‘रेम्डेसिभिर किन्दा चर्को मूल्य लिए सम्पर्क गर्नू’

राजधानी समाचार प्रभाव

काठमाडौं । रेम्डेसिभिर औषधी खरिद क्रममा कसैले खुद्रा मूल्यभन्दा बढीमा बिक्रिवितरण गरे सरकारले गुनासो गर्नसक्ने व्यवस्था मिलाएको छ ।

औषधी व्यवस्था विभागले त्यसका लागि गुनासो सुन्ने व्यक्ति तोकेको छ । सोमबार राजधानी दैनिकले कोराना संक्रमितको उपचारमा प्रभावकारी मानिएको ‘रेम्डेसिभिर’मा कालोबजारी भएको पाइएको समाचार प्रकाशन गरेको थियोे ।

औषधी व्यवस्था विभागले सोमबार विज्ञप्ति जारी गर्दै रेम्डेसिभिरलगायत औषधी’bout कुनै गुनासो भए त्यसलाई सम्बोधन गर्न व्यक्तिसमेत तोकेको छ । रेमडेसिभिर’bout गुनासो गर्न विभागका वरिष्ठ औषधी व्यवस्थापक सन्तोष केसी, उषा तण्डुकारलाई जिम्मेवारी दिइएको छ ।

रेम्डेसिभिर औषधी अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रिवितरण भएको पाइए विभागमा सम्पर्क गर्न सकिनेछ । कोरोना महामारी फैलि“दै गर्दा कोरोना संक्रमितको स्वास्थ्य उपचारमा प्रयोग गरिने रेम्डेसिभिरलगायत औषधीमा कृत्रिम अभाव खडा गरी मानवीय संवेदनासमेत ख्याल नगरी अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण नगर्न विभागले चेतावनी दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 326 times, 1 visits today)

epaper

ताजा समाचार

दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’ :चार परिवारलाई कीर्तिपुर पठाइयो