किरण धनगढीमा आबद्ध

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले अर्को साताबाट सुरु हुने खुकरी नेपाल सुपर लिग (एनएसएल) क्लब धनगढी फुटबल एफसीमा आबद्ध भएका छन् ।

ड्रिमर्स प्रालिको स्वामित्वमा रहेको धनगढी एफसीले बिहीबार पत्रकार सम्मेलन गर्दै मुख्य प्रशिक्षक र आइकोनिक खेलाडी घोषणा गरेको हो गो ड्रिमर्सका प्रमुख सुवास शाहीले भर्खरै नेपाललाई थ्री नेसन्स कपका उपाधि दिलाएका राष्ट्रिय टिमका कप्तान किरणलाई स्वागत गर्न पाँउदा खुसी लागेको बताएका छन् । धनगढीमा आबद्ध भएसँगै किरणले नेपाल सुपर लिगबाट निक्कै उत्साहित रहेको बताउँदै उनले लिगमा धनगढी एफसीको टिम राम्रो लागेको र यहाँबाट प्रस्ताव आउदा खुसी लागेको बताए । उनले हरेक खेल जित्नका लागि प्रयास गर्ने र यसमा आफ्नो प्रयास २ सत प्रतिशत हुने बताएका छन् ।

प्रशिक्षक नियुक्त भएका राईले फुटबलको विकास हुन गाह्रो भइरहेको देशमा फ्रेन्चाइज लिग सुरु भइरहेको यस टिममा आबद्ध हुन पाउँदा निक्कै खुसी लागेको र राष्ट्रिय टिमका कप्तान किरणको साथले सुन्दर खेल प्रदर्शन गर्ने बताएका छन् । मार्की खेलाडी विशाल राईले नयाँ प्रशिक्षक युगल र राष्ट्रिय टिमका कप्तान किरण दाईलाई हाम्रो टिम धनगढीएफसीमा स्वागत गर्न पाएकोमा खुसी लागेको र उनीहरूको आगमनले टिम थप राम्रो र बलियो बनेको बताएका छन् ।

सफल व्यासायिक खेलाडी किरणले राउन्डग्लास पञ्जाब एफसीबाट आई लिग खेलेका थिए । आई लिगको आफ्नो अन्तिम खेलअघि स्वदेश फर्केका किरणको नेतृत्वमा नेपालले चैत १६ गते थ्री नेसन्स कप मैत्रीपूर्ण फुटबल सिजनको उपाधि जितेको थियो । त्यसलगत्तै उनी एएफसी प्ले अफर दि विक चुनिएका थिए । पछिल्लो पाँच वर्षदेखि विदेशी लिगमा व्यस्त किरण घरेलु फुटबलमा फर्केका छन् ।

हाल पनि उनी भारतीय क्लब राउन्ड ग्लास पन्जाब (मिनेर्भा) नाम परिवर्तनमा आबद्ध रहेका छन् । धनगढीले राष्ट्रिय टोलीका पूर्वखेलाडीसमेत रहेका युगलकिशोर राईलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । ३७ वर्षीय राई एएफसी ‘ए’ लाइसेन्स प्रशिक्षक हुन् । थ्रीस्टार, एनआरटी, मनाङ मस्र्याङ्दी, आरसीटी र नेपाल पुलिस क्लबबाट व्यावसायिक फुटबल खेलिसकेका राईले झापा यू–१८, झापा–११ फुटबल क्लब र हालसालै ‘बी’ डिभिजनमा बाँसबारी क्लब र हालै ‘सी’ डिभिजनमा झापा फुटबल क्लबलाई प्रशिक्षण दिएका थिए ।

यस्तै, धनगढीले विदेशी खेलाडीका रूपमा नेपाली घरेलु फुटबलका चर्चित अनुहार नाइजेरियाका अफिज ओलावाले ओलाडिपोलाई क्लबमा अनुबन्ध गरेको छ । उनले घरेलु फुटबलमा मनाङ, थ्री स्टार र मछिन्द्रबाट खेलिसकेका छन् । उनी बिहीबार काठमाडौं आइपुगेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 392 times, 1 visits today)

epaper

ताजा समाचार

‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’