विद्यार्थीमा कोरोना संक्रमण भएपछि धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द

धनकुटा । विद्यार्थीमा कोरोना भइरसको संक्रमण देखिएकाले धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने भएको छ । धनकुटा नगरपालिका संकट व्यवस्थापन समितिको वुधवार बसेको बैठकले बैशाख ९ गतेदेखि १७ गतेसम्म नगर क्षेत्रभित्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

धनकुटा नगरपालिका–६ स्थित धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्समा अध्ययनरत २० बर्षीय छात्रमा वुधवार कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनअघिदेखि ज्वरोले सताएपछि उनी मंगलवार जिल्ला अस्पताल भर्ना भएका थिए । पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको जिल्ला अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोख्रेलले जानकारी दिए । उनमा ज्वरोसहित निमोनियाको समस्या पनि देखिएको छ । यता, उनी अध्ययनरत कलेजका एक दर्जन भन्दा बढी विद्यार्थीमा पनि ज्वरो आउँने, रुघाखोकी लाग्ने जस्ता कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ । यसरी एक विद्यार्थीमा लक्षणसहितको संक्रमण देखिनु र अन्य विद्यार्थीमा पनि उस्तै लक्षण देखिएपछि सतर्कता अपनाउँन नगरपालिका क्षेत्रभित्रका विद्यालय बन्द गर्न लागिएको हो ।

सीसीएमसीको निर्णय सार्वजनिक गर्दै धनकुटा नगरपालिकाकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले जारी गरेको सूचनामा भौतिक उपस्थितीमा हुँने पठनपाठन बन्द गरी भर्चुवल वा वैकल्पिक सिकाई विधि प्रयोग गर्न विद्यालयहरुलाई भनिएको छ । यता, परीक्षा सञ्चालन भइरहेको भए स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गरेर मात्र परीक्षा लिन आग्रह गरिएको छ ।

यसैबीच, संक्रमण देखिएको धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्सले यसअघि वुधवार बिहान नै सूचना जारी गरेर अर्को सूचना जारी नभएसम्मका लागि कलेज बन्द भएको जनाएको छ । कलेज बन्द गरेर लक्षण देखिएका विद्यार्थीहरुलाई पीसीआर परीक्षण गराउँन भनिएको कलेजका प्रशासन प्रमुख खगेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।

केही दिन अघि पनि धनकुटा १० का एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित अहिले होम आइसोलेशनमा छन् । पहिलो चरणको कोरोना संक्रमण दर शुन्यमा झरेको धनकुटामा केही दिनयता पुनः संक्रमण देखिन थालेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 314 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
६३८ पालिकाको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)