Thursday, May 6, 2021
Home Editor-Picks कांग्रेसकाे ध्यान निर्वाचनमै

कांग्रेसकाे ध्यान निर्वाचनमै

औपचारिकता निभाउन मात्रै जसपासँग वार्ता

महेश्वर गौतम,

काठमाडौं । आफ्नै पार्टी नेतृत्वमा नयाँ सरकार गठन प्रयास निर्णय लिएको नेपाली कांग्रेसले बैठकको निर्णय औपचारिकता निभाउने प्रयास मात्रै गरेको छ ।

यद्यपि, कांगे्रसको मुख्य ध्यान भने नया“ सरकार गठनभन्दा निर्वाचनमा नै केन्द्रित रहेको स्रोतको दाबी छ । कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको दबाबका कारण मात्रै सत्ताको नेतृत्व लिन तयार रहेको र त्यो प्रयासमा लाग्ने निर्णय गरेको भए पनि कांगे्रसको मुख्य नेतृत्व सरकार गठनको प्रक्रियाका विषयभन्दा निर्वाचनतर्फ नै ध्यान केन्द्रित गर्दै अघि बढेको हो ।

उच्च स्रोतका अनुसार सरकारले ल्याउने तयारी गरिरहेको नीति तथा कार्यक्रम संसद्बाट पास हुन सक्ने सम्भावना नरहेको र त्यो अवस्थामा सरकार फेल हुने र उसले आफूलाई अघि बढाउन सक्ने अवस्था नरहने तथा वैकल्पिक सरकार बन्न सक्ने अवस्था पनि नरहने भएकाले मुलुक निर्वाचनमा नै अघि बढ्ने निष्कर्ष कांग्रेस नेतृत्वको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले निकटका नेतालाई सो विषयबारे जानकारी दिइसकेका छन् । तर, पौडेल–सिटौला पक्षले भने सरकार प्रतिगमनको बाटोमा अघि बढेकाले सरकारको विकल्प खोज्न सभापति देउवालाई दबाब दिँदै आइरहेका छन् ।

उनीहरूकै दबाबका कारण देउवाले जसपा र माओवादी केन्द्रसँगको संवादलाई अघि बढाउन छाडेका छैनन् । ‘कांग्रेस आफैं सरकारको नेतृत्व गर्ने कि निर्वाचनमा जाने भन्नेमा प्रस्ट छैन, हामीसँग वार्ताको प्रयास त औपचारिक मात्रै हो, देउवाजीले पार्टीभित्रको दबाब छल्न हामीलाई बोलाउनु भएकै छ, हामी गएकै छौं,’ जसपाका एक नेताले भने ।

कांग्रेस नेतासमेत नयाँ सरकार गठनका लागि आफ्नो संख्याले मात्रै नपुग्ने भन्दै संख्या सुनिश्चितता नहुँदासम्म सरकार गठनको प्रयास नै व्यर्थ हुने बताउँछन् । देउवा निकट नेता मीन विश्वकर्माले जसपाको अवस्था भरपर्दो नभएको र आफ्नै संख्याले समेत नपुग्ने अवस्था रहँदा सरकार गठनको कसरत सुस्त भएको स्विकार्छन् ।

‘बसेको भनौं भने हिंड्दै छौं, हिंड्दै छौं भनौं भने दौडिन सकेका छैनौं, आफ्नै संख्याले मात्रै पुग्दैन, जसपाको पनि भर देखिएको छैन,’ नेता विश्वकर्माले राजधानीसँग भने । कांग्रेसले शुक्रबार साँझ नयाँ सरकार गठनको प्रयासका विषयमा माओवादी केन्द्र र जसपासँग छलफल गरेको थियो भने औपचारिक रूपमा कांग्रेसले जसपालाई सरकारमा सघाउन आग्रह गरेको थियो ।

जसपाले भने नयाँ सरकारका लागि गठबन्धन बनाएर प्रधानमन्त्रीबाट ओलीलाई हटाउने विषयमा त्यति सकारात्मक संकेत देखाएको छैन । तर, यो विषयमा जसपासमेत कलहमा नै छ ।

जसपाले प्रधानमन्त्री ओली र कांग्रेससँगको वार्तामा भने आफ्ना मागलाई निरन्तर अघि सार्दै आइरहेको छ । उसले संंविधान संशोधन, जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइ, आफ्ना नेता कार्यकर्तामाथि लगाइँदै आइरहेको झूठा मुद्दा खारेजी, नागरिकता समस्याको समाधानलगायतका माग दुवै पक्षसँग राख्दै आइरहेको छ । नयाँ सरकार गठनका विषयमा माओवादी केन्द्रले भने कांग्रेसलाई सहमति दिँदै आइरहेको छ ।

(Visited 78 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोभिड-१९ को दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन्। 'समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारिको...

बर्दिया कोरोनाको हटस्पट बन्दै, एकै दिन २ सय जना संक्रमित थपिए

बर्दिया । पछिल्लो समय बर्दिया जिल्ला कोरोनाको हटस्पट बन्ने खतरा देखा परेको छ । बुधबार एकै दिन २ सय जनामा कोरोना संक्रमण पुष्टि भए...

गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना देखिएको छ । जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बुधबार दिउँसोका रिपोर्ट पोजेटिभ आएको हो । यसअघि मंगलबार आरडिटी...

पहिलो प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवन रक्षा

पछिल्ला दिनमा कोभिड १९ को दोस्रो चरणको प्रकोपबाट लघु घरेलु तथा साना उद्योगहरु बढी प्रभावित भइरहँदा पनि आपूर्ति व्यवस्थालाई सूचारु कायम राख्न हाम्रा उद्यमीहरुले...

स्वास्थ्यमा समस्या भएपछि चैनपुरका मेयरलाई हेलिकप्टर मार्फत काठमाण्डौ लगियो

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाका मेयर भरत खत्रीलाई स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टर चार्टर गरेर काठमाण्डौं लगिएको छ । बुधबार स्वास्थ्यमा समस्या देखिएपछि चैनपुरका मेयर...

साताका लोकप्रिय समाचार

संक्रमणदर उच्च, डिस्चार्ज अति न्यून

काठमाडौं । दैनिक कोरोना संक्रमित थपिनेक्रम बढ्दै गर्दा बिहीबार एकैदिन ३५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या यो अहिलेसम्मै अत्यधिक...

निफमा अनुराग कश्यपले अनुभव शेयर गर्ने

काठमाडौं । नेपाल अन्तराष्ट्र्रिय चलचित्र महोत्सब,निफको चौथो संस्करणमा प्रसिद्ध भारतिय निर्देशक अनुराग कश्यपले नेपाली फिल्मकर्मी र दर्सकहरुको लागि आफ्नो अनुभब शेयर गर्ने भएका छन्...

वडा सदस्यको शब बोकेर घर फर्कदै गरेको जिप दुर्घटना हुँदा ६ को मृत्यु

बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको...

म्यान्चेष्टर सिटीसँग पीएसजी स्तब्ध

लन्डन । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा म्यान्चेष्टर सिटीले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित गरेको छ । बिहीबार विहान सम्पन्न खेलमा प्रिमियर लिग...

प्रदेश कुलपतिमा बिखर्ची

पोखरा । गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठान कुलपतिमा सूर्य खड्का बिखर्ची नियुक्त भएका छन् । भाषा, साहित्य, संस्कृति, कला, नाट्यकला, संगीतलगायतको संरक्षण एवं संबद्र्धन गर्ने...

ट्रेन्डिङ

करोडौँ रकम ठगेर फरार कुँवरको घरजग्गा रोक्का गर्न नेपाल सरकारसँग माग

पोर्चुगल । अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घर जग्गा रोक्का गराउन नेपाल...

भौतिक मन्त्रालयले थप्यो, १५ सय ठेक्काको म्याद

काठमाडौं । सरकारले १५ सयवटा ठेक्काको म्याद थपेर विभिन्न निर्माण कम्पनीहरूलाई अन्तिमपटकका लागि काम गर्ने अवसर प्रदान गरेको छ ।ती म्याद थपिएका निर्माण कम्पनीले...

श्रीकृष्णको फोटो बेडरुममा राख्ने सर्तसहित विवाह गर्दैछिन् श्वेता

काठमाडौं । नायिका श्वेता खड्काले प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गर्ने भएकी छिन् । उनीहरुको विवाह यही मंसिर २२ गते हुने भएको छ ।...

कोरोना संक्रमणबाट विश्वभर एक सय ५८ नेपालीको मृत्यु

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणबाट हालसम्म विश्वभर एक सय ५८ नेपालीको मृत्यु भएको छ भने विदेशमा २६ हजार दुई सय २७ जनामा भाइरस सङ्क्रमणको...

लाजियो हार्दा युभेन्टसलाई फाइदा

रोम । इटालियन सिरी ‘ए’अन्तर्गत बुधबारको खेलमा दोस्रो स्थानको लाजियो एटलान्टासँग पराजित हुँदा शीर्षस्थानको युभेन्टसलाई फाइदा पुगेको छ । २–० को अग्रतालाई जोगाउन नसक्दा...

प्रधानमन्त्री ज्यू, तपाईंका ‘दुश्मन’ बढेका कि सबैलाई ‘दुश्मन’ देख्नु भएको ?

सिमित ठेकदार पोस्ने, प्राप्त केही रकम पार्टीका नाममा खोलिएका संस्थामा लगानी गर्ने अनि दायाँ बायाँ, छेउकुनामा उभिएका सारथीहरुलाई पोस्ने र विकास सुरु भएको तमासा...

वनमन्त्री प्रेमबहादुर आलेले सिटी फुकेपछि सुरू भयाे गैँडा गणना

चितवन ।  पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना शुरु गरिएको छ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आज बिहान सिटी फुकेर गैँडा गणनाको शुभारम्भ...

रहेनन् शास्त्रीय उस्ताद पण्डित जसराज

न्युजर्सी । गीत गाएरै पानी पार्न सक्ने शास्त्रीय उस्ताद भनेर कुनै समय चर्चा कमाएका भारतीय शास्त्रीय गायक पण्डित जसराजको सोमबार ९० वर्षको उमेरमा अमेरिकाको...

पुर्चौंडी नगरपालिकामा कोभिड अस्थायी अस्पताल सञ्चालन

बैतडी । बैतडीको पुर्चौंडी नगरपालिकाले कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । संघीय सरकारले कोभिड अस्थायी अस्पताल सञ्चालनका लागि १० लाख रकम पठाएपछि बैतडीमा...

नेकपा विवादः ओली र दाहाललाई तीन दिनको समय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्ष चर्किएक बेला स्थायी कमिटीको जारी बैठक तीन दिनका लागि स्थगित भएको छ । शीर्ष नेतृत्वबीच...

कर्णालीमा विद्यालय खोल्ने तयारी

काठमाडौँ । कोरोना महामारी रोकथामका लागि सङ्घीय सरकारले बन्दाबन्दी जारी राखेका कारण देशभर शिक्षालय बन्द रहेका बेला कर्णाली प्रदेश सरकारले स्वास्थ्य जोखिम नभएका स्थानमा...

ओलीको आत्मविश्वास

सन् १९८८ कुरा हो । विल रोजर्स परसियन गल्फमा अमेरिकी जहाजको क्याप्टन थिए । उनी निकै निपूर्ण क्याप्टन मानिन्थे । एक दिन जहाजको राडरले...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)