राम मन्दिर कि रामराज्य ?

यस वर्षको राम नवमी पर्व ८ वैशाखलाई सबैले सम्झनुपर्ने दिन । हाल सबैतिर धर्मका नाममा राजनीतिले प्रश्रय पाउन थालेको छ । वाल्मीकि आश्रम रहेकोक्षेत्र माडी, ठोरीलाई प्रधानमन्त्री ओलीले अयोध्याका रामको जन्मस्थल भन्दै राम मन्दिर बनाउन आदेश दिएको एक वर्ष हुन लागेको छ । धर्म निरपेक्ष भनिएका देशका प्रमले त्यस क्षेत्रका नगरप्रतिनिधिलार्ई बोलाई तत्काल राम जन्मेको क्षेत्र त्यहाँ मन्दिर बनाउन निर्देशन दिएका विषयले कति मूर्त रूप लेला ? त्यो त हेर्न बाँकी नै छ । अहिले राम मन्दिरको आवश्यकता हो कि रामराज्यको ? रामराज्यकै समयमा यहीँको जनकपुरमा विदेह राजा जनकले राज्य गर्दा सुन चाँदीका भाँडाकँुडा घरबाहिरै रहने, स्वच्छ र पवित्र वातावरणका कारण बिरामी कोही नहुने, सामान्य औषधि सिटामोलसम्मको प्रयोग गर्नु-नपर्ने, पशुपक्षीले पनि आप्mनो भाषाअनुसार बोल्दा वेदमा गुनगुनाउने गर्थे भनिएको छ ।

त्यति मात्रै होइन, बोटविरुवा, वनस्पतिले पनि वेदमै सुरेली खेल्थे । राजा जनक आफैं हरेक दिन सत्संग गर्थे । कथा, प्रवचन, नीति, धर्मशास्त्रका विषयमा छलफल गर्ने गर्थे । आपूmलाई शंका लागेका विषयमा गुरु नारद आदि र नौ बालयोगेश्वरलाई बोलाई जीवन, जगत्, धर्मनीति, राजनीति, कूटनीति, नागरिक चर्चा, चिन्तन गर्थे भनी भागवत महापुराणमा लेखिएको छ । नैतिकता, इमानदारिता, राज्य सञ्चालन, न्याय, सर्व कल्याण, लोककल्याण हेतु सदा सर्वदा दत्तचित्त रहिरहन्थे भनिएको छ । अहिले चर्चा हुन्छ, केवल सत्ता अंकगणितको मात्र । त्यतिबेला मन्दिर बनाउने होडबाजी चलेन, राम मन्दिरको सट्टा रामले देखाएको बाटो अनुसरण, आदर्श पुत्र, आदर्श पिता, आदर्श र भनौं रामराज्य त्यो पनि दुई÷चार वर्ष होइन, १४ हजार वर्षसम्म अकण्टक राज्य गरेको प्रसंग रामायणमा लेखिएको छ । अहिले त्यसको ठीक उल्टो भएको छ । धेरै टाढा किन जाने ? घरका धुरीबाट धुवाँ नआएसम्म आपूm खाना नखाने राजाले पनि यसै देशमा शासन गरेको त आधुनिक इतिहास नै साक्षी छ ।

पहिलो कुरा अयोध्या र रामको कुरा नितान्त आध्यात्मिक र धार्मिक विषय हो, अर्को कुरा यो अलौकिक विषय हो, थप कुरा यो झन्डै साढे १२ लाख वर्षअघिको कुरा हो । हामी सबै लौकिक हौं, मनको आस्थाले सबै आध्यात्मिक हुन्छन् । भौतिक र लौकिक हाम्रा लागि त्यो पनि सरकारीस्तरबाट मन्दिरका विषयमा विवाद आउनु अनावश्यक विवाद ल्याउनु र त्यसमा राज्यले लगानी गर्नु उपयुक्त देखिन्न । कारण देशका सामु अरू धेरै चुनौती छन्, मुख्य त गाँस, बास, कपास, बाढीपहिरोले विस्थापित जनता, कोरोना र लकडाउनले देखिएको अस्तव्यस्त जनजीवन राज्यले ध्यान दिनुपर्ने विषय शिक्षा, स्वास्थ्य, सुरक्षा यावत विषयका लागि जनता तड्पिइरहेको अवस्थामा अलौकिक विषयतिर ध्यान मोडाएर प्रमले देशलाई भड्खालोतिर लग्न लागेको त होइन ?

राम मन्दिरको साथै रामले देखाएको बाटो अनुसरण, आदर्श पुत्र, आदर्श पिता, आदर्श शासक वा भनौं रामराज्यका लागि हामी तयार रहनुपर्छ

गत वर्षदेखि नै शंका थियो । पछि त पुष्टि नै भयो । सांसद नै नहँुदा मन्त्री बनाउने र बन्नेको लर्को त्यो पनि राष्ट्रिय सभाको एक जना झापाका खतिवडा मात्रै थिए र जन्ती नै छन् अहिले, उनकै लागि जनता फेरि उपनिर्वाचनमा गइदिनुपर्ने कस्तो संघीयता ? कस्तो गणतन्त्र छ देशमा ? कस्तो लोकतन्त्र हो यो ? महिला आयोग बन्दा पुरुष आयोग किन नबनेको ? मुस्लिम आयोग बन्दा हिन्दू आयोग किन नबनेको ? थारू आयोग बन्दा बाहुन आयोग किन नबनेको ? दलित आयोग बन्दा गैरदलित आयोग किन नचाहिने ?

रामराज्यको अर्थ हुन्छ गरिबीको अन्त्य । तर, फोस्रो नाराले यसको अन्त्य हुन्न, ओलीको राज्यमा गरिबी बढ्यो, देश ऋणमा डुब्यो । आयात निर्यात अनुपात भन्सार विभाग, ऋणको भार र विकास खर्च नै भए नभएकाको तथ्यांक मलेनिका र अर्थ मन्त्रालयको हेर्दा हुन्छ । यस धर्तीमा सबैको बाँच्न पाउने अधिकार छ । पशुपक्षी, कीटपतंगदेखि मानवसम्म । सामाजिक प्राणी मानव सबैको सहारा पनि हो । बाँच र बाँच्न देऊ सबैको मान्यता हो । मानव सुरक्षाको महत्वपूर्ण पक्ष भनेको गरिबी न्यूनीकरण नै हो । नाना, छाना, खाना, शिक्षा, स्वास्थ न्यूनतम आवश्यकता नै हो । हाम्रो देशमा संविधानले सामाजिक सुरक्षाको हकलाई मौलिक हकको रूपमा हेरेको छ । तर, बाँच्न पाउने हक भने व्यवहारतः सुरक्षित छैन । बेरोजगारी समस्या विकराल छ । समावेशी विकास, दिगो विकास सरकारी नारा कागजमा सीमित बनेको छ । कोही बलात्कृत भएर मर्छन् यहाँ, कोही मानव निर्मित साधनबाट दुर्घटना भएर, कोही एसिड छरिएर भने कोही अनायासै आएको संक्रमणबाट । अशक्त, असहाय, दीनदुःखी, गरिब, विपन्न, वृद्धवृद्धाको हालत खराब छ ।

हाम्रो देशमा संविधानले सामाजिक सुरक्षाको हकलाई मौलिक हकको रूपमा हेरेको छ तर बाँच्न पाउने हक भने व्यवहारतः सुरक्षित छैन

राम कथालाई बुभ्mदा लाक्षणिक रूपमा पनि बुभ्mनुपर्ने हुन्छ, श्रीरामका तीन प्रमुख स्वरूपमध्ये आदिभौतिक स्वरूपमा– कर्मयोगी आदर्श मानवका रूपमा चिनिन्छन् भने आदिदैविक स्वरूपमा भन्नुपर्दा उनी व्यापक ब्रह्म हुन् । आध्यात्मिक दृष्टिले उनी ज्ञानरूपी सबैका अन्तरआत्मा हुन् । भागवतले अहँ सर्वेषु भुतेषु भनेको छ । यसको अर्थ हुन्छ, ईश्वर सबै प्राणीमा छन् । मन्दिरमा अर्बौं खर्चेर मन्दिरबाहिरका गरिबलाई लात हान्नुमा मन्दिरप्रतिको आस्था हुनै सक्दैन । सुनले मन्दिर सजिने, त्यही मन्दिरसामु आर्यघाटमा खाडी देशबाट बन्दी नेपाली बाकस आउने, विदेशीले देशै डुब्नेगरी खन्याएको ऋण र अनुदान अनि आपूmले घोकेको सर्वहाराको पाठ, समाजवादको नारा र माक्र्स, लेनिन र माओको कोरा सिद्धान्तले के हुन्छ ? आपूm आलिसान महल र सुनको पलंगमा बसेर गरिबको चित्र देखाएर ब्यालेट बक्स तेस्र्याउँदै गर्दा कोरोनाको छटपटीमा कतिले प्राण त्यागे, खानै नपाएर कतिले आत्महत्या गरे ? त्यसको बहस किन नभएको संसद्मा र यही संस्थाले बिजनेस नै किन नपाएको संघीयतामा ?

हो, दशरथका तीन स्वरूपमध्ये आदिभौतिक– अयोध्या नरेश धर्मभीरु राजा, आदिदैविकमा भन्नुपर्दा उनी देवांशस्वरूप मनुका सन्तान र आध्यात्मिक रूपमा जीवरूपी दशरथ १० इन्द्रीय मानवस्वरूप भन्ने बुझिन्छ । सरयु नदीका विषयमा चर्चा गर्दा– आदिभौतिक रूपमा देवनदी, आधिदैविक रूपमा देवांशस्वरूपा, आध्यात्मिक रूपमा मानवका सुषुम्ना नाडीहरू हुन् । अनि खोइ त हाम्रा राज्य नायकमा त्यो व्यवहार ? खोइ त नदीहरूको संरक्षण ? सार्वजनिक सम्पत्ति एउटै समूहलाई पोसेको छैन र अहिलेको राज्यले ?

अयोध्याको चिन्तन गर्दा बजारसहितको नौ प्रवेशद्वार भएको सुन्दर नगरी आदिभौतिक रूपमा बुझिन्छ भने आदिदैविक स्वरूपमा बुझ्दा श्री विष्णुको साकेतपुरी र आध्यात्मिक रूपमा बुझ्नुपर्दा मानव हृर्दयरूपी अयोध्या भन्ने बुझिन्छ । त्यस्तै, यज्ञलाई बुझ्नुपर्दा सकाम कर्मयज्ञ, विष्णुस्वरूप यज्ञ र निष्काम कर्म, भक्ति या ज्ञानयज्ञ भन्ने बुझिन्छ । वशिष्ठ गुरुको चिन्तन गर्नुपर्दा आदिभौतिकमा कुलपुरोहित गुरुदेव, आदिदैविक रूपमा उनी देवांशस्वरूपा र आध्यात्मिक रूपमा भन्नुपर्दा उनी ब्रह्मनिष्ठ भन्ने बुझिन्छ ।

माता कौशल्या आदिभौतिक रूपमा आदर्शमाता कौशल्या रानी हुन् भने आदिदैविक रूपमा शतरूपा अवतार र आध्यात्मिक रूपमा भन्नुपर्दा सत्व गुणप्रधान मानव हृदयको वृत्ति भन्ने बुझिन्छ । सुमित्राचाहिँ क्रमशः आदर्शमाता, देवांशस्वरूपा र वृत्तिरूपा नै बुझिन्छ । कैकेयीलाई क्रमशः कुमातारूपी, देवांश सद्गुणी र राजशिक प्रवृत्ति परायण कैकेयी भन्ने बुझिन्छ । लक्ष्मणको चिन्तन गर्दा विनयी भाइ, देवांशरूप शेष र प्रेमरूपी सखा बुझिन्छ । शत्रुघ्न भने आदर्श, देवांश र विवेकी भन्ने बुझिन्छ ।

१४ वर्ष वनवासको चिन्तन भने समय १४ वर्ष, रावण, कुम्भकर्ण जय विजयरूपी र आध्यात्मिक रूपमा भन्नुपर्दा पाँच प्रकारको मानव कर्म र नौ प्रकारको नवधाभक्ति भन्ने बुझिन्छ । मन्त्री सुमन्त्र भने श्रेष्ठ सल्लाहकार, देवांश र संयम, एकाग्रताको प्रतीक मनरूपी मन्त्री बुझिन्छ । स्थुल सिर्जनासँग सम्बन्धित आदिभौतिक, देवतासँग सम्बन्धित आदिदैविक र आत्मासँग सम्बन्धित आध्यात्मिक हुन् । यी विषयको गहिरो चर्चा चिन्तन नै नभइकन, व्यापक वहस नै नभइकन हिन्दू धर्मलाई बढार्ने गणतन्त्र, बीपीसँगै विलय हुने कांग्रेस, राजा महेन्द्रसँगै सती जाने कम्युनिस्ट, राष्ट्र बनाउने पृथ्वीनारायणसँगै अन्त्य हुने राजतन्त्रलाई पंक्तिकारको प्रश्न !

तपाइको प्रतिक्रिया
(Visited 555 times, 1 visits today)

epaper

ताजा समाचार

अतिक्रमणको चपेटामा पोखरी र इनारले भरिभराऊ गाउँ