कोरोना संक्रमणबाट मकवानपुरमा एक जनाको मृत्यु

फाइल तस्वीर

चुरे मकवानपुर । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका निवासी एक जना पुरुषको मृत्यु भएको छ ।

केही दिन अघि मात्रै कोरोना संक्रमण भएका हेटौंडा –४ कर्रा निवासी ७४ बर्षीय एक पुरुषको आज मृत्यु भएको हो । उनको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने जनाइएको छ । कोरोनाको दोस्रो लहर सुरु भएपछि मकवानपुरमा कोरोनाबाट मृत्यु पहिलो हो । हालसम्मको पछिल्लो परीक्षणमा ६९ जनामा कोरोना संक्रमण देखिएको छ ।

मृतक संक्रमित संक्रमण पुष्टिभएपछि पनि होम आईसोलेसनमा रहेर चिकित्सकको सल्लाह र परामर्श लिदै उपचार रत रहेको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य अधिकृत भोला चौलागाँईले बताए । संक्रमितको संख्या बढ्दै गएपनि सरकारी तवरबाट उपचार कक्षको व्यवस्थापन नहुदा संक्रमित घरमा नै रहेको बताईएको छ ।

हेटौंडामा पहिलो चरणको कोरोना संक्रमण सुरु भएपछि तयार पारिएका गौरीटार र कर्रा आईसोलेसन बन्द भएपछि अहिले अस्पताल परिसरमै आईसोलेसन कक्ष तयार गर्ने ’bout छलफल भइरहेको हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले बताए । यसै बिच हेटौंडा उपमहानगरपालिका भित्र रहेको शैक्षिक संस्थाहरुमा आजबाट पठनपाठन बन्द गरिएको छ ।

हेटौंडाको शैक्षिक संस्थाहरु गरेर बन्द गरेर अनलाईन मार्फत कक्षा संचालन गराउन कोभिड–१९ संक्रमण रोकथाम तथा संकट व्यवस्थापन केन्द्रले हिजो मंगलबार निर्णय गरेपछि आजबाट विद्यालयहरुमा पठनपाठन बन्द गरिएको हो । यद्यपि पुर्व निर्धारीत परिक्षा कार्यक्रमहरु भने सुचारु नै रहेको छ ।

कोरोना संक्रमण जोखिमका कारण मकवानपुरको हेटौंडा उपमहानगरपालिका भित्रका सार्वजनिक तथा निजी विद्यालय वैशाखभर बन्द हुने छन् । कोभिड–१९ संक्रमण रोकथाम तथा संकट व्यवस्थापन केन्द्र मकवानपुरको मंगलबार बसेको बैठकले गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट आएका निर्णयहरूलाई जिल्लामा बैसाख ७ गते देखि लागू हुने गरी कार्यान्वयन गर्ने निर्णय गरेसंगै हेटौंडा उपमहानगरपालिका भित्रको सार्वजनिक तथा निजी विद्यालयहरु बन्द गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताए ।

प्रमुख जिल्ला अधिकारी पाण्डेको अध्यक्षतामा बसेको बैठकले हेटौंडा भित्रका शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम केन्द्र) मा उपस्थित नभई शैक्षिक गतिविधि २०७८ बैशाख मसान्तसम्म अनलाईन कक्षा संचालन गर्ने निर्णय गरेको गरेको हो । यसैगरि जिल्लाका ९ स्थानीय तहहरुले आफ्नो स्थानीय तह अन्तर्गतका विद्यालयहरूमा जनस्वास्थ्यका मापदण्डहरू अनिवार्य पालना गराई पठन पाठन गराउन सक्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 302 times, 1 visits today)

epaper

ताजा समाचार

सप्तरीमा एउटा फेला पर्दा अर्को बेपत्ता