सरुमारानी गाउँपालिकामा ‘छोरी पेवा बचत कार्यक्रम’

प्यूठान । छोरा र छोरीमा गरिने लैङ्गिक विभेद हटाउन सरुमारानी गाउँपालिकाले ‘छोरी पेवा बचत कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । पालिकाका सवै छोरीलाई शिक्षामा पहुँच पु-याउँदै विभेद कम गर्न कार्यक्रम सञ्चालन गरेको हो ।

आर्थिक वर्ष २०७५-०७६ देखि शुरु गरिएको कार्यक्रम प्रभावकारी बन्दै गएको गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए । जन्म भएका छोरीको नाममा पालिकाभित्रका दुईवटा सहकारीमा रकम जम्मा गरिदिने गरेको छ । ऐरावती बहुउद्देश्यीय साना किसान सहकारी संस्था बड्डाँडा र साना किसान कृषि सहकारी संस्था बांगेशालसँग सहकार्य गरि रकम जम्मा गरिदिने गरेको अध्यक्ष विश्वकर्माले बताए ।

कार्यक्रमबाट हालसम्म २४८ जना छोरीहरु लाभान्वित भएका छन् । आ.व. २०७५-०७६ मा ७८ जना, आ.व. २०७६-०७७ मा ८१ जना र चालु आर्थिक वर्षको दोश्रो चौमासिकसम्ममा ८९ जना छोरीहरु लाभान्वित भएको गाऊँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि रेग्मीले जनाए । मासिक एक सय रुपैंया वचतबाट शूरु भएको कार्यक्रम दोश्रो वर्षमा दूई सय र तेश्रो वर्षमा तीन सय रुपैंया रकम गाउँपालिकाले खातामा जम्मा गर्ने गरेको छ ।

प्रत्येक वर्ष १०० रुपैंयाका दरले बढाउँदै १० वर्षसम्म पालिकाले छोरीको नाममा रकम जम्मा गरिदिने छ । अभिभावकले त्यसलाई थप गर्दै थप १० वर्ष रकम जम्मा गरिदिने छन् । छोरीहरु २० वर्षपुगेपछि उक्त रकम निकाल्न मिल्नेछ ।

कार्यक्रम कार्यान्वयनका लागि पालिकाले कार्यविधी समेत बनाएको छ । ‘यो हाम्रो मौलिक कार्यक्रम हो ।’ ,अध्यक्ष विश्वकर्माले भने, ‘कार्यक्रमले छोरीमाथि हुने हिंसा न्यूनीकरण गर्ने, बालविवाह कम गर्ने, शिक्षामा पहुँच पु¥याउने अपेक्षा लिएका छौं ।’

कार्यक्रम लागु भएपछि अभिभावक समेत खुशी भएका छन् । पालिकाले शुरु गरेको वचतमा अभिभावकहरुले पनि रकम थप गरी बचत गर्ने अभ्यास गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 531 times, 1 visits today)

epaper

ताजा समाचार

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजद्वारा प्रधानमन्त्री राहत कोषमा ३ करोड सहयोग