सेयर बजारमा नयाँ रेकर्ड, नेप्से सूचक २७ सय विन्दु नजिक

काठमाडाैं ।  नयाँ वर्ष लाग्नै लाग्दा सेयर बजारमा चमक देखिएकाे छ । माइक्रोफाइनान्स, बैंक, विकास बैंक, निर्जीवन बिमा लगायतका समूहमा चमक देखिएको छ ।  नेप्से सूचक २७ सय विन्दुकै आसपासमा आइपुगेको छ ।

सोमबार सूचक १७.२० अंकले वृद्धि भएर २६९१.५५ मा आइपुगेको हो । ७ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २१६ कम्पनीको १ करोड ३८ लाख २१ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएका छन् । अब मंगलबार यस वर्षकै अन्तिम सेयर कारोबार हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 453 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी : जीवित भेटिने आशा टरेपछि कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि