बाघको आक्रमणबाट बर्दियामा गैंडा गणनामा खटिएका कर्मचारीको मृत्यु

बर्दियामा । बर्दियामा बाघको आक्रमणबाट गैंडा गणनामा खटिएका एकजना कर्मचारीको मृत्यु भएको छ । हात्तीसारमा कार्यरत ठाकुरबाबा नगरपालिका–९ का ३१ वर्षीय पुलिसराम चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

हात्तीका लागि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र घाँस काट्दै गरेको बेला पुलिसरामलाई आइतबार साँझ बाघले आक्रमण गरेको थियो । बाघले आक्रमण गरेको तीन घन्टापछि उनको शब भेटिएको थियो ।

बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन विष्णु प्रसाद श्रेष्ठका अनुसार चौधरी गैंडा गणनामा संलग्न हात्तीको साथ निकुञ्जमा घाँस काटदै गर्दा बाघको आक्रमणबाट मारिएका थिए । पछिल्लो समय बर्दियामा बाघको आक्रमण बढ्न थालेको छ । डेढ महिना अघि मात्रै मोटरसाइकलमा यात्रा गर्दै गरेकी एक महिलालाई बाघले आक्रमण गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको पन्ध्रौं मेयर को हाेला ? (यस्तो छ इतिहास)