बाबुनानीको असुरक्षा

कुनै बेला सन्त नेता भनेर चिनिने कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएको बेला उनीसँग कलेजका छात्राले महिला हिंसासम्बन्धी गुनासो राखेछन् । प्रतिउत्तरमा उनले हरेक महिलालाई नङ पाल्न र गोजीमा खुर्सानीको धुलो लिएर हिँड्न सुझाएका थिए । उनले उतिबेला आफ्नो सुरक्षा आफैं गर्नुपर्ने सन्देश दिँदा खुब आलोचना भएको थियो । गतवर्ष हाम्रा गृहमन्त्रीले पनि पुँजीवाद नै बलात्कारको मुख्य कारण हो भनी संसद्मा जवाफ दिएको कुरो अहिले पनि ताजै छ । विद्यालयमा हुने बलात्कारका ’boutमा शिक्षामन्त्रीको त प्रतिक्रिया नै सुनिँदैन । मानौ उनको प्राथमिकतामा यो विषय नै पर्दैन । मनोविद्काअनुसार बलात्कारका अनेक कारण हुन्छन् र तीमध्ये अनुकूल परिस्थिति र कामुक वातावरण पनि मुख्य कारण हो । साहित्यको श्रृंगार रसले त एकान्त बसाइ, जुनेली रातलाई समेत यौन उत्तेजक परिवेश ठान्दछ । विद्यालयले यस मामलामा सचेतता र निगरानी दुुवै अपनाउन जरुरी छ । तर, अधिकांश विद्यालय यसका लागि सुरक्षित छैनन् ।
आजकल बालिका बलात्कारका घटना छ्याप्छ्याप्ति आउन थालेका छन् । कैयांै ठाउँमा विद्यालय गएका नानीहरू शिक्षकबाटै हिंसाको सिकार बनेका घटना पनि छापामा पढ्न पाइन्छ । यो एकदमै दुःखद् तथा नकारात्मक पक्ष हो । आममहिलाका लागि थप चुनौती पनि हो ।

केही समयदेखि घटेका शृंखलाबद्ध घटनाले प्रहरीलाई समेत चकित पारेको छ । गृह प्रशासन संवेदनशील बनेको छ । कतिपयले प्रहरीको कमजोरीका कारण पनि यस्ता घटना घटेको दाबी गर्छन् । तर, शिक्षकबाट विद्यार्थी, बाबुबाट छोरी, धर्मगुरुबाट अनुुयायी बलात्कृत भएका छन् । आफन्तबाट नातेदार चेलीको सतित्व लुटिएको छ । यस्तो बेला प्रहरीलाई साक्षी राखेर घटना घटाइँदैन । बाबुु छोरीबीच अनैतिक सम्बन्धको कल्पना प्रहरीले मात्र होइन, जो कोहीले पनि गर्न सक्दैन । गुरुचेलीबीचको सम्बन्धलाई पनि शंकाको दृष्टिले हेरिने कुरा भएन । तर, भएको छ त्यस्तै । भनिन्छ ९० प्रतिशतभन्दा बढी बलात्कारका घटना घरको चार भित्ताबाटै घट्ने गरेका छन् । यसैकारण प्रहरी उच्चस्रोतले बाबुुले छोरीको बलात्कार गरेकोमा प्रहरीले पहिल्यै कसरी सुरक्षा गर्न सक्छ र ? भनेर प्रतिप्रश्न गरेको छ । कैलालीको घटनामा प्रहरी विवादमा मुछिएको साँचो हो, तर यसैको निहुँमा देशभरका प्रहरीमाथि सामान्यीकरण गरी अविश्वास गर्न पनि भएन ।

किन घट्छ घटना ? : बलात्कारीलाई मृत्युदण्ड सजाय नभएर वा कानुन कडा नभएकोले बलात्कारका घटना बढेको बताउँछन् । मनोविद् यो तर्कसँग सहमत छैनन् । मृत्युदण्ड दिने देशहरूमा पनि यस्ता घटना घटेकै छन् । खासगरी जीवशास्त्री बलात्कार चरित्र भएका मानिसको जैविक बनोट र स्वभाव नै अरूकोभन्दा भिन्न हुने तर्क अघि सार्छन् । यौन असन्तुष्टि बलात्कारको एउटा कारण होला तर उनीहरू यसलाई मात्र बलात्कारको मुख्य कारक मान्दैनन् । जे भए पनि आगोको छेउमा राखेको घिऊ पग्लिन्छ भन्ने मान्यता छ । विज्ञानले पनि आगो नफुकी धुँवा निस्कँदैन भन्छ । खप्तड स्वामी हरेक मान्छेमा रहेको विचारअनुसारको परिणाम निस्कने कुरा गर्छन् । विचार २ प्रकारको हुन्छ । सुविचार र कुविचार । सुविचारले सबैका लागि राम्रो र कुविचारले नराम्रो स्थिति पैदा गराउँछ । विचार उत्पन्न गराउनका लागि परिवेश, समाज र संगत जिम्मेवार हुन्छन् । यसैकारण आजकल स्कुले छात्राले लगाउने अत्यन्त छोटा कपडा (मिड्डी, फ्रक आदि) र घरघरमा राखिएका इन्टरनेटको माध्यमबाट हेरिने पोर्न साइट किशोरकिशोरीको लत बिगार्ने महŒवपूर्ण माध्यमका रूपमा लिने गरिएको पाइन्छ । अनुकूल परिस्थिति र कामुक वातावरणमा कुविचार उत्पन्न हुन्छ । यसैकारणले होला एक अध्ययनले पोर्नोग्राफी हेर्नेहरू बढी कामुक हुन्छन् र मौका मिल्दासाथ बलात्कार गर्छन् भन्ने तथ्य फेला पारेको छ । यद्यपि नेपालमा पोर्नसाइट बन्देज भए पनि विकल्पमा अनेकौ सञ्जाल कायम नै छन् । प्रतिबन्ध लागेका यस्ता विषय भूमिगत शैलीमा झनै चलायमान देखिन्छन् र यसका लागि प्रयोगकर्ताले प्रशस्त चोरबाटा पछ्याउने गर्छन् ।

अश्लिल साइट मुख्य समस्या ः १९९० सन् पछि इन्टरनेटको विस्तारसँगै पोर्न भिडियोलाई विश्वभर फैलियो । सन् २०११ मा न्युुयोर्क टाइम्स म्यागेजिनमा पोर्न व्यवसायजस्तो अर्को कुनै व्यवसाय छैन भन्ने आलेख प्रकाशित भयो । पोर्नोग्राफीको वार्षिक कारोबार १० देखि १४ विलियन अमेरिकी डलर हुने उल्लेख ग¥यो । सन् २०१९ मा आइपुुग्दा यो व्यवसायले विश्वभर वार्षिक ९७ बिलियन अमेरिकी डलर कारोबार गर्ने गरेको भन्ने सुनिन्छ । गतवर्ष मात्र यो वेबसाइट ४२ अर्बपटक हेरियो । यसरी हेर्दा विश्वभर यो दैनिक ११ करोड ५० लाखपटक खोलिने देखिन्छ । यो वर्षै मात्र यो साइटमा ६८ लाखभन्दा बढी यौनजन्य भिडियो अपलोड भएको एक प्रतिवेदनले खुलासा गरेको छ । नेपालका बालबालिका पनि यो साइटको गलत प्रयोग गर्नबाट विमुख छैनन् ।

मुलुकी अपराध संहिता २०७४ को दफा १२१ मा सरकारले अश्लिल सामाग्रीमा रोक लगाउन सक्ने कुरा उल्लेख गरिएको छ । एक तथ्यांकअनुसार विगत वर्षमा इन्टरनेटमा ४० लाख यौन सामग्री भिडियो अपलोड भएको पाइन्छ । यसबाट सहजै के बुझ्न सकिन्छ भने हामीकहाँ लुकीछिपी अश्लिल सामग्री हेर्ने एउटा ठुलै जमात छ । यी सामग्री आफंैले बिगार त गर्दैनन् तर यौनोत्तेजकको काममा सघाउ भने अवश्य पुर-याउँछन् । सरकारले यौनजन्य अश्लिल सामग्री उत्पादन गर्ने वेबसाइट बन्द गराउने आदेश जारी गरेर गतिलै काम गरेको छ । इन्टरनेटको माध्यमबाट यौनजन्य अश्लिल सामग्रीमा सहज पहुँच हुँदा सामाजिक सद्भावमा खलल पुगेको निष्कर्ष सरकारको छ ।

सामाजिक सञ्जालको गलत उपयोगसँगै यसको दुरुपोग गरी हत्या, बलात्कार गर्नेको संख्या पनि उत्तिकै छ । सहपाठीसँग प्रेम प्रस्ताव राख्ने र अस्वीकार गरेको खण्डमा एसिड खन्याएर बदला लिने त छँदै थियो ।

आजकाल गलत फेसबुक आईडी बनाएर अस्लिल फोटो, भिडियो अपलोड गरी ट्याक गरिदिने, उसका परिवारका सदस्यलाई पठाइदिनेजस्ता गतिविधि पनि हुने गरेको पाइन्छ । १२ कक्षासम्म पढ्ने कतिपय किशोरी यस्ता गलत क्रियाकलापको सिकार बनेका खबर दिनहुँजसो आइरहेका हुन्छन् । अहिले गलत फेसबुक आईडी बनाएर गलत सामग्री पोस्ट वा सेयर गर्नेउपर पनि कारबाहीका कुरा आइरहेका छन् तर कार्यान्वयन हुन सकेका भने छैनन् । पोर्नसाइट बन्दसँगै यस्ता धन्दा गर्नेलाई पनि शीघ्र कानुनी दायरामा ल्याउन जरुरी भइसकेको छ ।

साइबर अपराधसम्बन्धी उजुरी २०७४-७५ को आर्थिक वर्षमा मात्र १ हजार ४ सय ८२ वटा परेको तथ्यांक महानगरीय प्रहरी अपराध महाशाखाले राखेको छ । यी उजुरीमध्ये ६९ वटा मुद्दा अदालतमा दायर गरेको जनाएको छ । सामाजिक सञ्जालमा ब्ल्याकमेलिङ गर्नेहरू पनि आजकल उत्तिकै छन् । सुरुमा प्रेममा फस्दै जाने, अन्तरंग तस्बिर आदानप्रदान गर्ने र पछि प्रेममा असफलता हुनासाथ ती सबै तस्बिर र अघिल्ला बार्तालापसहितका क्रियाकलाप सार्वजनिक गरी बेइज्जतमा उत्रने प्रवृत्ति पनि बढ्दो छ ।

यसले गर्दा कतिपय किशोरीले आत्महत्या गर्ने गरेको पाइन्छ । तसर्थ, सामाजिक सञ्जालको गलत प्रयोग नहोस् भन्नका लागि अभिभावकले पनि आफ्ना बालबच्चाउपर निगरानी बढाउँनैपर्ने हुन्छ । उनीहरूलाई चक्कुको सही प्रयोगले तरकारी काट्छ भने गलत प्रयोग हुँदा मान्छे काटिन पुग्छ भन्ने ’boutमा जानकारी दिनुपर्ने हुन्छ । यसका लागि घर परिवार र विद्यालय दुुवैको महŒवपूर्ण भूमिका हुन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 183 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
९० हजार मत गन्दा केशव भन्दा बालेन १५ हजार मतले अगाडी