमाडौं । बुधबार विभिन्न स्थानमा गरिको स्वास्थ्यपरिक्षणमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सो...

सुनसान काठमाडौं उपत्यका

काठमाडौं । विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले लकडाउन गरेसँगै काठमाडौं उपत्यका सुनसान बन्दै गएको छ । ...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)