Tuesday, December 1, 2020
Home प्रदेश प्रदेश ४ कोरोना नमस्ते अभियान

कोरोना नमस्ते अभियान

पोखरा । अतिथि सत्कारमा पोखरासहित गण्डकी प्रदेश नै अग्रणी स्थानमा आउँछ । यहाँ प्रकृतिका मनोरम छटा त छँदैछन्, यहाँका मानिसको आतिथ्यताले यहाँ आउने जो कोहीलाई छुट्टै अनुभूति गराउँछ । पर्यटकीय नगरी पोखरामा विश्वका विभिन्न राष्ट्रबाट आउने पर्यटक पर्यटन व्यवसायीले नमस्तेभन्दा निकै खुशी हुन्छन् । लेकसाइडमा कतिपय विदेशी पर्यटक त नेपाली भाषाका अन्य शब्द बोल्न नजाने पनि नमस्ते भन्दै स्थानीयवासीलाई अभिवादन गरिरहेका भेटिन्छन् ।

गण्डकी प्रदेश सरकारले अघिल्लो वर्ष आफ्नो वार्षिक नीति तथा कार्यक्रममा पर्यटन लक्षित नमस्ते अभियान घोषणा गरेको थियो । अहिले भने पर्यटन लक्षित नभई कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट जोगिने सन्दर्भमा यहाँका मुख्य बजार र चोकचोकमा नमस्ते शब्दको चर्चा र यसको कार्यान्वयन हुने गरेको छ ।

विगतमा भेट्दा हात मिलाउने साथीभाइले पनि एकापसमा अहिले दुई हात जोडेर नमस्ते गर्ने गरेका छन् । विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको अवस्थामा सामाजिक सञ्जाल र विभिन्न चिकित्सकले अन्तर्वार्तामा सङ्क्रमणबाट जोगिनका लागि कोही कसैसँग हात नमिलाएर नमस्ते गर्न दिएको सुझाव यतिखेर जनस्तरबाट कार्यान्वयन गर्न थालिएको हो ।

सामाजिक सङ्घसंस्थाले पनि यतिखेर सचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखेका छन् । गण्डकी प्रदेशसभाको आइतबार बसेको बैठकमा अधिकांश सदस्यले कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी बढ्दै गरेको अवस्थामा सरकारले यसतर्फ चासो दिनुपर्ने भन्दै ध्यानाकर्षण गराएका थिए । कोरोना भाइरसको हल्लासँगै पोखराको पर्यटनमा नकारात्मक प्रभाव पारेको छ ।

भूकम्प, नाकाबन्दीलगायत विभिन्न कारणले समयसमयमा पर्यटन व्यवसाय प्रभावित भए पनि विचलित नभई आफ्नो व्यवसायलाई निरन्तरता दिएका पर्यटन व्यवसायी अहिले पनि यसको विकल्पको खोजीका लागि निरन्तर जुटिरहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल बताउँछन् । विकल्पको खोजीका साथै सम्भाव्य जोखिमबाट बच्नका लागि सचेतना अभिवृद्धि गर्न पनि आफूहरू लागिपरेको उनले बताए ।

उनका अनुसार सचेतनालाई नै लक्ष्य गरी पोखरा पर्यटन परिषद्को आयोजनामा आज साँझ लेकसाइडमा सचेतनामूलक सद्भावना ¥याली आयोजना गरिएको छ । व्यक्ति/व्यक्ति होस् वा समूहमा अहिले एकापसमा हात मिलाएर हैन नमस्ते गरौँ भन्ने भावना पनि जागृत हुँदै गएको छ । पोखराका सामान्य चिया पसल एवम् चोकदेखि प्रदेशका मन्त्रालय, प्रदेशसभा आदि स्थानमा यतिखेर एकापसमा नमस्ते गर्दै अभिवादन गरेको देख्न सकिन्छ ।

यो पनि पढ्नुहोस   मंसिर १८ गते माङसेबुङमा सार्वजनिक विदा

कोरोना भाइरसको सङ्क्रमणको हल्ला शुरु भएयता पोखराको समग्र पर्यटन व्यवसाय धरापमा परेको होटल सङ्घ नेपाल (हान) का केन्द्रीय सदस्य भरतराज पराजुली बताउँछन् । पोखरामा होटेल व्यवसायमा खर्बौंको लगानी भइसकेको बताउँदै उनले कोरोनाका कारण यतिखेर व्यवसायी ठूलो मारमा परेको उल्लेख गरे । ‘पर्यटन व्यवसायमा परेको मारलाई दृष्टिगत गर्दै सरकारले तत्काल राहतका प्याकेज ल्याउनुपर्ने देखिएको छ’, उनले भने, ‘बैँक तथा वित्तीय संस्थाले पनि यस्तो समयमा ब्याजदरमा सहुलियत प्रदान गरी बैंक तथा व्यवसाय दुवै सँगसँगै चल्न सक्ने वातावरण निर्माण गर्नु अपरिहार्य छ ।’

घुम्न आउने जो कोही सबैभन्दा पहिले पर्यटन व्यवसायीसँग ठोक्किने बताउँदै उनले सङ्क्रमणबाट जोगिनका लागि सकेसम्म सचेत बन्नाको विकल्प नभएको बताए । सम्भाव्य सङ्क्रमणबाट जोगिनकै लागि पछिल्ला दिन पोखरामा हात मिलाउने भन्दा पनि नमस्ते गर्ने प्रचलन बढिरहेको उनको भनाइ छ ।

बेलैमा सावधानी अपनाउन सके यसको सङ्क्रमणबाट जोगिन सकिने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका निर्देशक डा अर्जुन आचार्यले बताए । स्वास्थ्य संस्थाहरूले सम्भाव्य जोखिमलाई लक्ष्य गरी त्यसको तयारी गरेको बताउँदै उनले सर्वसाधारण पनि सचेत बन्नुपर्ने औँल्याए । चिकित्सकले सङ्क्रमणबाट बच्नका लागि घरबाट बाहिर सार्वजनिक यातायात एवम् भीडभाड एवम् कार्यस्थलमा जाँदा पञ्जा, मास्क आदिको प्रयोग गर्न सुझाव दिएका छन् ।

त्यस्तै नियमित स्वस्थ, स्वच्छ शरीरका साथै घरायसी प्रयोगका सामानको नियमित सरसफाइ गर्न उनीहरूको सुझाव छ । साथीभाइ भेटघाटमा हात मिलाउने, अङ्कमाल गर्ने जस्ता कुरालाई त्याग्दै नमस्कार गरेर अभिवादन गर्नुपर्नेमा उनीहरूको जोड रहेको छ ।

(Visited 96 times, 1 visits today)
Loading comments...

आजको समाचार

सांसद प्रभु साहद्वारा जयराजपूरमा ३ सय परिवारलाई ग्यास सिलिन्डर वितरण

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले चुनावी प्रतिबद्धता पूरा गर्दै गुजरा नगरपालिका(८, जयराजपूरमा...

नेकपाको ‘दस्तावेज युद्ध’

मौसम चिसिँदो छ । महामारीको त्रास कायमै छ तर खोपको अनुसन्धान र परीक्षणमा भएको हालसम्मको प्रगतिले आशा जगाएको छ । छिमेकी मुलुकहरू भारत र...

मंसिर १८ गते माङसेबुङमा सार्वजनिक विदा

इलाम । इलामको माङसेबुङ गाउँपालिकाले किरात धर्मगुरु आत्मानन्द लिङदेनको जन्मोत्सवमा सार्वजनिक विदा दिएको छ । गाउँकार्यपालिकाको बैठकको निर्णय अनुसार मंसिर १८ गते धर्मगुरु आत्मानन्दको...

नेकपा सचिवालय बैठक आज : दुवै प्रस्तावलाई एकरूपता दिलाउने प्रयाश

काठमाडौं । चुनावी गठबन्धन गर्दै पार्टी एकतासम्मको तीन वर्षमा अनेकौं उतारचढाव, आरोप–प्रत्यारोप र मनमुटाव भए पनि नेकपामा भिन्दाभिन्दै राजनीतिक प्रस्ताव नलेखेका अध्यक्षद्वयले पहिलोपटक भिन्नाभिन्नै...

स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारीमा

काठमाडौँ । कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह...

साताका लोकप्रिय समाचार

नेकपा सचिवालय बैठक आज : दुवै प्रस्तावलाई एकरूपता दिलाउने प्रयाश

काठमाडौं । चुनावी गठबन्धन गर्दै पार्टी एकतासम्मको तीन वर्षमा अनेकौं उतारचढाव, आरोप–प्रत्यारोप र मनमुटाव भए पनि नेकपामा भिन्दाभिन्दै राजनीतिक प्रस्ताव नलेखेका अध्यक्षद्वयले पहिलोपटक भिन्नाभिन्नै...

अस्ट्रेलियाको सानदार जित

सिड्नी । घरेलु टोली अस्ट्रेलियाले भारतविरुद्धको पहिलो एक दिवसीय खेलमा जित निकालेको छ । अस्ट्रेलियाले भारतलाई ६६ रनले पराजित गर्दै तीन ओडीआई सिरिजमा १–०...

परीक्षा निरिक्षण गर्न गएकी शिक्षिकाको मृत्यु

डोटी । जिल्लाको जोरायल गाउँपालिका–४ घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रुपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु (खड्का) को आज बिहान अकस्मात मृत्यु भएको...

सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा दुई जनाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरमा ट्वाइलेट्को सेफ्टी ट्याङ्की सफा गर्दा दुई जनाको ज्यान गएको छ । भीमदत्त नगरपालिका वडा नम्बर २ महुलियाकी सरस्वती भट्टको घरमा सेफ्टी...

फराकिलो बन्दै नेपाली कूटनीतिक आयाम

चिनियाँ रक्षामन्त्रीको भ्रमणसँगै नेपाली कूटनीतिक आयाम फराकिलो बन्दै गएको महसुस हुन थालेको छ । यसअघि भारतीय पक्षबाट भएको कूटनीतिक भ्रमणले नेपाल भारतबीचमा उच्चस्तरीय कूटनीतिक...

ट्रेन्डिङ

उदयपुरका नेकपा अध्यक्ष आइसोलेसनमा 

उदयपुर । नेपाल कम्युनिष्ट पाटी (नेकपा) उदयपुरका अध्यक्ष बिनोदकुमार कटुवाल आइतबार देखि कटारी अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् । कोरोना संक्रमित पत्रकारको सम्पर्कमा रहेका...

नेयमार कारबाहीबाट बचे

लिस्वन । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिली स्टार फरवार्ड नेयमारले च्याम्पियन्स लिगको फाइनल खेल्न पाउने भएका छन् । युरोपेली फुटबलको सर्वाेच्च...

शनिबारसम्म कोरोनाबाट १८ हजार ६५५ भारतीयको मृत्यु, संक्रमित ६ लाख ४८ हजारभन्दा बढी

नयाँ दिल्ली । भारतमा शनिबारसम्म कोभिड–१९ सङ्क्रमित १८ हजार ६५५ भारतीयको मृत्यु भएको भारतको संघीय मन्त्रालयले जानकारी गराएको छ । भारतमा छ लाख ४८...

संक्रमणले मध्यान्नअघिसम्म रेडियोग्राफरसहित थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट मंगलबार मध्यान्नअघिसम्म नेपालमा थप छ जनाको मृत्यु भएको छ । सुनसरी, बाग्लुङ, कास्की, सप्तरी, उदयपुर, र पर्सामा एक–एक जना...

बामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन् । सरकारको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रियसभा...

बैतडी शिवनाथका थप ३१ जनाको आरडिटी रिपोर्ट पोजेटिभ

बैतडी । बैतडीको शिवनाथ गाउँपालिकाका थप ३१ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । भारतबाट फर्केर गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा बसीरहेका ३१ जनाको मंगलबार आरडटी...

चन्द्रप्रकाश बानियाको ‘महारानी’लाई मदन पुरस्कार

काठमाडौं । आइतबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाले शान्ति ठटाललाई २०७६ सालको जगदम्बा–श्री प्रदान गर्ने निर्णय गरेको छ । सोही बैठकले चन्द्रप्रकाश बानियालाई...

यातायात कार्यालयमा छैन कोरोनाबाट बच्ने सुरक्षा विधि

काठमाडौं । विगत तीन महिनादेखि जारी लकडाउन गत १ असारबाट केही खुकुलो भएसँगै अहिले सेवाग्राही र व्यवसायीले स्वस्फूर्त रूपमा धमाधम राजस्व बुझाउन थालेका छन्...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनाले लियो बिरामीको ज्यान

सप्तरी । उपचारका लागि बिराटनगर जाँदै गरेका एक बिरामी चढेको एम्बुलेन्स दुर्घटनामा पर्दा उनको बाटोमै मृत्यु भएको छ । दुर्घटनामा मृतक परिवारका तीन जना...

बेल्जियम नागरिकले झारल र नाउरको शिकार गरे

बागलुङ । ढोरपाटन शिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो शिकार सिजनमा एक नाउर र एक झारलको शिकार गरिएको छ । नेपाल ट्राभल्स एण्ड एक्पिडेसन कम्पनीमार्फत...

१३०४ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार ७३...

स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारीमा

काठमाडौँ । कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह...

भर्खरै

अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनाले लियो बिरामीको ज्यान

सप्तरी । उपचारका लागि बिराटनगर जाँदै गरेका एक बिरामी चढेको एम्बुलेन्स दुर्घटनामा पर्दा उनको बाटोमै मृत्यु भएको छ । दुर्घटनामा मृतक परिवारका तीन जना...

नेकपा सचिवालय बैठक जारी

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । यसअघि...

बेल्जियम नागरिकले झारल र नाउरको शिकार गरे

बागलुङ । ढोरपाटन शिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो शिकार सिजनमा एक नाउर र एक झारलको शिकार गरिएको छ । नेपाल ट्राभल्स एण्ड एक्पिडेसन कम्पनीमार्फत...

१३०४ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार ७३...

धेरै पढिएका

सुवासलाई एसकेआईएफको सम्मान

काठमाडौं । नेपाल सोतोकान कराते संघ (एसकेआईएफ)ले आफ्ना पदक विजेता खेलाडी सुवास घतानेलाई आइतबार नगदसहित सम्मान गरेको छ ।
यो पनि पढ्नुहोस   बीर अस्पताल अगाडीको ढलपोखरीले महानगरको इज्जत जाँदैन ? (फोटोफिचर)
कोरोना भाइरस (कोभिड–१९)को अवधिमा भएका राष्ट्रिय...

चिनियाँ कन्टेनरले नेपालसम्म ल्याए सामग्री

काठमाडाै‌ं ।  पटकपटक बन्द हुँदै खुल्दै गरेको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानीको मितेरी पुलसम्म चिनियाँ पक्षले सामग्री ल्याउन शुरु गरेको छ । बुधबार चिनियाँ तीन...

उच्च ओहदाका को कति व्यक्ति प्रभावित !

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणबाट अहिलेसम्म पाँच जना केन्द्रीय मन्त्री प्रभावित हुनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालका अनुसार एक प्रदेश प्रमुख र...

प्रशासनमा आमूल सुधार अत्यावश्यक

सरकारको ध्यान प्रशासन सुधारतर्फ खासै पर्न सकेको छैन । स्थायी सरकारको रूपमा रहेको निजामती प्रशासनको आमूल सुधारबिना मुलुकको विकास र समृद्धि सम्भव छैन । विगतदेखि...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)