Monday, May 17, 2021
Home प्रदेश प्रदेश ३ रेम्डेसिभिर, खोप र अक्सिजन अभाव

रेम्डेसिभिर, खोप र अक्सिजन अभाव

प्रशान्त वली,

काठमाडौं । कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिजन चरम अभाव खड्किएको छ ।

दैनिक संक्रमणदर २ हजारमाथि पुगे पनि आमनागरिकले खोप पर्याप्त नहुँदा खोप लगाउन पाएका छैनन् । अस्पताल भर्ना भएका र गम्भीर बिरामी कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर बजारमा सहज रूपमा पाइन छोडेको छ ।

– स्वास्थ्य मन्त्रालय भन्छ, अभाव खड्किन नदिन निरन्तर लागेका छौं
– एकैदिन २ हजार ३ सय ५१ संक्रमित थपिए, १० को मृत्यु

अस्पतालमा अक्सिजन प्लान्टसमेत अभाव छ । चिकित्सक र जनस्वास्थ्य विज्ञले संक्रमण रोकथाममा अत्यावश्यक मानिएको खोप, रेम्डेसिभिर र अक्सिजन तयारी अवस्थामा राख्न सरकारलाई सुझाव दिएका छन् । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले संक्रमण रोकथाममा कुनै कसर बाँकी नराख्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन नै दिएको छ ।

भारत सरकारबाट नेपालले खरिद गरेको १० लाख डोज खोप नेपालले पाउन सकेको छैन । यसअघि, भारतबाट खरिद गरिएको १० लाख डोज, उपहारस्वरूप प्राप्त १० लाख डोज उमेर समूहका आधारमा लगाइएको छ ।
कोभ्याक्स सुविधाअन्तर्गत नेपालले ३ लाख ४८ हजार डोज कोरोना खोप पाइसकेको छ । चीन सरकारको कम्पनी सिनोफार्मद्वारा उत्पादित कोरोना भाइरसविरुद्धको खोप ८ लाख डोज उपलब्ध गराइएको थियो । पर्याप्त खोप नआउँदा अधिकांश लगाउनबाट वञ्चित छन् ।

रेम्डेसिभिरसमेत सहज रूपमा उपलब्ध हुन सकेको छैन । अस्पताल भर्ना भएका र गम्भीर बिरामी कोरोना संक्रमित उपचारमा रेम्डेसिभिर प्रयोग प्रभावकारी मानिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल बजारमा १३ हजार भाइल स्टक रहेको बताउ“छन् । ‘३६ हजार भाइल रेम्डेसिभिर स्टकमा राख्नुपर्नेहुन्छ,’ उनी भन्छन्, ‘रेम्डेसिभिर सहज आपूर्तिका लागि मन्त्रालयले पहल गरिरहेको छ ।’

स्वास्थ्य मन्त्रालयले भारतले रेम्डेसिभिर आयातमा रोक लगाएको अवस्थामा बंगलादेशबाट खरिदका लागि प्रक्रिया अघि बढाएको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. पोखरेलले रेम्डिसिभिर आपूर्तिका लागि औषधि व्यवस्था विभागलाई निर्देशन दिइएको जानकारी दिए ।

त्यस्तै, अक्सिजन प्लान्टसमेत अभाव देखिएको गुनासो आउन थालेको छ । मन्त्रालयले आठ ठूला अस्पतालमा अक्सिजन प्लान्ट व्यवस्था गरिने जनाएको छ । चिकित्सकका अनुसार सास फेर्न समस्या भएका बिरामी संख्या बढ्दै गए अक्सिजन आवश्यक पर्छ ।

कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले जनस्वास्थ्य मापदण्ड पालना अक्षरशः पालना गरौं । संक्रमण रोकथामका लागि विगतको समीक्षा गरेर मन्त्रालय अघि बढिरहेको छ ।
डा. रोशन पोखरेल, प्रमुख विशेषज्ञ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमण रोकथामका लागि खोप, अक्सिजन प्लान्ट र रेम्डिसिभिर अत्यावश्यक मानिने बताए ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. पोखरेलका अनुसार संक्रमण बढेपछि काठमाडौं उपत्यकामा २ हजार बेड सञ्चालनमा ल्याइएको छ । ‘सातै प्रदेशमा २ हजार आइसोलेसन बेड तयारी अवस्थामा राख्न सूचित गरिएको छ,’ उनले भने, ‘आइसोलेसन बेड अस्पतालसँग जोडिनेछन् ।’

भारतसँग सीमानाका जोडिएका १३ स्थानमा हेल्थ डेस्क स्थापना गरिएको छ । उपचारका लागि आवश्यक अक्सिजन आयात प्रक्रिया पनि अघि बढाइएको छ । काठमाडौं उपत्यका र अन्य ६ वटै प्रदेशमा गरी ४ हजार आइसोलेसन बेड तयारी अवस्थामा छन् ।

स्वास्थ्य मन्त्रालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रहसमेत गरेको छ । मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले हरेक चार दिनमा संक्रमण दर दोब्बर वृद्धि हुँदै गएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरे ।

यही अवस्थामा संक्रमण बढे स्वास्थ्य संरचनाले धान्न नसक्ने भन्दै स्वास्थ्य मन्त्रालयले कोरोना जोखिम न्यूनीकरणका लागि सबैले जनस्वास्थ्य मापदण्ड कडाइसाथ पालना गर्न अपिल गरेको छ ।

यसैबीच, देशभर बुधबार संक्रमित संख्या २ हजार नाघेको छ । एकैदिन २ हजार ३ सय ५१ मा कोरोना देखिएको छ । हाल, देशभर १० हजार ५ सय ८२ आइसोलेसन र ८६ जना क्वारेन्टाइनमा छन् । पछिल्लो २४ घण्टामा २ सय ८७ जना डिस्चार्ज भएका छन् ।

कुल संक्रमितमध्ये १ हजार ५१ जना मात्रै काठमाडौं उपत्यकामा देखिएका छन् । जसअन्तर्गत काठमाडौंमा ७ सय ८६, ललितपुरमा १ सय ८१ र भक्तपुरमा ८४ संक्रमित भेटिएका छन् ।

(Visited 150 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

कोरोना नियन्त्रणमा अन्तर्राष्ट्रिय क्षेत्र सक्रिय

काठमाडौं । अन्तर्राष्ट्रिय क्षेत्रले नेपालमा कोभिड नियन्त्रणका लागि पहल अघि बढाएका छन् । नेपालमा कोभिड–१९ दोस्रो लहर फैलिएसँगै दैनिक संक्रमित र मृत्यु हुने दर...

ढुंगाले लागेर अरुण तेस्रोको सुरुङ भित्र एक मजदुरको मृत्यु

संखुवासभा । संखुवासभाको निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको सुरुङ भित्र एक जनाको मृत्यु भएको छ । चिचिला गाउँपालिका–३ पुखुवामा रहेको विद्युत्...

गण्डकीमा मुख्यमन्त्रीमा पुनः पृथ्वीसुव्वा गुरुङ नियुक्त

पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले बुधबार साँझ उनलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । प्रदेश प्रमुख...

पुणे प्रहरीलाई ज्याक्लिनको सहयोग

मुम्बई । बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डिजले यतिबेला पुणे प्रहरीबाट निकै प्रसंसा पाएकी छन् । कोरोना संक्रमणको महामारीसँगै पुणेमा केही दिनदेखि जारी कफ्र्युका कारण पुणे...

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

ट्रेन्डिङ

बेपत्ता भएका विद्यार्थीको शव भेटियो

बैतडी । दार्चुलाको मार्मामा एक बिद्यार्थीको शव भेटिएको छ । लटिनाथ माध्यमिक बिद्यालयमा कक्षा १२ मा अध्ययनरत अनिल टमाटाको शव आज बिहान भेटिएको हो...

कोरोना संक्रमणबाट गण्डकीमा थप ३ जनाको मृत्यु

पोखरा । गण्डकी प्रदेशका गएको २४ घण्टामा ३ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । मृत्यु हुनेमा २ पुरुष र १ महिला छन्...

अपहरणमा परेको भनिएका सदा घरबाटै पक्राउ

लहान । अपहरणमा परेको भनिएका सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ का २५ वर्षीय रामभजन सदा घरबाटै पक्राउ परेका छन् । उनीमाथि सिरहा प्रहरीले...

अक्सिजन सिलिन्डर र भेन्टिलेटरसहितको सामग्री लिन निगमको जहाज सोमबार चीन जाने

काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० विमान आगामी सोमबार चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन...

बनमा लागेको डढेलो बस्तीमा पुग्यो, चार घर जलेर नष्ट

भोजपुर । सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा भोजपुरमा चार घर जलेर नष्ट भएका छन् । विहिबार वेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) का...

कोरोनाबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या ३३६ पुग्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रणबाट १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान...

बेवारिसे बम विस्फोट हुँदा रोल्पामा ४ बालबालिकाको मृत्यु

रोल्पा । त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा आज अपराह्न भएको बम विस्फोटमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् । गाउँदेखि केही टाढाको खोलामा बमको ठूलो आवाज...

भारतमा कोरोनाबाट ७४ हजार संक्रमित, २४ हजारभन्दा बढी निको

नयाँदिल्ली । भारतमा बुधबार बिहानसम्ममा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ७४ हजार २८१ पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४...

रुकुम घटनाका दोषीमाथि कारबाही गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले रुकुम पश्चिम घटनामा सङ्लग्नलाई कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता दोहो-याएका छन् । सङ्घीय संसद्को कानून, न्याय तथा मानवअधिकार समितिको...

पनौतीमा गोली चल्यो, तीन प्रहरी घाईते

काभेपलाञ्चोक । काभेपलाञ्चोक  जिल्लाको पनौतीमा टिपरले ठक्कर दिएर मृत्यु भएको विषयलाई लिएर पनौती, बसपार्क क्षेत्र तनावग्रस्त भएको छ । प्रहरीले स्थानीयहरुको भिडलाई नियन्त्रणमा...

कोरोनाबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ३०० पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३००...

नागरिकमा सूचनाको पहुँच नै लोकतन्त्रको आभास

नेपालको संविधानको धारा २७ मा प्रत्येक नेपालीलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हकको व्यवस्था गरिएको छ । यो...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)