कोलकताविरुद्ध दिल्लीको सनसनीपूर्ण जीत

नयाँदिल्ली । भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–२० मा हिजो बिहीबार दुई खेल सम्पन्न भए । पहिलो खेल राजस्थान रोयल्सविरुद्ध मुम्बइ इन्डियन विजयी भयो भने दोस्रो खेलमा दिल्लीले कोलकतालाई पराजित गर्यो । राजस्थानविरुद्ध मुम्बाइ ७ विकेटले विजयी भयो । यता दिल्लीले पनि कोलकतालाई ७ विकेटले नै पराजित गरेको थियो ।

जीतसँगै दिल्ली क्यापिटल्स अंंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । कोलकत्ताले दिएको १ सय ५५ रनको लक्ष्य दिल्लीले १६ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गरेको हो । दिल्लीको जितमा पृथ्वी शाले ८२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४१ बलमा ११ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै शिखर धवनले ४६ रन बनाए । कप्तान ऋषव पन्त १६ रनमा आउट भए । कोलकत्ताका पाट कुमिन्सले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।

कोलकत्ताका लागि आन्द्रे रसेलले अविजित रहदै सर्वाधिक ४५ रन बनाए । जितसँगै दिल्लीले लिगमा पाँचौ जित निकालेको छ । जितसँगै ७ खेलमा दिल्लीले १० अंक जोडेको छ । रोयल च्यालेन्जर्स बैंगलोरलाई पछि पार्दै दिल्ली दोस्रो स्थानमा उक्लिएको हो । कोलकत्ता यो पाँचौ हार हो । पाँचौ स्थानको कोलकत्ताले ७ खेलमा ४ अंक जोडेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 153 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दोधारा चादनीमा एमालेका लिम्बू र उपमेयरमा काग्रेसकी उपमेयर निर्वाचित