Tuesday, June 22, 2021
Home प्रदेश धनकुटामा एमालेको माधव–झलनाथ समूहले बनायो समानान्तर कमिटी

धनकुटामा एमालेको माधव–झलनाथ समूहले बनायो समानान्तर कमिटी

रबिन कटेल,

धनकुटा । नेकपा एमालेको माधव कुमार नेपाल–झलनाथ खनाल पक्षले धनकुटामा पार्टीको समानान्तर जिल्ला कमिटी निर्माण गरेको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला माधव–झलनाथ पक्षले अर्जुन राईलाई अध्यक्ष र खगेन्द्र सुवेदीलाई सचिव तोकेर एमालेको बेग्लै जिल्ला कमिटी निर्माण गरेको हो ।

नेकपा एमाले जिल्ला कमिटी धनकुटाको विस्तारित बैठक राखेर जिल्ला कमिटी पुर्नगठन गरी १०१ सदस्यीय जिल्ला कमिटी निर्माण गरिएको नेपाल–खनाल पक्षको दावी छ । बैठकमा एमालेका ४८ जना जिल्ला कमिटी सदस्य सहभागि भएको सो पक्षले दावी गरेको छ ।

बैठकले नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले केन्द्रिय पदाधिकारी र केन्द्रिय कमिटी विघटन गर्दै विधान विपरित काम गरेको ठहर गरी त्यसको भत्सना गरेको नव घोषित समितिका अध्यक्ष राईले जानकारी दिए । उनका अनुसार एमालेको विधान, नीति, विचार वमोजिम पार्टीलाई अगाडि बढाउँन प्रयत्नरत नेताहरुलाई उल्टै कारबाही गरिएको भनि प्रचार गरिएकाले त्यसलाई अस्वीकार गर्ने बैठकले निर्णय गरेको छ । त्यस्तै सर्वोच्च अदालतले पार्टी व्यूताउँने निर्णय कानूनी र राजनीतिको कोणबाटसमेत अप्राकृतिक रहेको ठहर गर्दै आगामी दिनमा वृहत बाम एकता गर्दै कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने निर्णय भएको राईले जानकारी दिए ।

राजेन्द्र राई अध्यक्ष रहेको एमाले जिल्ला कमिटी क्रियासिल रहेको अवस्थामा माधव–झलनाथ पक्षले बेग्लै जिल्ला कमिटी घोषणा गरेपछि अब धनकुटामा एमाले दुई भागमा बिभाजित भएको छ ।

(Visited 109 times, 1 visits today)
Loading comments...

आजको समाचार

कर्णालीका सांसद बर्खास्तविरुद्ध जारी अन्तरिम आदेश खारेज गर्ने ओलीको माग अस्वीकार

काठमाडौं । कर्णाली प्रदेशका नेकपा एमालेका चार सांसदलाई बर्खास्त नगर्न भनी दिएको अन्तरिम आदेश तत्काल खारेज गर्न सर्वोच्चले अस्वीकार गरेको छ। सर्वाेच्च अदालतले फ्लोर...

जैविक विविधतामा ध्यान देऊ

सर्वोच्च अदालतले जैविक विविधतामा ध्यान दिँदै सरकारले संरक्षित क्षेत्रमा जलविद्युत् निर्माण गर्न पाउनेगरी ल्याएको नयाँ निर्णय कार्यान्वय नगर्न नगराउन आदेश जारी गरेको छ ।...

काठमाडौँ उपत्यकामा आजदेखि निजी सवारीमा जोरबिजोर प्रणाली लागु

काठमाडाैं ।  काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर...

रोकथाममा के गर्दै छ सरकार ?

काठमाडौं । दैनिक संक्रमितको संख्या घट्दै गए पनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम यथावत् रहेको भन्दै सचेत रहन संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञहरूले...

स्याङ्जाका काफ्लेलाई क्यानाडाको उत्कृष्ट नागरिक सम्मान

क्यानडा । अन्टरियो प्रान्तभित्र रहेको ब्राम्टन शहरको सन २०२०/०२१ को उत्कृष्ट नागरिक छनोटमा स्याङ्जाका मित्र काफ्ले छनोट भएका छन । जुन १९ मा ब्र्याम्प्टन...

साताका लोकप्रिय समाचार

गण्डकीका मुख्यमन्त्री मनाङमा अड्किए

  पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टोली मनाङ सदरमुकाम चामेमा रोकिएको छ । मौसममा खराबी आएपछि टोली उद्धारमा खट्न सकेको छैन...

वर्षेनी बाढीको त्रासमा इटहरी गैरीगाउँका बासिन्दा

  इटहरी । झन्डै चार बर्षअघि विनासकारी बाढीबाट इटहरीमा एकै घरका तीन जनासहित दस जना बेपत्ता भए । जसमध्ये ८ जनाको शव भेटियो । दुईजना...

भ्रेमाथाङमा गएको पहिरोले हेलम्बुमा बाढी, खतरा टरेकाे छैन

  मेलम्ची । हेलम्बु–मेलम्ची उपत्यका ध्वस्त बनाउनेगरी असार १ गते मेलम्चीमा आएको बाढीबारे नयाँ तथ्य पत्ता लागेको छ। लाङटाङ राष्ट्रिय निकुञ्जमा अवस्थित हेलम्बुको भ्रेमाथाङमा गएको पहिरोले...

‘५४ दिनको निषेधाज्ञाले ४ खर्ब ३२ अर्बको क्षति’

काठमाडौं । निजी क्षेत्रका व्यवसायीले नयाँ भेरियन्टसहित तीव्र रूपले दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै सरकारले गत १६ वैशाखदेखि सोमबार ५४औं...

पलेसाले पाराओलम्पिक खेल्ने पक्का

काठमाडौं । नेपाली पारातेक्वान्दो खेलाडी पलेसा गोवर्धनले टोकियो पाराओलम्पिक गेम्स २०२० खेल्ने पक्का भएको छ । नेपाल तेक्वान्दो संघले विज्ञप्ति जारी गर्दै पलेसाले वाइल्डकार्डमार्फत...

ट्रेन्डिङ

कहिले बन्छ नयाँ नेपाल ?

यो मुलुकमा नयाँ नेपाल बनाउने नाममा पटकपटक राजनीतिक परिवर्तन भए । अहिले नयाँ नेपालको न्वारान गरेर देशलाई संघीय गणतन्त्रमा लगिएको छ । संघीयता हाम्रो...

काठमाडौं फर्कियो बाबरी युनिट

काठमाडौं । चलचित्र बाबरीको केही छायांकन भारतको सिक्किममा गर्ने तयारी हुँदै थियो । तर, नेपाल भारत सीमा बन्द गरेका कारण आफूहरू छायांकनका लागि सिक्किम...

शम्भुजितको गीतमा पुष्प र सुनिसाको प्रेम

काठमाडौं । वरिष्ट संगीतकार शम्भुजित बास्कोटा र गायिका मञ्जु थापाको युगल स्वरमा नयाँ गीत ‘पा¥यो माया जालैमा ...’ बजारमा आएको छ । बासकोटाले यो...

सर्वाधिक पुरस्कार राशिको स्नुकर हुँदै

काठमाडौं । बौद्धनाथ डेभलपमेन्ट कमिटी र बुद्ध तामाङ कल्याण गुठीको आयोजनामा प्रथम चक्र लामा÷किसन लामा स्मृति राष्ट्रव्यापी स्कुनर प्रतियोगिता २८ माघदेखि हुने भएको छ...

लकडाउनबीच ३७ वटा केस, ८१ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लकडाउनको अवधिमा ३७ वटा केसमा ८१ जनाविरुद्ध विशेष अदालतमा दर्ता गरेको छ । अकुत सम्पत्ति, घुस, नक्कली सर्टिफिकेट,...

सुदूरपश्चिमका थप ३१ जनामा कोरोना संक्रमण

धनगढी। सुदूरपश्चिममा बुधबार ३१ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ३१ जनामा कोभिड १९ पुष्टि भएको...

‘राष्ट्रपति कार्यालयले सांसदको निवेदन दर्ता गरेको भए मुलुकमा दुर्घटना हुन्थ्यो’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख राजनीतिक सल्लाहकार डा. लालबाबु यादवले राष्ट्रपति कार्यालयले संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै सत्तारुढ नेकपाकै ८३ जना सांसदहरुको...

संघीय सरकारले बोलाएको बैठकमा प्रदेश २ का मुख्यमन्त्री अनुपस्थित

जनकपुरधाम । कोरोनाको बिषयमा छलफल गर्न संघीय सरकारले सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई काठमाडौंमा बोलाएको बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत सहभागि भएनन् । कार्य...

धारा नेपालगन्ज म्याराथनको तयारी पूरा

नेपालगन्ज । छैटौ संस्करणको धारा नेपालगञ्ज म्याराथनको तयारी पूरा भएको आयोजकले जनाकारी गराएको छ । क्रिएटिभ ह्यान्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एन्ड इभेन्ट्सको...

सुजाताकाे प्रश्न : देउवा किन ओलीको पछि लाग्नु भाे ?

काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले संसद पुनःस्थापना विना चुनाव गर्न खोजे रक्तपात हुने बताएकी छिन् । रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले...

जनहितका पूर्वविद्यार्थीले गरे गुरुको सम्मान

काठमाडौं । ५० वर्षपछि भेट हुँदा उत्साह जाग्यो, विगतको दिनलाई फेहरिस्त नियालियो । वर्षौंदेखि बिर्सिसकेको कुरा पुनर्ताजगीकरण गर्न पाइयो पूर्व विद्यार्थी डा. राजेन्द्र शेरचनले...

प्रियंकाले स्वास्थ्यकर्मीलाई दिइन् ३० हजार जोर जुत्ता

मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला केही फरक रूपमा सहयोगमा उत्रिएकी छन् । यसभन्दा अघि प्रधानमन्त्री कोषमा आर्थिक सहयोग प्रदान गरिसकेकी अभिनेत्री प्रियंकाले...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)