Saturday, April 17, 2021
Home Not-to-be-missed अनाथ बालबालिकासँग रमाउँदै हास्य अभिनेता इकु

अनाथ बालबालिकासँग रमाउँदै हास्य अभिनेता इकु

डब्बु क्षत्री,

काठमाडौं । हास्य अभिनेता सुलेमान शंकर (इकु)को दिनचर्या आजकाल अनाथ बालबालिकासँग बित्ने गरेको छ । टेलिफिल्म तथा फिल्मको छायांकनबाहेक अरू बेला उनी मूलपानीको स्नेह बाल आश्रममा हुने गर्छन् ।

यो बाल आश्रमको स्थापना इकुले नै गरेका हुन् । आफ्नो दोस्रो फिल्म इकुले केही व्यावसायिक पीडा दिएपछि दिक्क भएका इकु पाँच वर्षअघि एकाएक बालआश्रम सञ्चालनमा लागेका हुन् ।

२०७२ सालमा बिनासकारी भूकम्प गएपछि त्यसबाट धेरै प्रभावित भए । सोही भूकम्पबाट अभिभावक गुमाएका दुई बालबालिकालाई आश्रय दिने क्रममा उनले कानुनी रूपमा घरमा पाल्न सकेनन् । ती दुई बालबालिकालाई सहारा दिनकै लागि उनले स्नेह बाल आश्रम सञ्चालनमा ल्याए । यति बेला यो आश्रममा १४ जना बालबालिका रहेका छन् । जसमा ७ जना बालक र ७ जना बालिका रहेको पनि इकुले जानकारी गराए । जहाँ ३ वर्षदेखि १४ वर्ष उमेरभित्रका बालबालिका रहेका छन् ।

त्यति बेला भूकम्पबाट अभिभावक गुमाएर एक्लो भएका अरू बालबालिका उनले इकुले भेटे । उनीहरूलाई पनि आफ्नो आश्रममा आश्रय दिँदादिँदै उनीहरू अहिलेसम्म १४ जना बालबालिका पुगेका हुन् ।

आश्रममा सबै बालिकाले इकुलाई बुबा भनेर सम्बोधन गर्छन् । हास्य टेली शृंखलामा इकु इकु भन्दै जंगली मानिसको भूमिकाबाट चर्चा कमाएका उनले इकु नामबाट दुईवटा बाल फिल्म नै बनाए । बालबालिकाका लागि नेपालमा मनपर्ने हास्य कलाकारमध्ये इकु पनि पर्छन् । सोही कारण पनि आफूले बालबालिकाका लागि काम गर्दै आएको इकुले बताए । बालबालिकाका लागि फिल्म बनाउँदा बनाउँदै बाल आश्रम खोलेर बाल सेवामा आफू जुटेको पनि उनले बताए ।

भूकम्पबाहेक अन्य कारणले पनि आमा–बुबा गुमाएका बच्चालाई पनि इकुले संरक्षण दिइरहेका छन् । आमा गुमाएर अनाथ भएका जुम्ल्याहा बालक लव र कुसलाई उनले केही समय अघि वीर अस्पतालबाट आश्रममा ल्याई संरक्षण दिएका छन् ।

नेपालमा कोभिडको समस्या देखिनुअघि नियमित हुने विभिन्न स्टेज कार्यक्रमको कमाइबाट इकुले सजिलै सो बाल आश्रम सञ्चालन गरेका थिए । तर, अहिलेको अवस्था प्रतिकूल रहेको उनले बताएका छन् ।

कोभिडपछि स्टेज कार्यक्रम बन्दको अवस्थामा रहेको चलचित्रको पनि छायांकन नभएको र अन्य विभिन्न कारणले गर्दा यतिबेला आश्रम चलाउन समस्या भएको उनले बताए ।

स्नेह बाल आश्रममा रहेका १४ जना बालबालिकालाई नै उनले विभिन्न विद्यालयमा पढाएका छन् । तर, यतिबेला ती बालबालिकाका लागि विद्यालय शुल्क तिर्न निकै धौधौ परेको इकुले बताए । ती बालबालिकाका लागि पालनोषनकै समस्या परेको बेला उनीहरूलाई स्कुलको शुल्क बुझाउन झनै गाह्रो परेको उनले बताए ।

‘कोभिडपछि देश विदेशमा रहेका केही साथीले धेरथोर आर्थिक सहयोग गरेर यहाँसम्म आश्रम चलाएका हौं । मनकारी नेपालीले सहयोग गरेको खण्डमा हामीले यो आश्रम सञ्चालन गरेर आश्रमका लागि केही करोडमा जग्गा किनेर घर नै बनाउन सक्छौं ।’ इकुको भनाइमा त्यहाँ आश्रित बालबालिका अध्ययनमा निकै तीक्ष्ण छन् । सबैको सहयोग भएमा उनीहरूको भविष्य उज्ज्वल हुने भनाइ यी हास्य अभिनेताको छ ।

कोरोना संक्रमण कम भएमा स्टेज कार्यक्रम सुरु हुने उनको आशा छ, ‘स्टेज कार्यक्रम सुरु भएपछि त देश–विदेशमा कार्यक्रम हुन्छन् । त्यसपछि मेरो आफ्नै कमाइले पनि आश्रम चलाउन केही सहज हुने थियो ।’

(Visited 36 times, 1 visits today)
Loading comments...

आजको समाचार

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

साताका लोकप्रिय समाचार

काठमाडौं फेरि विश्वको प्रदूषित सहरहरुको १ नम्बर सूचीमा

काठमाडौ । काठमाडौं उपत्यका आज पनि विश्वको प्रदूषित सहरहरुको सूचीमा १ नम्बरमा परेको छ । काठमाडौंको वायुस्तर १ सय ९० एक्युआई मापन भएको छ...

एउटै कार्यालयका चार कर्मचारीको दुर्घटनामा निधन भएपछि प्रशासन पाँच दिनका लागि बन्द

गुल्मी । प्युठानमा जीप दुर्घटनामा परी कर्मचारीको निधन भएपछि गुल्मीको जिल्ला प्रशासन कार्यालय पाचँ दिनका लागि बन्द हुने भएको छ । बुधबार जीप दुर्घटना...

धनकुटामा भीषण असिना पानी, करोडौंको बाली छिनभरमै स्वाहा ! (फोटो फिचर)

धनकुटा । धनकुटामा बिहीबार साँझ भीषण असिना पानी परेको छ । साँझ करिब ५ बजेबाट हावाहुरीसहित असिना पानी परेको हो । करिब एक घण्टा...

‘हेर्देउन मायाले’

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको 'हेर्देउन मायाले' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित यस गीतमा लभद्रकला आङबुहाङ राईको...

नेपाली नागरिकताका व्यावहारिक सवाल

मान्छेको अस्तित्व पहिचानमा निहित हुन्छ, किनकि पहिचानको अभावमा मानिस अस्तित्वको संकटमा पर्दछ । मातृभूमिप्रति उसको अपनत्व र वैद्यताको गाँठो व्यक्तिको हृदयमा प्रश्न बनेर रहेको...

ट्रेन्डिङ

गेष्ट हाउसमा लुकेर जुवा खेल्ने पक्राउ

जनकपुरधाम । लकडाउनकाको बेला जुवा खेल्ने क्रममा बढी रहेको बेला धनुषा प्रहरीले ५ जनालाई जनकपुरधामबाट पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकस्थित जानकी वाटिकाको गेष्टहाउसबाट...

आ–आफ्नै दाउमा नेकपा–राजपा

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा सहकार्य गरेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल आ–आफ्नै दाउअनुसार अघि बढ्न खोजेको देखिएको...

आधिकारिक ट्रेड युनियनको निर्वाचन फेरी स्थगित

काठमाडाैं ।  सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यही मङ्सिर...

डडेल्धुरामा एक कोरोना संक्रमितको मृत्यु

डडेल्धुरा । जिल्लामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको गएराति डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।...

मुख्यमन्त्री शेरधन राईकी श्रीमती दावी गर्ने खड्का पक्राउ

  काठमाडौं । आफूलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती दाबी गर्ने बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी...

बिपी प्रतिष्ठानमा कोरोना संक्रमित युवतीको मृत्यु

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना सङ्क्रमित युवतीको मृत्यु भएको छ । सुनसरीको इनरुवा नगरपालिका–४ की २८ वर्षीया युवतीको उपचारको क्रममा...

निषेधाज्ञामा घर बाहिर नजान भनी सम्झाउँदा किशोरले गरे आत्महत्या

सप्तरी । कोरोना महामारी फैलिएको बेला घर बाहिर नजान भनी अभिभावकले सम्झाउँदा सप्तरीमा एक किशोरले आवेशमा आई आत्महत्या गरेका छन् । राजविराज नगरपालिका ४...

काभ्रेका सबै नाका बन्द, आवतजावतमा पूर्णरूपमा रोक

काभ्रे । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोक प्रवेश गर्ने सबै नाका आजदेखि बन्द गरिएको छ । काभ्रेपलाञ्चोकसँग जोडिएका सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली,...

पार्टी स्थापना दिवसको अवसरमा ओली र प्रचण्डको छुट्टाछुट्टै विज्ञप्ती, एक अर्काप्रति लक्षित

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपाको स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा वक्तव्य जारी गर्दै आन्तरिक एकतालाई...

उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न माग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकारसँग माग गरेको छ ।...

अभिनेता नवाजुद्दिनविरुद्ध उजुरी

मुम्बई । बलिउडका नवाजुद्दिन सिद्दिकीविरुद्ध बलात्कार र ठगीको उजुरी परेको छ । उनकै पत्नीले उनीविरुद्ध प्रहरी कार्यालयमा यस्तो उजुरी हालेकी हुन् । नवाजुद्दिन र...

बल्ल बढ्न थाले जलविद्युत् कम्पनीका सेयर मूल्य

काठमाडौं । लामो समयदेखि निरन्तर घटिरहेको जलविद्युत् कम्पनीका सेयर मूल्य बल्ल बढ्न थालेको छ । दुई महिनाअघिसम्म अंकित मूल्यभन्दा निकै तल रहेको जलविद्युत् कम्पनीका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)