म्यानयू र भियारियाल फाइनलमा

लन्डन । रोमालाई पराजित गर्दै म्यानचेष्टर युनाइटेड युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी स्पेनिस क्लब भिल्लारियल आर्सनललाई पराजित गर्दै फाइनलमा पुगेको छ ।

आज बिहान सम्पन्न दुइवटा सेमिफाइनल खेलहरुमा यी दुई टिमले फाइनलको यात्रा तय गरेका हुन् । रोमाले आफ्नो घरेलु मैदानमा सेमिफाइनलको दोस्रो लेगमा ३-२ गोल अन्तरले युनाइटेडलाई पछि पारेपनि समग्रमा दुई लेगमा ५-८ गोलको अन्तरले युनाइटेड फाइनलमा पुगेको हो ।

त्यसैगरी आजै सम्पन्न दोस्रो सेमिफाइनलमा इङ्लिस क्लब आर्सनल आफ्नै घरेलु मैदानमा स्पेनिस क्लब भिल्लारियलसँग गोल रहित बराबरीमा रोकिएको थियो । यो बराबरीसँगै समग्रमा दुई लेगबाट आर्सनल १-२ गोलले पछि परेपछि भिल्लारियलले फाइनलको यात्रा तय गरेको हो । आर्सनललाई कम्तीमा पनि दुई गोलको अग्रता आवश्यकता थियो । तर भिल्लारियलले त्यो पूरा हुन दिएन ।

अब आउँदो मे २६ तारिखका दिन म्यानचेष्टर युनाइटेड र भिल्लारियल युईएफए युरोपा लिगको फाइनल खेलका लागि पोल्याण्डमा आमनेसामने गर्दैछन् ।

तपाइको प्रतिक्रिया
(Visited 291 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा रेनुले लिइन् ६६६६ मतान्तरको अग्रता