कोइरालाको ‘न्युरोडका झाँकी’ विमोचित

काठमाडौं । साहित्यकार एवं पत्रकार तुलसीहरि कोइरालाले कथासंग्रह ‘न्युरोडका झाँकी’ बजारमा ल्याएका छन् । उनको यो कृतिको वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले आफ्नै निवासमा भएका समारोहबीच विमोचन गरेका छन् । शिखा बुक्सद्वारा प्रकाशित ‘न्युरोडका झाँकी’मा १९ वटा कथा संग्रहित छन् ।

कार्यक्रममा बोल्दै जोशीले नेपाली साहित्यलाई अंग्रेजी भाषामा अनुवाद गरेर विश्व बजारमा पु¥याउन आवश्यक भएको बताए । नेपाली साहित्य उत्कृष्ट हुँदाहुँदै पनि ओझेलमा पर्नुका पछाडि अन्तर्राष्ट्रिय पाठकसमक्ष पुग्न नसक्नु पनि एक कारण रहेको जोशीले बताए ।

लघुकथा समाज नेपाल र शिखा बुक्सद्वारा आयोजित सो कार्यक्रममा बोल्दै जोशीले नेपाली कथा साहित्यको ढिलोगरी विकास भएको र न्युरोडको झाँकीले सो विकासमा अझ टेवा प¥याउने विश्वास आफूले लिएको बताए ।

कथामाथि समीक्षात्मक टिप्पणी व्यक्त गर्दै प्राडा कुमारप्रसाद कोइरालाले ग्रामीण परिवेश, मधेश र काठमाडौंका त्रि–परिवेशीय पात्रलाई टिपेर कथा सिर्जना गरिएकाले तुलसीहरिले पाठकप्रिय कथा तयार गरेका छन् भने ।

कार्यक्रममा वाङ्मय शताब्दीपुरुष जोशीले लघुकथा समाजद्वारा स्थापित ‘बाटुली–खिलध्वज लघुकथा सम्मान–२०७७’ लघुकथाकार ध्रुव मधिकर्मीलाई प्रदान गरे । सो उनलाई सम्मानसँगै १५ हजार १ रुपैयाँ प्रदान गरियो ।

लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा ध्रुव मधिकर्मी, पुरस्कार गुठीका तर्फबाट सानुभाइ पण्डित र साहित्यकार मणि लोहनीले पनि पुस्तक’bout चर्चा गरे ।

तपाइको प्रतिक्रिया
(Visited 258 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रपति पौडेलद्वारा सार्वजनिक खरिद अध्यादेश जारी