Tuesday, May 11, 2021
Home बिचार संक्रमण रोकथामका लागि गम्भीर बन

संक्रमण रोकथामका लागि गम्भीर बन

राजधानी समाचारदाता,

कोरोना महामारी संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपाल यसको उच्च जोखिममा रहँदै आएको छ । नेपाल आफैंमा ट्रान्जिट पनि हो । भारत र चीनजस्ता ठूला छिमेकी देशका कारण पनि यो ट्रान्जिट बनेको छ । यति मात्र होइन, विश्वसँग यसको आफ्नै सम्बन्ध छ । हवाई उड्डयनले यसलाई विश्वका धेरैजसो देशसँग जोडेको छ । कोरोना महामारीले गर्दा यो सम्बन्ध र सम्पर्क नेपाली जनस्वास्थ्यका लागि उच्च खतरा बनिरहेको छ । हाल देशमा फैलिइरहेको कोरोना महामारीको दोस्रो लहरमा विश्वका विभिन्न भ्यारियन्टको मिसावट नेपालमा पाइन थालेको विज्ञ तथा विशेषज्ञहरूको अनुसन्धानसँगै कल्पना गरिएकोभन्दा खतरा निम्तने देखिएको छ । हाल देशमा यूके भ्यारियन्ट, अफ्रिकी एपी–वान र दिल्ली भ्यारियन्टले एकसाथ आक्रमण गरिरहेका छन् । यी एक्लाएक्लै पनि र मिश्रित रूपमा पनि देखिने खतरा बढेर गएको छ । पहिलो लहरभन्दा भिन्न रूपमा देखिएका यी भ्यारियन्टको आक्रामक क्षमता पनि बढी छ । यिनले मानिसको मिर्गाैला र कलेजोमा बढी आक्रमण गरिरहेका छन् । छातीमा गरिने आक्रमण पनि पहिलेको लहरमा भन्दा निकै आक्रामक र गम्भीर प्रकृतिको रहेको छ ।

यी भ्यारियन्टले लक्षण पनि भिन्न देखाउने गरिरहेका छन् । पहिले देखिएका लक्षणमा थप नाकबाट निरन्तर सिँगान बगिरहने, शरीरको तौल घट्ने, खानामा रुचि नहुने, लगातार पखाला लाग्ने आदि देखिएका छन् । शरीर पनि बढी दुख्ने र आँखा पोल्ने वा च्यातिएझैं हुनेगरी टाउको दुख्ने लक्षण पनि थप देखिएको छ । यस्तो बेलामा नेपालमा औषधिको अभाव हुने र सेवा नपाइने हो कि भन्ने चिन्ता बढेर गएको छ । दोस्रो लहरको कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै गइरहेको छ । तथापि, यसको रोकथामका लागि हालसम्म प्रयोगमा ल्याइएका अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिजनको चरम अभाव हुँदै गइरहेको सेवा प्रदायक नै स्वीकार गरिरहेका छन् । दैनिक संक्रमणदर २ हजारमाथि हुँदै गएको छ । आम नागरिकले पहिलो चरणको पहिलो खोप पनि पाएका छैनन् । चीनबाट ल्याइएको खोप पनि प्रभावकारी रूपमा लगाउन सकिएको छैन । यता अस्पतालमा भर्ना भएका संक्रमितहरू गम्भीर अवस्थामा रहेका छन् । यिनीहरूलाई व्यवस्थित उपचारको सम्भावना कमै छ । सरकारी प्रतिबद्धता केवल प्रतिबद्धतामा सीमित नरहून् भन्ने जनताको चाहना छ । एकै दिनमा २ हजार ३ सय ५१ जना संक्रमित थपिन थालेका छन् भने एकै दिनमा १० जनाको मृत्यु हुन थालेको छ ।

यस्तो बेला बिनाढिलाइ स्वास्थ्य सेवा दिइने ठाउँमा आवश्यक औषधि तथा सामग्रीको व्यवस्था गरिनु जरुरी छ । अस्पतालमा अक्सिजन प्लान्ट अभाव हुन नदिन र कोरोना कक्ष निर्माण गरी सेवा दिन सरकारले पनि आवश्यक सहयोग र सहकार्य गर्नु जरुरी छ । यसका साथै स्वास्थ्य अग्रमोर्चामा खट्ने स्वास्थ्यकर्मी तथा कर्मचारी आदिको सेवासुविधा र सुरक्षाका लागि विशेष ध्यान दिइनुपर्छ । यसका लागि सरकारी तथा निजी क्षेत्रले समय छँदै उच्च प्राथमिकताका साथ पहल लिनु जरुरी छ । मानवसेवाका लागि समर्पित हुनु मानव जातिका लागि सबैभन्दा ठूलो उपकार हो भन्ने नैतिक मान्यतालाई पनि बढावा दिनु जरुरी छ । संक्रमण रोकथामका लागि सबै पक्ष गम्भीर बन ।

(Visited 81 times, 1 visits today)
Loading comments...

आजको समाचार

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी...

हारबाट जोगियो रियल

उपाधि होडमा रहेको साविक विजेता रियल मड्रिड आइतबार राति हारबाट जोगिँदा स्पेनिस ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । उपाधि भिडन्तमा निकै...

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन...

काठमाडौंलाई बदला लिने अवसर

खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी...

साताका लोकप्रिय समाचार

अस्पतालकाे भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

भजनी ।  कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा...

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत...

काेराेना संक्रमणबाट एकै दिन १३९ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा कोरोनाभाइरसबाट एकैदिनमा सोमबार १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९,२७१ जना संक्रमित...

स्कुल पढ्दै स्वर परिक्षामा पास भएका थिए प्रेमध्वज प्रधान

काठमाडौ । सुगम संगीतका एक धरोहर बरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधान अब हामीमाझ रहेनन् । तिमीलाई अचेल कहाँ देखुँ, घुम्तीमा नआउ है...जस्ता कैयौं...

कान्ति अस्पतालमा आज भेटिए थप पाँच सङ्क्रमित

काठमाडौँ । आज कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा सङ्क्रमण पुष्टि भएको छ । आज पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या...

ट्रेन्डिङ

बिग बास खेल्न सन्दीप अष्ट्रेलियातिर

काठमाडौं । लेग स्पिनर सन्दीप लामिछाने बिग बास खेल्न आज अष्ट्रेलिया उडेका छन् । उनी आज मंगलबार बिहान ११ बजे कतार एयरवेजबाट अस्ट्रेलिया उडेका...

२ महिने शिशुसहित दुई दिनमा ६२ संक्रमित कोरोना जितेर डिस्चार्ज

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालबाट कोरोना जितेर आइतबार राती पौने ११ बजे १८ जना डिस्चार्ज भएका छन् । योसँगै पर्साको वीरगन्जस्थित नारायणी अस्पतालबाट अहिलेसम्म...

७१० जना कोरोना संक्रमित थपिए, १२ जनाको मृृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म देशभर कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५३...

लिभरपुलको पहिलो प्रतिद्वन्द्वी लिड्स

लन्डन । इंग्लिस प्रिमियर लिगको नयाँ सिजन २०२०–२१ को खेल तालिका सार्वजनिक भएको छ । प्रिमियर लिगको नयाँ सिजन १२ सेप्टेम्बरबाट सुरु भएर २३...

नयाँ परराष्ट्र नीति : छिमेकीसहित सबै मुलुकसँग सन्तुलित सम्बन्ध

काठमाडौं । परराष्ट्र मन्त्रालयले पहिलो पटक एकीकृत परराष्ट्र नीतिको दस्तावेज सार्वजनिक गरेको छ । परराष्ट्र नीति सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा सुरक्षा चुनौतीका रूपमा...

चट्याङ लागेर २ जनाको मृत्यु

जनकपुरधाम । चट्याङ लागेर धनुषा र महोत्तरीमा गरी दुई जनाको ज्यान गएको छ । धनुषाको मिथिला नगरपालिका७ केमलीपुरकी ४८ वर्षीया छिनमाया काफ्लेको चट्याङ लागेर...

विस्थापित बस्तीमा सेनाको स्वास्थ्य शिविर (फोटोफिचर)

बाह्रबिसे । पहिरोबाट विस्थापित भएर आफ्नो थातथलो छाडेर बासखर्कको वन क्षेत्रमा बस्दै आएका लिदी पहिरो पीडितहरुलाई लक्षित गरेर नेपाली सेनाले स्वास्थ्य शिविरको आयोजना गरेको...

महिला शङ्कास्पद अवस्थामा मृत फेला

महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिका–३ भङ्गाहा बस्तीमा एक २१ वर्षीया विवाहित महिला आफ्नै घरमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन् । राकेश झाँकी पत्नी कञ्चन...

बजार अनुगमनमा तीव्रता देऊ

नेपालीको रमाइलो चाड तिहार आउँदै गर्दा बजारमा अराजकता र मनोमानी देखिएको छ । वस्तुभाउको मूल्य छोइनसक्नु गरी उकालो लागेको छ । उही सामानको मूल्य...

प्यानिच बार्सिलोना आए

बार्सिलोना । इटालियन च्याम्पियन युभेन्टसला बोस्नियन मिडफिल्डर मिरालेम प्यानिच क्याटलान क्लब बार्सिलोनामा अनुबन्धित भएका छन् । बार्सिलोनाले सोमबार प्यानिचको अनुबन्धन जानकारी दिएको हो । प्यानिचले...

करेन्ट लागेर सप्तरीमा तीन जनाको मृत्यु

लहान । सप्तरी जिल्लाको बोदे बरसाइन नगरपालिकामा करेन्ट लागेर विहिबार एक जनाको ज्यान गएको छ । होल्डरमा बत्ती लगाउने क्रममा वडा नम्बर ९ की...

अमेरिकाविरुद्ध नेपाल ८ विकेटले विजयी, सन्दीपको नाममा ६ विकेट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग– २ को अन्तिम खेलमा अमेरिकाविरुद्ध नेपाल ८ विकेटले विजयी भएको छ । टस जितेर ब्याटिङको निम्तो पाएको अमेरिका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)