नेपाल बैंकको ब्रान्ड एम्बेस्डरमा महावीर पुन

काठमाडौं । नेपाल बैंक लिमिटेडको ब्रान्ड एम्बेस्डरमा युवा वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष डा. महावीर पुन नियुक्त भएका छन् । नयाँनयाँ सोच भएका युवालाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिन पुनलाई बैंकले सोमाबारदेखि लागू हुने गरी ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले बताए ।

सोमबार आविष्कार केन्द्रको कार्यालय कीर्तिपुरमा आयोजित एक समारोहमा ब्रान्ड एम्बेस्डर नियुक्ति सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र केन्द्रका अध्यक्ष डा. पुनले हस्ताक्षर गरे । हस्ताक्षरपछि प्रमुख कार्यकारी अधिकृत अधिकारीले पुनलाई बधाई दिँदै राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर नयाँँ सोच भएका युवालाई उद्यमी बन्न प्रेरित गरिरहेका व्यक्तिलाई ब्रान्ड एम्बेस्डर नियुक्त गर्न पाउनु गर्वको विषय भएको बताए । उनले नेपाल बैंक युवा उद्यमीसँग हातेमालो गर्दै देशको समृद्धिका लागि योगदान दिन तयार रहेकोमा जोड दिए ।

सम्झौतापछि पुनले नेपालकै सबैभन्दा जेठो बैंकको ब्रान्ड एम्बेस्डर बन्न पाउनु आफ्ना लागि सौभाग्य भएको बताए । उनले देशको समृद्धिका लागि अगाडि बढ्ने मौका आएको भन्दै बैंकको प्रगतिका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । जनस्तर र विदेशीको सहयोगमा स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायत २० वटा क्षेत्रमा नयाँनयाँ अनुसन्धानको काम गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 148 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जसपा अध्यक्षद्वय यादव र भट्टराईद्वारा संयुक्त चुनावी सभा बहिस्कार !