एकै छानामुनी सहकारी, अध्ययन केन्द्र र विश्रामस्थल

चौतारा । थकाइ लागेर आउनेहरुका लागि विश्रामस्थल, अध्ययन गर्नेहरुका लागि पर्याप्त पुस्तकहरु, बचत गर्नेहरुका लागि सहकारी, गाउँका सबै एकै ठाउँमा बसेर छलफल गर्ने भलाकुसरी गर्ने सबै सुविधा एकै छानोमुनी ।
यस्तो सुविधा त्यो पनि गाउँमा नै । स्थानीयको सक्रियतामा सुनकोशी गाउँपालिका–६ भालुखोपमा विश्रामस्थल, सामुदायिक सिकाइ केन्द्र र सहकारीको तिनै सुविधा एकै स्थानमा पाएपछि स्थानीय खुसी भएका छन् । स्थानीयबासीको सक्रियतामा भवन निर्माण मात्रै भएको छैन, इमेल इन्टरनेटलगायत सञ्चारको सबै सुविधा राखेर विश्राम गर्न आउनेहरुको लागि मनोरञ्जनको सबै सामग्रीहरु यो भवनभित्र रहेको छ । विश्रामस्थलमा आएर चिया पिउनेहरुका लागि आफैले चिया बनाएर पिउने, खानेपानीलगायतका सबै सुविधा यहाँ रहेको छ ।

उमेर समूह अनुसार मनोरञ्जनका सबै सुविधा यहाँ रहेको छ, बालिबालिकाहरुका लागि खेल्ने स्थान, युवाहरुका लागि उनीहरुको उमेर समुह अनुसारको पुस्तक, फ्रि वाइफाइ र वृद्धा उमेर समूहका लागि धार्मिकलगायत अन्य पुस्तकहरु यो छानोमुनी रहेको छ । त्यति मात्रै होइन सामान्य विरामी भएर आउनेहरुका लागि प्रथामिक उपचार कक्ष र औषधिको समेत व्यवस्था एकै छानोमुनि राखिएको छ । विश्रामस्थलमा टेलिभिजनलगायत विभिन्न पत्रपत्रिकाहरु राखेर राष्ट्रिय अन्तराष्ट्रिय खबर र घटनाहरु सहजै थाहा पाउने सुविधा पनि यहाँ रहेको छ ।

तत्कालीन जिल्ला शिक्षा कार्यालयले जिल्लाका विभिन्न स्थानमा सामुदायिक सिकाइ केन्द्र सञ्चालनको अवधारण ल्याएको थियो । विद्यालयभन्दा अन्यत्र स्थानमा यस्तो सिकाइ केन्द्र सञ्चालन गर्ने अवधारण भएपनि प्रायः सबै स्थानमा विद्यालयभित्रै यस्तो सिकाइ केन्द्र स्थापना भए पनि थुम्पाखरको यो भालुखोपमा भने विद्यालयभन्दा फरक स्थानमा नै सामुदायिक सिकाइ केन्द्रको स्थापना गरिएको सिकाइ केन्द्रका अध्यक्ष चक्रबहादुर बस्नेतले जानकारी दिए । शिक्षा कार्यालयले सिकाइ केन्द्रका लागि न्यूनतम पारीश्रमिकमा एकजना सहजकर्ता र केही सामग्री उपलब्ध गराए पनि यहाँ पनि लाखौ रुपियाँ चन्दा संकलन गरेरै भवन निर्माण समेत गरिएको अध्यक्ष बस्नेतले बताए ।
सिकाइ केन्द्रको निश्चित परिभाषा अनुसार स्थापना भएको थियो तर हामीले एकै छानोमुनि एकीकृत सेवा दिने उद्देश्यले सेवा र सुविधा दिन सुरु गरेका छौं अध्यक्ष बस्नेतले भने ।

सुविधा सम्पन्न विश्रामस्थल
लामोसाँघु जिरी सडकको ८ किलोमा रहेको यो विश्रामस्थल पनि सामुदायिक सिकाइ केन्द्रमा नै रहेको छ । सार्वजनिक यातयातका लागि सवारी साधन प्रतिक्षा गर्नेहरुका लागि मात्रै नभएर थकाइ लागेर आउने गाउँलेहरुका लागि समेत लक्षित गरेर विश्राम स्थल निर्माण गरिएको छ । स्थानीय प्रकाश बस्नेतको २०६१ साउनमा सडक दुघर्टनामा निधन भएपछि बस्नेत परिवारले उनको सम्झनामा प्रकाश स्मृति विश्रामस्थल निर्माण गरेका हुन् ।

हामीले अन्यत्र पनि प्रतिक्षालय देखेका छौं तर सबै सुविधा भएको प्रतिक्षालय छैन त्यसैले सबै सुविधा भएको प्रतिक्षालयको आवश्यकता महशुुस गरेर परिवारको सहयोगमा विश्रामस्थल निर्माण गरिएको प्रकाश बस्नेतका दाजु ताराबहादुर बस्नेतले जानकारी दिए । बस्नेत परिवारका ३१ जनाले अक्षय कोष र विश्रामस्थल निर्माणमा सहयोग गरेका थिए । भाइको स्मृतिमा परिवारको तर्फबाट विश्रामस्थल निर्माण गरिएकाले लागत भने सार्वजनिक नगर्ने परिवारले जानकारी दिएका छन् ।

बस्नेत परिवारले स्वर्गीय प्रकाशको नाममा १ लाखको प्रकाश अक्षयकोष समेत खडा गरेका छन् । सो कोषबाट यो वर्ष स्थानीय सेतीदेवी माविमा अध्ययनरत ६ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक, स्कुल ब्याग लगायतका सामग्री प्रदान गरिएको थियो । त्यस्तै सोही कोषबाट गाउँका छ जना वृद्धाहरुलाई न्यानो कपडा दिएर सम्मान गरिएको थियो ।

सामुदायिक सिकाइ केन्द्र बाटै सहकारीको स्थापना
तत्कालीन जिल्ला शिक्षा कार्यालयको सहयोगमा सामुदायिक सिकाइ केन्द्रमार्फत स्थानीय महिलाहरुको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले सञ्चालन भएको कार्यक्रमबाटै स्थानीय महिलाहरुले सहकारी कै स्थापना गरेका छन् । २०६४ सालमा सिकाय केन्द्रमा अनौपचारिक कक्षा र आयआर्जनको कार्यक्रम पनि सुरु भयो तर यसलाई दिर्घकालिन रुपमा सञ्चालन गर्न त्यतिबेला शिक्षा कार्यालयमा बजेट नभएपछि महिलाहरुकै अग्रसरतमा नयाँ बिहानी सहकारी संस्था स्थापना गरिएको सहकारीकी अध्यक्ष पदमकुमारी कार्कीले जानकारी दिइन ।

थुम्पाखर, भालुखोप आसपासका १ सय ८५ महिलाहरु अहिले सहकारीमा आवद्ध छन् र उनीहरुले २८ लाख बढी रकम बचत गरिसकेका छन् । सिकाइ केन्द्रमै महिलाहरुले अनौपचारीक शिक्षा लिनु भयो, बचत र आय आर्जन गर्न सिक्नु भयो, यसलाई दीर्घकालीन रुपमा अघि बढाउन महिलाहरु भएर सहकारी नै गठन गर्नुभयो सुनकोशी गाउँपालिका–६ का वडा अध्यक्षसमेत रहेका स्थानीय रामकुमार थापाले भने ।
महिलाहरु मात्रै शेयर सदस्य रहेको यो सहकारीमा आवद्ध महिलाहरुलाई घरयासी खर्चका लागि मात्रै होइन गाउँमा नै सानातिना व्यावसाय गर्न पनि सहकारी ले गर्दा निकै सजिलो भएको सहकारीकी कोषाध्यक्ष मुना कार्कीले बताइन् । सहकारी स्थापना भएको १० औं वार्षिकोत्सव एवम चौथो अधिवेशनको पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले भव्य समारोहका बीच उद्घाटन गरेका थिए ।

स्थानीय सरकारले सहयोग गर्ने
स्थानीय अगुवा र महिलाहरुको सक्रियतामा एकै छानोमुनी सबै सुविधा पाउँने गरी स्थापना भएको ज्ञान केन्द्रको उद्घाटनमा पुगेका पुर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले यस्ता बहुउपयोगी संस्थाहरुलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसी (विनोद) ले गाउँपालिकाले आगमी वर्ष अन्य सुविधा राख्नका लागि पर्याप्त बजेट प्रदान गर्ने र गाउँपालिकाले सहयोग गर्ने बताए ।
वडा अध्यक्ष रामकुमार थापाले वडा कार्यालयको सहयोगमा सिकाइ केन्द्रको हातामा डिजीटल सूचना बोर्ड राखिएको र आगामी वर्ष अन्य सहयोग पनि उपलब्ध गराउने बताए । गाउँपालिका र वडाको सहयोगमा सुनेकाशी गाउँपालिका–६ नम्बर वडाको विभिन्न स्थानमा यात्रु प्रतिक्षालय निर्माण गरिएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अपराध काण्डमा तानिँदै सांसदः कोही पक्राउ, कोही फरार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
स्थानीय तह निर्वाचनः घोषणापत्र बनाउँदै दलहरू