सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन स्थित सासापुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्व जाँदै गरेको ना ८ ख ८५२१ नम्बरको ट्रकले सोमबार राति ना ४८ प १७०१ नम्बरको मोटरसाईकल लाई ठक्कर दिँदा मोटरसाइकल चालक हरिरवन नगरपालिका – ४, तिनघरेका २२ वर्षीय रोशन भुजेलको घटना स्थलमै भएको हो ।
भुजेलको ज्यान गएपछि ठक्कर दिने ट्रकमा स्थानीयले आगजनी गरेका छन। घटनापछि स्थानीयले तीन घण्टा देखि पूर्व पश्चिम राजमार्ग अबरुद्ध पारेका छन। प्रहरीले मृतक भुजेलको शव आफन्तलाई विना जानकारी परिक्षणको लागि मलंगवा अस्पताल पठाएको भन्दै ट्रकमा आगजनी गरेका हुन ।
ट्रकको ठक्करबाट सोही मोटरसाइकलमा सवार अर्को एक जना पनि घाइते भएका छन । ठक्कर दिने ट्रक चालक फरार रहेकोले खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए ।






