Saturday, May 15, 2021
Home Not-to-be-missed इजिप्टमा नेपालको चर्चा गरेर आइन् यी सुन्दरी

इजिप्टमा नेपालको चर्चा गरेर आइन् यी सुन्दरी

राजधानी समाचारदाता,

काठमाडौंँ । मिस इको इन्टरनेशनल नेपाल अनुश्मा रायमाझीले नेपालको वातावरण र पर्यटन क्षेत्रमा काम गर्ने इच्छा रहेको बताएकी छन् । नेपालमा इको टुरिजमको विकासका थुप्रै सम्भावना रहेको आफुले पाएको बताएकी रायमाझीले इको टुरिजमको विकास गर्न सके देश अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन र आर्थिक आर्जन गर्न सजिलो हुने उनको भनाई रहेको छ ।

इजिप्टमा आयोजना भएको ‘मिस इको इन्टरनेशनल २०२१ ’ मा नेपाल प्रतिनिधित्व गरेर गत शुक्रबार नेपाल फर्किएकी रायमाझीले प्रतियोगिताबाट ‘मिस इको एसिया’ टाइल समेत नेपाल भित्र्याउन सफल भएकी छन् । प्रतियोगितामा शीर्ष पछि सबैभन्दा महत्वपूर्ण मानिएको यो उपाधि नेपाल भित्रिनु राष्ट्रका लागि एउटा महत्वपूर्ण उपलब्धिको रुपमा उनले लिएकी छन् ।

विभिन्न ६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहेको प्रतियोगिता १८ मार्चदेखि ५ जुनसम्म इजिप्टमा आयोजना भएको थियो । २१ वर्षीय रायमाझी कार्यक्रममा नेपालका कल्चरल ड्रेस, सांस्कृतिक र पर्यटकीय स्थानको भिडियोसहित सहभागी भएकी थिइन्

सोमबार साँझ बत्तिसपुतलीस्थित द स्ट्रान्ड होटल दड्स मिरिज सरासरमा आयोजित एक पत्रकार भेटघाटसहित आफ्नो ‘मिस इको इन्टरनेशनल’ यात्रा र आगामी दिनको योजना जानकारी दिएकी रायमाझीले प्रतियोगितामार्फत आफुले देशलाई समेत चिनाउन सफल भएको दाबी गरिन् । ‘कार्यक्रममा मैले नेपाललाई सगरमाथा, बुद्धको देशको अलवा बिभिन्न कला संस्कृतिले भरिएको राष्ट्रको रुपमा चिनाए’ रायमाझीले अगाडि भनिन्, ‘प्रतियोगिताबाट मैले धेरै देशका बारेमा सिक्न र जान्न समेत सफल भए ।’

कार्यक्रममा पूर्व मिस इको इन्टरनेशनल नेपाल तथा मिस युनिभर्स नेपाल नग्मा श्रेष्ठले रायमाझीले ‘मिस इको एसिया’ ताज नेपाललाई दिलाएर महत्वपूर्ण उपलब्धि हासिल गरेको बताइन् । ‘मिस युनिभर्स’ पहिले आफुले पनि ‘मिस इको इन्टरनेसनलमा’ सहभागी भएको जानकारी दिएकी नग्माले उक्त प्रतियोगिताबाट आफुले धेरै कुरा सिकेको र अहिले शो कुरा कामका लागि लाभदायक भएको बताइन् ।

६० देशका सुन्दरी सहभागी

‘मिस इको इन्टरनेशनल नेपाल २०१८’ की विजेता मौनता लामाले समेत प्रतियोगिताको बिषयमा आफ्नो धारणा राखेको कार्यक्रममा मिस इकोका लागि अधिकार प्राप्त नेपाली संस्था ग्रीन आर्ट मिडियाले रायमाझीलाई बधाई समेत दिएको थियो ।
विभिन्न ६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहेको प्रतियोगिता १८ मार्चदेखि ५ जुनसम्म इजिप्टमा आयोजना भएको थियो । २१ वर्षीय रायमाझी कार्यक्रममा नेपालका कल्चरल ड्रेस, सांस्कृतिक र पर्यटकीय स्थानको भिडियोसहित सहभागी भएकी थिइन् ।

कार्यक्रमका लागि रायमाझीको पहिरन ड्रेस डिजाइनर मेगबी श्रेष्ठले तयार पारेकी थिइन् । प्रतियोगिताको लागि आवश्यक विभिन्न प्रशिक्षण अनिला श्रेष्ठले दिएकी थिइन् । ‘मिस इको इन्टरनेशनल’ एक प्रतिष्ठित अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता हो । जसको एल.टी.सि.पि.अर्गनाईजेशनले ब्युटी फर इको’ जागृत गर्दै टुरिजम र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१५ देखि सुरु गरेको हो । यसको मुख्य उद्देश्य विश्वभरका पर्यावरण, संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्कमार्फत सूचना प्रवाह गर्ने रहेको छ ।

(Visited 116 times, 1 visits today)
Loading comments...

आजको समाचार

२ जेठ २०७५ मा फर्किन ओली सहमत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन् । सिंहदरबारमा शुक्रबार राति...

९ महिना देखि थन्किएको भेन्टिलेटर सञ्चालन

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको समन्वयमा जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको भेन्टिलेटर सञ्चलान गरिने भएको छ । जनशक्ति अभाबमा ९ महिना अघि जडान गरे...

धनगढीको नेपाली सेनाको अस्पतालमा काेराेना संक्रमितको उपचार गरिने

धनगढी । धनगढीस्थित नेपाली सेनाको फिल्ड अस्पतालमा पनि कोरोना संक्रमितको उपचार गरिने भएको छ । सो अस्पताल नेपाली सेनाका परिवारजनलाई मात्रै सेवा दिने गरी...

सिर्जना : लकडाउनमा उकुसमुकुस

यो हप्ता कहाँ जाने ? कसरी जाने ? कुन रुट बनाउने ? ‘कहाँ, कसरी र कुन ?’ प्रश्नले नचिथोरेको पनि हप्तौं भएछ । खुला आकाश...

आमालाई ढुंगा हानेको बद्लामा छोराले गरे बञ्चरो प्रहार गरेर बाबुको हत्या

दैलेख । आमालाई कुटपिट गरेको बदलामा बञ्चरो प्रहार गरेर दैलेखमा एक युवाले बुबाको हत्या गरेका छन् । डुंगेश्वर गाउँपालिका–६ माथिल्लो डुंगेश्वरबजारका २१ वर्षीय विकास...

साताका लोकप्रिय समाचार

काठमाडौं उपत्यकामा निषेधाज्ञा १३ जेठसम्म, पार्टी प्यालेशमा विवाह, भोज गर्न नपाइने

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप गर्दै १३ जेठसम्मका लागि पुर्याइएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञाको...

जसपा विवादकै घेरामा

काठमाडौं । सरकार निर्माणका लागि निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) विवाद बिहीबारसम्म समाधान हुन सकेन । शीर्ष नेताबीचको छलफलमा सरकार निर्माणका लागि सहमति...

यूएई र कुवेतद्वारा नेपाली नागरिकलाई प्रवेशमा प्रतिबन्ध

काठमाडौं । नेपाली कामदारका लागि खाडी क्षेत्रका आकर्षक श्रम गन्तव्यमूलक युनाइटेड अरब इमिरेट्स (यूएई) र कुवेतले नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ...

प्रशासकीय कार्यविधिको स्तरोन्नति

सवारी कर तिरेर ब्लुबुक नवीकरण गर्न गएको भाइ कर तिर्नेको भीडमा तीन दिनसम्म उभिँदा पनि कर बुझाउन नसकेपछि रिसाउँदै ‘अब म मोटरसाइकल चढदिनँ’ कर...

राजनीतिक अन्योलता कायमै

देशमा रजनीतिक अन्योलता कायमै रहेको बेला ‘वेटिङ गभरमेन्ट’का रूपमा रहेको नेपाली कांग्रेस अझै पनि स्पष्ट कार्यदिशा निर्माण गरी अगाडि बढ्न सकिरहेको छैन । त्यसका...

ट्रेन्डिङ

सबै सिनेमा हल फेरि बन्द

काठमाडौं । नेपालका फिल्म हल सञ्चालक यतिबेला फेरि निराश भएका छन् । नेपालमा कोभिड–१९ को दोस्रो लहर बढेपछि सरकारले सबै सिनेमा हल बन्द गर्ने...

मार्सेलोलाई मौका

मड्रिड । रियल म्याड्रिडका ब्राजिलियन खेलाडी मार्सेलोले कोरोना भाइरस (कोभिड–१९) का कारण फुटबल स्थगित भएपछि स्पेनिस क्लबमा आफ्नो भविष्य लम्ब्याउने मौका पाएका छन् । पछिल्लो...

फोटो खिच्दा तमोर नदीमा बेपत्ता व्यक्ति एपीएफ टोलीद्वारा फेला

धनकुटा । फोटो खिच्ने क्रममा लडेर तमोर नदीमा बेपत्ता भएका भारतीय नागरिक २६ वर्षीय भिनित शर्माको शव एपीएफ टोलीले सात दिनपछि शुक्रबार फेला पारेको...

आज ७ जना थपिए, कोरोना संक्रमितको संख्या १०९ पुग्यो

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणअनुसार आज शनिबार थप ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको ८० हजार ३००

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएपछि त्यसको प्रभाव नेपाली बजारमा परेको छ । पहेँलो धातु सुनको मूल्य वृद्धि सँगै नयाँ रेकर्डसमेत...

कृषिमा फड्को मार्न वैज्ञानिक भूमि सुधार : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माडकुमारी अर्यालले कृषिमा फड्को मार्नका निम्ती व्यवस्थित र वैज्ञानिक भूमिसुधार आवश्यक भएको बताएकी छन् ।...

‘विज्ञापन बोर्ड गठन अत्यावश्यक’

काठमाडौं । विज्ञापन (नियमन गर्ने) ऐन २०७६ को कार्यान्वयनका लागि विज्ञापन बोर्ड गठन अत्यावश्यक रहेको बताइको छ । आइतबार बसेको मिडिया एलाईन्स नेपाल, नेपाल केवल...

गोलञ्जोरका वडाध्यक्ष कार्कीले कुटे छिमेकी, प्रहरीमा उजुरी

सिन्धुली । गोलंजोर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष एवम गोलञ्जोर गाउँपालिकाका प्रवक्ता दौलत कार्की छिमेकीलाई कुटपिट गरेका छन् । कोरोना सार्न हिडेको भन्दै...

विप्लव समुहका जिल्ला सेक्रेटरी पक्राउ

सिमकोट । नेत्रविक्रम चन्द समूह हुम्लाका जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । जिल्लाको तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाबाट राति जिल्ला सेक्रेटरी कुम्ब बुढालाई पक्राउ गरिएको...

केरुङ छ्यो ताल फुट्ने जोखिम कायमै, भोटेकोशी र सुनकोशीका तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सिन्धुपाल्चोक । चीनको खासा नजिकै नेलम कन्ट्रीमा रहेको केरुङ छ्यो ताला फुट्ने सम्भावना कायमै रहेकाले नदी क्षेत्रका स्थानीयलाई सुरक्षित हुन सिन्धुपाल्चोकको स्थानीय प्रशासनले पुन...

सभामुखले भने ‘प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार छैन’

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको बताएका छन् । विभिन्न राजनीतिक दल आबद्ध महिला संगठनहरुको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख...

कोरानाभन्दा खतरनाक जातीय भाइरस

देशले कोरोना भाइरसको सामना गरिरहँदा त्योभन्दा खतरनाक जातीय विभेदको भाइरस आइलागेको छ । रुकुम पश्चिमको घटनाले मानिसको आङ सिरिङ्ग मात्रै होइन, मस्तिष्कसमेत खल्बल्याएको छ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)