काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको दोस्रो दिनको वार्ता सकिएको छ । नक्सालमा रहेको होटल मेरियटमा ओली र नेपालबीच भेटवार्ता भएको हो । भेटमा के कुराकानी भयो भन्ने’bout दुवै नेता खुलेका छैनन् ।
मेरियटमा बुधबार साँझ करिब साढे दुई घण्टा प्रधानमन्त्री ओली र नेपालबीच वान टू वान वार्ता भएको थियो । पार्टी अध्यक्ष ओलीले माधवकुमार नेपालसहित २७ जना सांसदलाई स्पष्टीकरण सोधेको भोलिपल्ट दुई नेताबीच वार्ता भएको हो ।
गत चैत २ गते एमाले कार्यालय धुम्बाराहीमा भएको भेटवार्ता भएपछि पहिलो पटक ओली र नेपालबीच बुधबार वार्ता हुन पुगेको थियो भने आज त्यसैलाइ निरन्तरता दिइएको हो ।
तपाइको प्रतिक्रिया
(Visited 467 times, 1 visits today)






