Monday, May 17, 2021
Home बिचार संघीयता सुदृढीकरणका लागि सार्थक पहल

संघीयता सुदृढीकरणका लागि सार्थक पहल

राजधानी समाचारदाता,

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय शासन प्रणालीको चुनौती समाधानका लागि १० वर्षीय रणनीतिक योजना निर्माणको गृहकार्य थालेर निकै सकारात्मक कार्य गरेको छ ।

दशकौंदेखि कुरिरहेको मेलम्चीको खानेपानी काठमाडौंमा आएको सुखद अवसरसँगै ल्याउन लागिएको १० वर्षीय रणनीतिक योजनाले जनतामा थप आशा सिर्जना गरेको छ । यो रणनीतिक योजनाको उद्देश्य भनेको हालसम्म भएगरेका विकास निर्माणका लाभहरू एकीकृत रूपमा जनताका घरदैलोसम्म पु¥याउने रहेको छ । यसै उद्देश्यअनुरूप यसको खाका र कार्यक्रम तय गरिएको छ । देशमा हाल सम्भव भएका स्थानबाट सुरु गरी देशका कुनाकुनामा रहेका जनताका आगनमा यसको लाभ वा सेवासुविधा पु¥याइने भएको छ । हाल मन्त्रालयले यसका लागि स्पष्ट रणनीतिक योजनाको खाका, दीर्घकालीन सोच, रणनीति तथा कार्यनीति चरण तथा ती चरण पूरा गर्न उपयुक्त क्रियाकलापसमेत निर्धारण गरिसकेको छ । सुरुका चरणमा मन्त्रालयले संघीय शासन प्रणालीका सबल र दुर्बल पक्षको अध्ययन र अनुसन्धान गर्दै नेपाली विशिष्टतामा यसको सापेक्षिक कार्यान्वयनमा जोड दिएको देखिन्छ । यो नेपालमा भर्खरै मात्र कार्यान्वयनमा गएको संघीय व्यवस्थाका लागि उत्तम उपाय र सोच पनि हो ।

हामीकहाँ नयाँ सपना, योजना र खाका त ल्याइने तर त्यसका बारेमा विविधखाले बुझाइ रहने हुनाले कार्यान्वयनमा निकै ठूला बाधा व्यवधान उत्पन्न हुने गर्छ । हाल नेपालमा पनि यस्तै चुनौतीका रूपमा खडा भएका संघीयतासम्बन्धी बुझाइ र कार्यान्वयनमा देखिएका समस्या समाधानमा एकैखाले धारणा बनाउन मन्त्रालयले लिएको पहल निकै अग्रगामी र निर्देशक प्रकृतिको छ । यसले बुझाइमा एकरूपता ल्याउन सकेछ भने संघीय शासन प्रणालीलाई सन्तुलित, मितव्ययी, पारदर्शी, जवाफदेही र सदाचारी बनाउन ठूलो मद्दत मिल्ने देखिएको छ । यसमा राज्यका अन्तरसम्बन्धित निकाय, विभाग तथा संघसंसथाबीच एकीकृत पहल जारी राखिनेछ ।

संघीय मामिला तथा सामान्य प्रशासनसम्बन्धी मामिलामा अन्तरसरकार सम्बन्ध, वित्तीय संघीयता र आत्मनिर्भर स्थानीय तह, क्षमतावान् स्थानीय तह, संघीय एकाइबीच अधिकार, जिम्मेवारी र उत्तरदायित्वको स्पष्टता, संघीय संरचनामा लोकतन्त्रको लाभको समन्यायिक वितरण, सार्वजनिक प्रशासनमा नागरिकको स्थानलगायतका कुरामा सजीव अन्तत्र्रिmयात्मक र अन्तरसमन्वयात्मकतामा जोड दिइनेछ । यसको एक मात्र लक्ष्य र उद्देश्य भनेको सबल संघीयताको परिकल्पनालाई साकार पार्नु रहेको देखिन्छ ।

मन्त्रालयले तयार पारेको सुुस्पष्ट मार्गचित्र, त्यसअनुरूपको रणनीतिक योजनाले यही कुरालाई स्पष्ट पार्छ । यसअन्तर्गत संघीयता कार्यान्वयन सहजीकरण र सार्वजनिक सेवामा मानव संसाधन व्यवस्थापनको सुनिश्चिततालाई उत्तिकै जोड दिइएको छ । यसबाट स्थानीय पूर्वाधार विकासमा सहजीकरण हुनुका साथै सेवाप्रवाह र सुशासनमा बल पुग्ने देखिएको छ ।

निर्मित अवधारणा, नीति, योजना र कार्यक्रम जतिसुकै राम्रा भए पनि यसको युक्तियुक्त कार्यान्वयनका लागि दक्ष जनशक्तिको पहिचान, त्यसको उचित व्यवस्थापन र निरन्तर निर्देशन, अनुगमन, मूल्यांकन तथा जनस्तरबाटै सुझाव र सल्लाह पनि उत्तिकै जरुरी छ । यसका लागि सक्षम स्थानीय तह, अन्तरसरकार समन्वय, सरल, सक्षम, उत्प्रेरित, प्रतिस्पर्धी व्यावसायिक कर्मचारीतन्त्र व्यवस्थापनमा जोड दिइनुपर्छ । यसले मात्र दिगो स्थानीय पूर्वाधार विकास, नागरिकमैत्री सेवाप्रवाह, अनुसन्धान र विकास, सुशासन तथा सामाजिक समावेशीकरणलाई उचित सम्बोधन र प्रवद्र्धन गर्नेछ ।

(Visited 73 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोना संक्रमणबाट उदयपुरका ४ जनाको मृत्यु

उदयपुर । उदयपुरमा आईतवार एकै दिन कोरोनाले ४ जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका– १० का ६३ वर्षिय खगेन्द्र मगरको बेल्टार कोभिड १९...

राष्ट्रिय सभा उपनिर्वाचनमा तीन उम्मेदवार, ३ सय ४७ मतदाता

काठमाडौं । बाग्मती प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि तय उपनिर्वाचनमा ३ सय ४८ मतदाता र तीन उम्मेदवार छन् । आगामी ६ जेठमा हुने...

ठोरी गाउँपालिकाले बनायो अक्सिजनसहितको आइसोलेसन

  ठोरी, पर्सा । पर्साको ठोरी गाउँपालिकाले अक्सिजनसहितको आइसोलेसन बनाएको छ । गाउँपालिकाले ठोरी-४ घ्याङ डाँडामा कोरोना संक्रमणमा परेका नागरिकहरुलाई लक्षित गर्दै २० बेडको अक्सिजनसहितको...

हो, मैले ओलीलाई भेटेँ, अझै पनि सहमतिको सरकार बनाउन सकिन्छ : बाबुराम

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको...

विवाद मिलाउन एमालेमा बन्याे १० जनाकाे कार्यदल

काठमाडौं । नेकपा (एमाले) भित्रको विवाद मिलाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच कार्यदल बनाउने सहमति भएको छ। आज...

साताका लोकप्रिय समाचार

कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अर्थले दिये ४ अर्ब रूपैयाँ

काठमाडौं । कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख...

बिग्रेको सडकमा कमजोर एम्बुलेन्स कुदाउदा बाटैमा मृत्यु हुन्छ संक्रमितको

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका ९ की ४५ बर्षिय महिलालाई उपचारका लागि पोेखरा लैजादै गर्दा एम्बुलेन्स भित्रै मृत्यु भयो । १० दिन देखि रुघाखोकी,...

पत्रकार महासंघले दियो अस्पताललाई २० सिलिन्डर अक्सिजन

गुल्मी । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीले तम्घास अस्पताललाई २० वटा अक्सिजनका सिलिन्डर प्रदान गरेको छ । शनिबार साँझ महासघंले अस्पतालका प्रमुख डाक्टर...

धनगढीको नेपाली सेनाको अस्पतालमा काेराेना संक्रमितको उपचार गरिने

धनगढी । धनगढीस्थित नेपाली सेनाको फिल्ड अस्पतालमा पनि कोरोना संक्रमितको उपचार गरिने भएको छ । सो अस्पताल नेपाली सेनाका परिवारजनलाई मात्रै सेवा दिने गरी...

ओली नेपाल वार्ता सकारात्मक, सांसदहरुले राजीनामा नदिने

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र पार्टी अध्यक्ष केपी शर्मा ओलीविचको संवाद सकारात्मक भएको छ । चार घण्टा चलेको वार्तापछि नेता...

ट्रेन्डिङ

चिनियाँ विशेष प्रतिनिधिमण्डल राजनीतिक भेटवार्तामा

काठमाडौं । हिजो आइतबार चार दिने नेपाल भ्रमणमा आएको चिनियाँ विशेष प्रतिनिधिमण्डल आज राजनीतिक भेटवार्तामा जुटेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टि (नेकपा) मा...

सुनसरीका २६० जना सञ्चारकर्मीको कोरोना बीमा

इटहरी । नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका २६० जना सञ्चारकर्मीको कोरोना बीमा गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार युनियन कार्यसमितिले...

कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा बस्दै

काठमाडौं । वर्तमान राजनीतिकको समीक्षा गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले निजी निवास बुढानीलकण्ठमा बैठक आह्वान गरेका हुन्...

बागलुङमा कोरोना सपथः ‘मलाई कोरोना लागे पनि अरुलाई सार्दिन’

बागलुङ । कोरोना संक्रमण रोकथामको लागि हरेक नागरिकलाई आफ्नो जिम्मेवारी बोध गराउन बागलुङमा ‘कोरोना महामारी, मेरो जिम्मेवारी’ विषयमा नागरिकलाई सपथ ग्रहण गराउन थालिएको छ...

बागलुङका एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

बागलुङ । बागलुङका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको स्वाव परीक्षणमा जैमिनी नगरपालिकामा कार्यरत ५२ वर्षिय स्वास्थ्यकर्मीसहित...

नागरिक स्टक डिलर कम्पनीलाई धितोपत्र कारोबार अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनी लिमिटेडलाई पनि धितोपत्र कारोबार गर्ने अनुमति दिएको छ । बोर्डले...

प्रदेशबाट देखिने देश

पोखरा । प्रधानमन्त्रीले केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणा गर्नु अदालतको भर्डिकअनुसार रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन्...

हल बन्दका कारण टेलिभिजनबाटै चलचित्र रिलिज

काठमाडौं । कोरोना संक्रमणका कारण निरन्तर लकडाउन जारी छ । नेपालका सिनेमा घरहरू कहिले खुल्छन् भन्ने टुंगो छैन । आफ्नो चलचित्र निर्माण सम्पन्न गरेर...

‘वरदान’मा दयाहाङ राई र नम्रता श्रेष्ठकाे अभिनय

 काठमाडाैं । दयाहाङ राई र नम्रता श्रेष्ठले 'वरदान' नामक सर्ट फिल्ममा अभिनय गरेका छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्मको छायांकन शनिबार...

थप २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि

 काठमाडाै । पछिल्लो २४ घण्टाको अवधिमा २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार १ सय १७ जनाको...

तस्करको निसाना सरकारी वन

काठमाडौं । सरकारले व्यवस्थापन गर्दै आएको राष्ट्रिय र साझेदारी वनमा लकडाउनको मौका पारेर काठ तथा वन्यजन्तुको तस्करी बढेको पाइएको छ । समुदायले व्यवस्थापन गरेका...

नेकपालाई शुभकामना

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता महाधिवेशन आगामी चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भदौ २६ गते सम्पन्न...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)