नेप्से सूचक हालसम्मकै उच्च बिन्दु २ हजार ६७४ मा

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकले विगतका सबै रेकर्डलाई तोड्दै यो साता सेयर बजारले ऐतिहासिक सफलता हासिल गरेको छ । गत साताको तेस्रो दिन मंगलबार नेप्सेले इतिहासकै उच्च क्लोजिङ बिन्दु पनि हासिल गरेको थियो । सो दिन नेप्से २ हजार ६७४ दशमलव ४७ बिन्दुमा बन्द भएको थियो । यस्तै, बुधबार दिनभरिको कारोबारमा २ हजार ६९४ दशमलव ९८ को उच्च बिन्दुसम्म पुग्न नेप्से सफल भएको थियो । गत साताको अन्त्यमा आइपुग्दा बजार पुँजीकरण ३७ खर्ब रुपैयाँ भन्दा बढी कायम भएको छ । यो बजार पुँजीकरण पनि हालसम्मकै उच्च नेप्सेले जनाएको छ ।

समीक्षा अवधिमा कुल २२८ कम्पनीको कारोबार भएको थियो । गत साता बजारमा ३७ अर्ब ६० करोड ५० लाख ३ हजार ७०२ रुपैयाँबराबरको ८ करोड १ लाख ५ हजार ३७१ कित्ता सेयर कारोबार भएका थिए । गत साता २२६ कम्पनीको कारोबार भएको बजारमा २४ अर्ब १ करोड ३८ लाख २८ हजार ४६८ रुपैयाँ बराबरका ४ करोड ७० लाख २१ हजार ७४ कित्ता सेयरको कारोबार भएको थियो । गत साताको अन्त्यसम्म आइपुग्दा बजार पुँजीकरण ३७ खर्ब २ अर्ब ८१ करोड ८९ लाख ५० हजार पुगेको थियो ।

गत साता पनि आमलगानीकर्तामा नेप्सेको आगामी गति र प्रवृत्तिका ’boutमा चासो बढ्दो क्रममा रहेको पाइन्छ । ’cause बजार उच्च बिन्दुतिर अघि बढिरहेको थियो । बजार पुँजीकरण पनि ३७ खर्बमा पुगेको थियो । नेप्से परिसुचक र बजार पुँजीकरण दुवै बढ्नुको मुख्य कारण बुल रन, तरलता सहज हुँदै जानु, ब्याजदर सस्तो नै रहनु, सेयर बजारमा अनलाइन प्रवृत्ति भित्रिनु, सेयर बजारमा सिजन सुरु हुनु र लगानीकर्ताको सकारात्मक मनोभावना वृद्धि हुनुलगायत कारण रहेको र सेयर बजारले क्रमशः नयाँ उचाइ लिने विश्लेषण गरिएको सम्बन्धित क्षेत्रका विज्ञ तथा जानकारको भनाइ छ ।

गत साताको पाँच दिन कारोबार भएको सेयर बजारमा चार दिन नेप्से परिसूचक बढ्दा एक दिन मात्रै घटेर बन्द भएको थियो । पहिलो दिन आइतबार २ हजार ६३१ दशमलव ९० को बिन्दुबाट सुरु भएको नेप्से सूचक २५ दशमलव ७१ अंकले बढेर बन्द भएको थियो । गत साताको दोस्रो दिन सोमबार १ दशमलव १३ अंकले बढेको थियो । मंगलबार १५ दशमलव ७२ अंकले बढेको सूचक साताको चौथो दिन बुधबार भने २ दशमलव ८५ अंकले घटेको थियो । गत साताको अन्तिम दिन बिहीबार २ दशमलव ७४ अंकले बजार बढेको थियो ।

गत साता सातवटा कम्पनीका बोनस सेयर, प्राथमिक सेयर र हकप्रद सेयर नेप्सेमा सूचीकृत भएका थिए । प्राथमिक सेयर (आईपीओ) सूचीकृत गर्नेमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड २० लाख कित्ता सेयर सूचीकृत भएको छ । बोनस सेयर सूचीकृत गर्नेमा नेपाल बैंकको १ करोड ३५ लाख ३९ हजार ३८४ दशमलव २४ कित्ता, सिद्धार्थ बैंकको १ करोड १७ लाख ४५ हजार ३२० दशमलव ५७ कित्ता, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स्को ६ लाख ४० हजार कित्ता, बरुण हाइड्रोपावरको १ लाख २७ हजार ५७५ कित्ता, श्री इन्भेस्टेन्टको ६ लाख १० हजार ९९८ दशमलव ७९५० कित्ता र न्यादी पाव कम्पनीको ५ लाख ३५ हजार ५५४ दशमलव ८८ कित्ता बोनस सेयर सूचीकृत भएका थिए । सातामा नेप्सेको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला भएको थियो । गत साता ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ५ दशमलव ७७ अंकले बढेर ४७६ दशमलव ५२ अंकमा आइपुगेको थियो ।

सर्वाधिक कारोबार गर्ने कम्पनी
कम्पनी                             कारोबार  रकम           कारोबार कित्ता
नेपाल इन्फ्रास्टक्चर बैंक          १,६९,९२,३६,४४७         २८,८८,८२८
अपर तामाकोसी हाइड्रोपावर     १,४४,२७,४०,७२९         १६,११,५७१
नबिल बैंक                        ८५,६१,६८,०२८             ६,५०,३७४
नेपाल बैंक                        ८१,१८,५२,९८२             १८,२८,१७८
चिलिमे हाइड्रोपावर कम्पनी      ८०,३३,०८,६५९             १२,१५,२९०

तपाइको प्रतिक्रिया
(Visited 265 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ