कोरोना कहर : इनरुवामा अनिश्चितकालका लागि विद्यालय बन्द

इटहरी । सुनसरी सदरमुकाम इनरुवा नगरपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै नगर प्रमुख राजन मेहताले समुदायस्तरमै कोरोना संक्रमण फैलिएको हुँदा कोरोनालाई थप फैलन नदिन नगरभित्रका विद्यालय बन्द गर्ने तथा सभा सम्मेलन, मेला, जात्राजस्ता मानिसको भीडभाड हुने कार्यहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जानकारी दिए ।

यहाँका दुई विद्यालयका दुईजना विद्यार्थीमा नयाँ भेरियन्टको कोरोना संक्रमण पुष्टि भएलगत्तै सर्वपक्षीय छलफलपछि नगरपालिकाले सो निर्णय गरेको मेहताले बताए । स्थानीय सरकारले सरोकारवालासँग छलफल गरेर उक्त निर्णय गरेको इनरुवाको नगर शिक्षा समिति सदस्य वसन्त सुवेदीले जानकारी दिए ।

सुनसरीका प्रजिअ उमेशकुमार ढकालले डिसिसिएमसी बैठकले नै विद्यालय खोल्ने वा बन्द गर्ने अधिकार स्थानीय तहहरुलाई दिएकोले सोही अनुसार इनरुवाले विद्यालयहरु बन्द गर्ने निर्णय गरेको जानकारी दिए । सरकारले संक्रमणको अवस्था हेरेर विद्यालय तथा अन्य क्षेत्र बन्द गर्ने अधिकार सम्बन्धित स्थानीय तहलाई नै दिएपछि सुनसरीमा पहिलोपटक इनरुवा नगरपालिकाले शैक्षिक क्षेत्र अनिश्चतकालका लागि बन्द गर्ने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 384 times, 1 visits today)

epaper

ताजा समाचार

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो १ बजे